- मुराहरी पराजुली, सेयर विश्लेषक
वर्तमान सेयर बजारको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सेयर बजारको समग्र अवस्था हेर्ने गरिन्छ । अहिले सूचाङ्क ६३० को हाराहारीमा चलिरहेको छ । अघिल्लो वर्ष भदौमा उच्च ११७५ पुगेको थियो । त्योभन्दा अगाडि टेलिकमको सेयरको मूल्य बढ्दै गएको थियो जसका कारण सूचाङ्क बढेको थियो । टेलिकमको सेयर मूल्य घट्न थाल्यो र सूचाङ्क क्रमशः घटन थाल्यो । साथै पुँजीगत लाभकर बढाइयो र सूचाङ्क क्रमिक रुपमा घट्दै गयो । फेरि चैत÷वैशाखदेखि केही बढ्न थाले पनि अहिले सामान्य घटबढमा स्थिर जस्तै छ । कारोबार रकमलाई हेर्दा कारोबार बढेको देखिन्छ । प्राथमिक सेयर जारी भइरहेको छ । त्यसकारण अहिलेको बजारलाई सकारात्मक नै छ भन्न सकिन्छ ।
अपेक्षा गरेअनुरुप किन बढ्न सकेन ?
सूचाङ्क सेयर बजारले मोमेन्टम लिन खोजेको तीन वर्षदेखि हो । शान्ति प्रकि्रया सुरु भएपछि लगानीकर्तामा सकारात्मक सन्देश गएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी दोब्बर गर्नु भनेको थियो । त्यसअनुसार कम्पनीले हकप्रद सेयर दिन सुरु गरे । त्यहीअनुरुप लगानीकर्ताले हकप्रद सेयर हात पार्नका लागि बढी मूल्य तिरेर सेयर खरिद गरे र सूचाङ्क पनि बढ्यो । तर अहिले सोही अनुपातमा बढ्न सकेको छैन । हकप्रद सेयर भनेको प्रतिफल होइन त्यो थप लगानी हो भन्ने लगानीकर्ताले बुझेका हुन जस्तो देखिएको छ अहिले हकप्रद सॆयर पाइन्छ भन्ने बित्तिकै बढी मूल्य तिरेर खरिद गरिदैन् । यसैगरी राष्ट्र बैंकको निर्देशनअनुसारको धेरै जसो कम्पनीले चुक्ता पुँजी पुर् याइसकेका छन् । यी दुई कारणले गर्दा अघिल्लो वर्ष जस्तो दु्रत गतिमा बढेको छैन । कम्पनीहरुले दिइरहेको लाभांशलाई हेर्ने हो भने अहिलेको अवस्थालाई नबढेको भने असन्तुष्टि प्रकट गर्नुपर्ने स्थिति छैन ।
त्यसो भए लगानीकर्ताको असन्तुष्टि किन देखिएको हो ?
लगानीकर्ताले बजारलाई हेर्ने रणनीति फरक फरक हुन्छ । नबुझेर अघिल्लो वर्ष बढेको अहिले बढेन भनिरहेका हुन्छन् भने कसैले बुझेर पनि यही कुरा भनिरहेका हुन्छन् । उनीहरुको रणनीति के छ त्यसमा फरक पर्ने गर्दछ । केही लगानीकर्ता लाभांशबाट प्रेरित हुन्छन् अर्को लगानीकर्ता अलि आक्रामक हुन्छ जसले लाभांशलाई छोडेर सेयर मूल्य बढ्ने हिसाबले खरिद गर्दछ । लाभांश हेर्ने लगानीकर्तालाई अहिलेको बजार चर्को छ भने पुँजीगत लाभ हेर्ने लगानीकर्तालाई त्यति सन्तोषजनक छैन । लगानीकर्ताअनुसार अहिलेको बजारको परिभाषा दिन सकिन्छ । नेपाली सेयर बजारमा कस्ता लगानीकर्ता बढी छन विभिन्न कम्पनीले लाभांश वितरण गरेको तथ्याङ्कलाई हेर्दा लाभांशलाई पछ्याउने लगानीकर्ता कम छन् । कम्पनीले दिइरहेको लाभांश र सेयर मूल्यलाई तुलना गर्ने हो भने वित्तशास्त्रको सिद्धान्तअनुसार सही अनुपातमा छैन । कम्पनीले दिइरहेको लाभांश सामान्य रुपमा चलेको ब्याजदरभन्दा कमी देखिएको छ त्यसकारण लाभांशभन्दा पुँजीगत लाभलाई ध्यान दिइन्छ ।
लगानीकर्ता शिक्षित हुँदै गएका हुन् ?
शिक्षित लगानीकर्ताको संख्या थोरै छ । हामीले धेरै शिक्षित लगानीकर्ताको अपेक्षा गर्नुहँुदैन् । सेयर बजारको इतिहास छोटो छ लगानीकर्ताहरु अध्ययन प्रकि्रयामा छन् । पछिल्लो समयमा मिडियाहरुले पनि बजारको अवस्थाबारे जानकारी दिइरहेका हुन्छन् ।लगानकर्ताले सामान्य बजार अवस्था बुझे पनि भित्री चलखेल हुन्छ भनिन्छ । यसलाई कसरी बुभुने चलखेल नहुने बजार हँुदैन । हामीमा एउटा सीमित समूह छ । यसले चाहेको समयमा मूल्य घटबढ गराउँछ भन्ने भ्रम छ त्यसलाई सत्य मान्न सिकंदैन । अहिलेको अवस्थामा झन कठिन छ बजारमा लगानीकतर्ँको संख्या बढेन गएको छ । थोरै लगानीकर्ता सीमित बजार हुन्थ्यो भने कम्पनीको संख्या लगानीकर्ता बढेर गएको अवस्थामा यो सम्भव छैन । कुनै निश्चित सेयरलाई छोटो समयका लागि तलमाथि गराउन सकिएला तर सधंैको लागि यो सम्भव हुँदैन् । कस्तो किसिमको चलखेल भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन । समग्रमा सेयरमा लगानी गर्नु अगाडि अध्ययन लगानी गर्नुपर्दछ ।
बैंक तथा वित्तीय संस्थादेखि बाहेक अन्य कम्पनीको वित्तीय अवस्थालाई कसरी विश्वास गर्ने ?
बैंक तथा वित्तीय संस्थाहरु अन्य कम्पनीको तुलनामा पारदर्शी छन् । अन्य कम्पनीमा युनिलिभरदेखि बाहेकको अरुको पत्ता लगाउन सक्ने स्थिति छैन ।सेयर बजारको सन्तुलित विकासको लागि के कस्ता उपाय हुन सक्दछन् सेयर बजारको सन्तुलित विकासका लागि बैंक तथा वित्तीय संस्थाबाहेक वास्तविक क्षेत्रको पनि प्रवेश हुनुपर्दछ । स्टक एक्सचेन्जको तर्फबाट पनि केही काम गर्नुपर्ने देखिन्छ । अहिले सेयरको मात्र कारोबार हुन्छ बाहिरको बजारमा अन्य वित्तीय औजारको पनि कारोबार हुने गर्दछ । यसले लगानीकर्तालाई बिकल्प प्रस्तुत गर्दछ । यसले सेयरको मुल्य महंगो भयो भन्छौ यस कुरालाई पनि निस्क्रिय पार्न मद्दत गर्दछ । नियामक निकायबाट असल अनुगमनको कुरा पनि आउँछ ।नयाँ स्टक एक्सचेन्जको चर्चा चलिरहेको बेला यसको औचित्य कति देख्नुहुन्छ यसबारे धितोपत्र बोडर्ंले अध्ययन गरिरहेको छ । अहिलेको बिश्वब्यापी लहर हेर्दा थप स्टक एक्सचेन्जको आवश्यकता देखिदैन् । भारतमा २३ वटा स्टक एक्सचेन्ज थिए सुरुसुरुमा नजिकैको चिनेजानेको कम्पनीमा लगानी गर्न चाहन्थे तर अहिले त्यस्तो छैन । सुचना प्रबिधीको बिकासले जुनसुकै ठाउमा बसेर सेयर किनबेच गर्न सकने अवस्था आएको छ । यस्तो अवस्थामा स्टक एक्सचेन्जको संख्याले त्यति महत्व राख्दैन् । ठुलो बजारमा चलखेल गर्ने अवसर कम हुन्छ । हामी कहाँ दुइवटा स्टक एक्सचेन्ज भयो भने बजार खण्डिकरण हुन्छ कम्पनी र लगानीकर्ता दुबै बिभाजित हुन्छन् । यस्तो स्थितीमा बजारलाई समायोजन गरेर जान अप्ठ्यारो हुन्छ । त्यसकारण अर्को स्टक एक्सचेन्जको आवश्यकता छैन् ।
नयाँ स्टक एक्सचेन्ज आएपछि काम अझ छिटो हुदैन र ?
यो अर्को भ्रम हो । एउटा मात्र स्टक एक्सचेन्ज मात्र भएको कारणले ढिलाई भएको होइन् । हाम्रो प्रचलित नीति नियम ब्यापार गर्ने पद्धतिको कारणले गर्दा ढिलो भएको हो ।
नयाँ स्टक एक्सचेन्ज र केन्द्रीय निक्षेप प्रणाली कुन उपयुक्त छ ?
केन्द्रीय निक्षेप प्रणाली उपयुक्त बिकल्प हुन सक्छ । अहिलेको ढिलाईलाई निराकरण सगर्न यस्ले मद्दत गर्दछ । बजारको फैलावट पनि बढी हुन्छ त्यस हिसाबले केन्द्रिय निक्षँेप प्रणाली रोज्नुपर्दछ । नीति निर्मातालाई एउटा मात्र स्टक एक्सचेन्ज भएर ढिलाई भएको भन्ने भए सीडीएस ल्याउनु उपयुक्त हुन्छ । नयाँ स्टक एक्सचेन्ज खोल्न खोज्नुको कारण चाहि के होला वहाँहरु ब्यबसायिक ब्यक्तिहरु हुनुहुन्छ ब्यबसायीले नाफा खोज्दछन् त्यसका लागि लगानीको क्षँेत्र खोजिरहनु भएको छ । नेपाल स्टक एक्सचेन्जले बार्षिक करिब १२ करोड आम्दानी गरिरहेको कारण वहाँहरुले त्यो संभावनालाई हेर्नु भएको हुन सक्छ । यस्तो अवस्थामा यस क्षँेत्रमा आउन खोज्नु स्वभाबिकै हो ।
दुईवटा स्टक एक्सचेन्ज उपयुक्त छ कि छैन ?
नेपालमा दुइवटा स्टक एक्सचेन्ज चल्न सक्छ भने धितोपत्र बोर्डबाट पनि औपचारिक रुपमा कुरा आएको छ । मिडियाहरु पनि आएको छ तर कहिलेसम्म नाफामा चल्न सक्छ भन्ने प्रश्न उठ्दछ । किनकी संसारभरी लागत घटाएर तरलता बढाउनु पर्दछ भन्ने आवाज उठिरहेको छ तर दुइवटा एक्सचेन्ज हुदा यी कुरा असम्भब हुन्छ ।एउटाको कारोबार कागजी र अर्कोको बिद्युतीय माध्यम भए तालमेल कसरी मिल्छ अर्को स्टक एक्सचेन्जको पक्षमा तर्क गर्नेहरुले यहि तर्क गरिरहेका छन् । मलाई यो तर्क त्यति बलियो लाग्दैन किनकी अहिले कागजी कारोबार हुनुको कारण नियमको अभाव हो । अर्को स्टक एक्सचेन्जले नियम नभएकै अवस्थामा सीडीएस ल्याएर चुस्त सेवा दिन सक्तैन । त्यो स्टक एक्सचेन्जले दिन सक्ने अवस्थामा नेप्सेले पनि दिन सक्छ ।नेपाल स्टक एक्सचेन्जलाई निजीकरण गरे अर्को स्टक एक्सचेन्ज आवश्यक छैन नेप्से सरकारको अधिनमा रहदाको बुध्यता पनि छन आफुले स्वतन्त्रतापुर्बक निर्णय लिन निजी कम्पनीलाई जस्तो सजिलो छैन् । सकारात्मक पक्ष के छ भने नेप्से निजीकरण र सीडीएस दुबैमा जादैछ । हामीले निजीकरणको मोडल दुईवर्ष अघि नै प्रस्तुत गरिसकेका छौ ।

समाप्त
No comments:
Post a Comment