
(नयाँ पत्रिका दैनिक २० कात्र्तिक २०६६ मा प्रकाशित)
नबिन तिमि_िल्सना
कुनै समय एसिया क्षेत्रकै प्रमुख वायुसेवा कम्पनीका रुपमा परिचित नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको साख बस्रेनि गुम्दै गएको छ । पछिल्ल्ाा केही वर्षदेखि निगमको उडानमार्फत नेपाल भ्रमणमा आउने पर्यटक संख्या उच्च रुपमा घटिरहेको छ भने समयसापेक्ष नयाँ जहाज नहुँदा साबिकका उडानसमेत तालिकाबद्ध रुपमा हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय उडानतर्फ निगमको छवि बिग्रँदै गएको विदेशबाट नेपाल आउने पर्यटक तथ्यांकले देखाउँछन् । ९० को दशकमा ४० प्रतिशतको हाराहारी विदेशी यात्रु निगमको विमानमार्फत नेपाल भ्रमणमा आउने गरेका थिए । सन् २००० पछि निगमले आफ्नो हिस्सा बस्रेनि गुमाउँदै आएको छ । सन् २००० मा नेपाल भ्रमणका लागि आएका तीन लाख ७६ हजार नौ सय १४ पर्यटकमध्ये ४० प्रतिशत एक लाख ४९ हजार सात सय ४९ पर्यटक निगमको विमानमार्फत नेपाल आएका थिए । तर अहिलेको अवस्था निकै फरक छ । सन् २००० पछि लगातार आफ्नो बजार हिस्सा गुमाउँदै आएको निगमले २००८ मा जम्मा ६ प्रतिशत पर्यटकलाई नेपाल िभœयाउन सकेको छ । २००८ मा तीन लाख ७४ हजार ६ सय ६१ पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएकामा २१ हजारमात्रै निगमको विमानमा नेपाल आएका थिए ।जहाज निकै पुरानो भएकाले विदेशीले कम चढ्न थालेको निगमको कर्पाेरेट विभागका डेपुटी डाइरेक्टर प्रदीप कार्कीलॆ बताए । ुसन् १९८७÷८८ तिर हामीले बोइङ खरिद गर्दा हाम्रो जहाज सबैको आँखामा पथ्र्याेु उनले भने ुअहिले निमगसँग भएका जहाज ३० वर्ष पुरानो भइसकेका छन् । जबकि अन्य कम्पनीहरुले नयाँ प्रविधिको बोइङ वा एयरबस प्रयोग गर्दै आइरहेका छन् ।ु निगमका जहाज प्राविधिक हिसाबले ठीक भए पनि पुरानो भन्नेबित्तिकै मानिसमा नकारात्मक धारणा बस्ने भएकाले जहाजप्रतिको आकर्षण घट्दै गएको उनको भनाइ छ । निगमको उडान हिस्सा घट्दै जानुको अर्काे कारण पछिल्ला वर्षमा थपिँदै गएका विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनी भएको उनको ठम्याइ छ । पछिल्ला केही वर्षयता विदेशी कम्पनीले नेपालतर्पुको उडान संख्या बढाउँदै लगेका छन् । अन्य कम्पनीले उडान संख्या बढाउँदै गइरहेको अवस्थामा राष्ट्रिय ध्वजावाहक निगमले भने उडान संख्या तथा क्षेत्र घटाउँदै जानुपरेको छ ।समृद्धिको अवस्थामा युरोप तथा एसियाका प्रमुख सहरमा निगमको प्रत्यक्ष उडान सम्पर्क स्थापित भएको कार्कीले स्मरण गरे ुसन् १९८७ देखि १९९३ को अवधिलाई हामीले समृद्धिको बिन्दु मान्ने गरेका छौँु उनले भने ुत्यो समय निगमले युरोपमा जर्मनीको फँ्रांकफर्ट बेलायतको लन्डन प्रुान्सको पेरिस जापानको ओसाका चीनको सांघाई एसियाको व्यापारिक केन्द्र हङकङ थाइल्यान्डको बैंकक िसंगापुर पाकिस्तानको कराँची श्रीलंकाको कोलम्बो माल्दिभ्सको माले तथा भारतको मुम्बई बैंगलोर पट्ना तथा नयाँदिल्लीमा सीधा उडान भथ्र्याे ।ु त्यसबेला ब्रुनाइमासमेत चार्टर उडान गर्ने गरिएको उनले बताए । सन् १९५८ देखि घरेलु उडान थालेको नेपाल वायुसेवा निगमले सन् १९६० देखि भारती सहर नयाँदिल्ली पट्ना तथा कोलकाताबाट अन्तर्राष्ट्रिय उडान थालेको हो । त्यसको तीन वर्षपछि निगमले ढाकामा उडान थाल्यो । ढाकाबाट भारतबाहेकका मुलुकमा उडान थालेको नेपालले सन् २००२ सम्म अन्तर्राष्ट्रिय उडान थप्दै गयो । त्यो समयमा आपुूसँग भएका विमानले यात्रुका चाप धान्न नसक्ने भएपछि विमान भाडामा लिइएको थियो । जहाज खरिद प्रकरणदेखि विमान भाडा लिँदासमेत अनियमितता भएको भन्दै आलोचना खेपेको निगमले सन् २००३ को जुनदेखि भने जहाज भाडामा लिएको छैन । विमान भाडामा लिएर चलाउँदा पर्ने आर्थिक भारको तुलनामा खर्च उच्च हुन थालेपछि भाडामा लिन छाडिएको कार्कीले बताए । अघिका वर्षमा समयानुसार जहाज भाडामा लिने गरेको निगमले सन् १९९४ देखि भने नियमित रुपमा जहाज भाडामा चलाउन थाल्यो । १९९४ को मेमा अमेरिकाको पोलारिस होल्डिङ कम्पनीसँग निगमले जहाज भाडामा लिएको थियो । दुई वर्षका लागि भाडामा लिइएको सो विमान हालसम्मकै सबैभन्दा लामो समयसम्म भाडामा चलाइएको विमान हो । त्यसपछिका विमान अधिकतम एक वर्षसम्म मात्रै भाडामा लिइएका थिए । सन् १९६० मा डकोटा जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्न थालेको निगमले सन् १९७२ मा पहिलो जेट विमानका रुपमा एक सय २३ सिट क्षमताको बोइङ ७२७ जहाज िभœयाएको थियो । त्यसको ६ वर्षपछि निगमले सन् १९७८ मा दोस्रो बोइङ ७२७ भित्रिएपछि नेपालले अन्तर्राष्ट्रिय जगत्मा उल्लेख्य रुपमा उडान विस्तार गर् यो । अन्तर्राष्ट्रिय उडानमा राम्रो ख्याति कमाउँदै गएको निमगले सन् १९८७ मा बोइङकै कम्पनीको ठूलो आकारको ७५७ जहाज िभœयाएको थियो । पहिलो जहाज िभœयाएको एक वर्षपछि पुनः अर्काे बोइङ ७५७ िभœयाउन निगम सफल भयो । निगमले आपुूसँग भएको बोइङ ७२७ विमान बिगि्रएर काम नलाग्ने भएपछि १९९४ मा कबाडी मूल्यमा बेच्यो भने विश्व हवाईसेवामा भएको आधुनिकीकरणसँगै पुरानो भएको अर्काे बोइङ ७२७ पनि सेकेन्ड ह्यान्डका रुपमा बिक्री गरेको थियो । सन् १९८८ पछि नयाँ जहाज खरिद गर्न नसकेको निमगसँग हाल एक सय ९० सिट क्षमताका दुई बोइङ ७५७ मात्रै छन् । ३० वर्ष पुराना यी जहाजको अवस्था पनि सन्तोषजनक छैन । २००३ पछि भने निगमको अवस्था बिग्रँदै जान थाल्यो । अन्तर्राष्ट्रिय बजारमा बिस्तारै साख कमाउँदै गएको निमगले जहाज अभावमा आफ्ना उडानका क्षेत्र घटाउनुपर् यो । त्यसपछि निरन्तर उडान संख्या घटाउँदै गएको निगमले हाल भारतको दिल्लीमा साताको सातै दिन थाइल्यान्डको बैंककमा साताको तीन दिन हङकङमा साताको तीन दिन तथा दोहा तथा दुबइमा साताको चार दिन उडान भर्ने गर्छ । समृद्धि अवस्थामा २० जहाजले उडान भर्ने गरेको निगमसँग हाल दुई बोइङ तथा सात ट्वीनअटर जहाजमात्रै छन् । भएका दुई बोइङको अवस्था पनि निकै नाजुक छ भने सातमध्ये चार ट्वीनअटरमात्रै साचालनमा छन् । ३० वर्ष पुराना यी बोइङ बारम्बार बिग्रने समस्याबाट ग्रसित छन् । सोही कारण निगमले बारम्बार उडान स्थगित गर्नुपर्ने समस्या भोगिरहेको छ । भएका जहाजले समेत राम्रोसँग उडान भर्न नसक्दा अन्तर्राष्ट्रियसँगै निगमको घरेलु छविसमेत बिग्रँदै जान थालेको छ ।
सन् २००० देखि २००८ सम्मको अन्तर्राष्ट्रिय यात्रु आगमन अवस्थावर्ष नेवािन हिस्सा इन्डियन एयरलाइन्स हिस्सा थाई एयरवेज हिस्सा क्रल आगमन
2000 149749 40% 64062 17% 60965 16% 376914
2001 86760 29% 78024 26% 49810 17% 299514
2002 65550 30% 47543 22% 39825 18% 218660
2003 70779 26% 78461 28% 55102 20% 275438
2004 57678 19% 78959 27% 58197 20% 297335
2005 42069 15% 36982 13% 44956 16% 277346
2006 38612 14% 36311 13% 48203 17% 283819
2007 29943 8% 65571 18% 54667 15% 360713
2008 21000 6% 60954 16% 44699 12% 374661
2001 86760 29% 78024 26% 49810 17% 299514
2002 65550 30% 47543 22% 39825 18% 218660
2003 70779 26% 78461 28% 55102 20% 275438
2004 57678 19% 78959 27% 58197 20% 297335
2005 42069 15% 36982 13% 44956 16% 277346
2006 38612 14% 36311 13% 48203 17% 283819
2007 29943 8% 65571 18% 54667 15% 360713
2008 21000 6% 60954 16% 44699 12% 374661
No comments:
Post a Comment