Wednesday, November 11, 2009

लोडसेडिङ्ग १२ घन्टा नबढ्ने प्राधिकरणको प्रक्षेपण

रमेश घिमिरे
काठमाडौं, २५ कात्र्तिक २०६६
यस वर्ष सुख्खा याममा १० देखि १२ घन्टा लोडसेडिङ्ग हुने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणले गरेको छ । गत वर्ष हिउँदमा १६ घन्टा घोषित लोडसेडिङ्ग भएको थियो । प्राधिकरणले दाबी गरे पनि यस पटक लोडसेडिङ्ग १४ घन्टा पुग्ने स्वतन्त्र विश्लेषकको भनाइ छ । हरेक वर्ष १० प्रतिशतले बिजुलीको माग बढ्दै गएको प्राधिकरणले बताउँदै आएको छ । गत वर्ष क्षति भएको कोशीको प्रसारण लाइन मर्मत भएको र मध्यमस्र्याङ्दीको बिजुली थपिएको हुनाले लोडसेडिङ्ग घट्ने प्राधिकरणको तर्क छ ।
७०-८० मेगावाट विद्युत आयात गर्न सकिने कोशीको प्रसारण लाइन अहिले मर्मत सम्पन्न भएको छ । त्यस्तै ७बुउस० मेगावाटको मध्यमस्र्याङ्दी यस वर्ष थपिएको परियोजना हो । हिउँदमा यसबाट ३५ मेगावाट उत्पादन हुन्छ ।
अहिले ७५० देखि ७८० मेगावाट माग रहेकोमा १५० मेगावाट अपुग भई सोबराबर लोडसेडिङ्ग भइरहेकेा छ ।
पुस-माघमा सबैभन्दा बढी माग तर आपूर्ति कम हुने गरेको छ । आपूर्ति सबैभन्दा कम हुँदा ४५० देखि ४९० मेगावाटको बीचमा आपूर्ति हुने प्राधिकरणको प्रक्षेपण छ । सो समयमा माग ८९० मेगावाट पुग्छ । त्यतिखेर ४०० देखि ४४० मेगावाटको बीचमा विद्युत अपुग हुने प्राधिकरणको प्रक्षेपण छ । पुसदेखि चैत्रसम्मलाई सुख्खायाम मानिन्छ ।
प्राधिकरणको कूल क्षमता ६९२ मेगावाट छ । प्राधिकरणद्वारा निर्मित परियोजनाको क्षमता र भारतबाट आयात गर्ने क्षमता ४७७.३५ मेगावाट, डिजल प्लान्ट ५३.४१ मेगावाट र निजी क्षेत्रबाट निर्मित परियोजनाको क्षमता १६१ मेगावाट छ । ९२ मेगावाटको कुलेखानीबाहेक सबै परियोजना रन अफ द रिभर भएको हुनाले हिउँदमा पानी घटी उत्पादन झन्डै आधा मात्र हुन्छ ।
कूलेखानीको पानी अहिले १५१६ मिटर रहेको छ । हाल दैनिक ढेड-दई घन्टा संचालन भइरहेको कुलेखानी सुख्यायाममा बढी समय संचालन गरिन्छ । त्यस्तै दुहबी र हेटौंडामा रहेका डिजल प्लान्टबाट अहिले क्रमशः १५ र १० मेगावाट उत्पादन भइरहेको छ । ती प्लान्ट दैनिक एक-ढेड घन्टा संचालन गर्ने गरिएको छ ।
विश्व बैंकको सहयोगमा ती डिजल प्लान्ट पूर्ण मर्मत गरी ५३.४१ मेगावाट उत्पादन गर्ने सरकारको योजना छ । अनुदानमा मर्मतका लागि सरकारले विश्व बैंकमा प्रस्ताव पठाइसकेको छ । मार्चसम्म डिजल प्लान्ट मर्मत भई उत्पादन बढ्ने ऊर्जा मन्त्रालयको दाबी छ ।
यसैगरी गत वर्ष चैत-बैसाखमा भोटेकोशी बिग्रेको हुनाले त्यतिखेर पनि लोडसेडिङ्ग लामो थियो । हिउँदमा भोटेकोशीबाट १८ मेगावाट उत्पादन हुन्छ ।
डिजल प्लान्ट सरकारले भनेको समयभित्र नबन्ने र बनेपछि पनि त्यो बिजुली पूर्वााचलमै खपत हुने हुँदा त्यसले राजधानीको लोडसेडिङ कम गर्न सयहोग नपुग्ने स्वतन्त्र विश्लेषकको भनाइ छ । कुलेखानीमा पानीको सतह १४ मिटर तलै रहेको र डिजल प्लान्ट मर्मत हुन समय लाग्ने हुँदा लोडसेडिङ्ग १४ घन्टा पुग्ने ऊर्जा उद्यमी एवम् इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानको भनाइ छ ।
उद्योगधन्दा बढिरहेको हुनाले बिजुलीको माग बढ्ने उनको भनाइ छ । हाल ४५ प्रतिशत बिजुली खपत गर्दै आएका उद्योगधन्दाको खपत अझ बढ्ने प्रधानले बताए । प्राधिकरणले मर्मत गरेर क्षमता बढाउन सकिने परियोजनाको क्षमता बढाउनेतर्फ ध्यान नदिएको आरोप उनले लगाए । 'भएका आयोजनाबाट उत्पादन गर्न सकिने जति बिजुली उत्पादन गरिएको छैनु', उनले भने ।

No comments:

Post a Comment