.jpg)
(चाणक्य मासिक, कात्र्तिक २०६६ अंकबाट)
फत्तबहादुर के.सी., अध्यक्ष, बीमा समिित
सरल र मिठास स्वभावका धनी केसी पाल्पामा २०१३ साल भाद्र ३ गते परिवारको माहिलो छोराको रुपमा जन्मनु भएको हो । वहाँका चार दाजुभाइ र एक बहिनी हुनुहुन्छ । दाइ टंकबहादुर वकालत र कान्छो भाइ मनोहर सामाजिक कार्यकर्ता एवं किसान हुनुहुन्छ भने विवाहिता बहिनीे बुटबलमा बस्दै आउनु भएको छ । पढाइमा ज्यादै झुकाव र लगनशील केसी एकैपल्ट तीन कक्षामा भर्ना हुनु भएको हो । उक्त समयमा दाइ कक्षु चारमा हुनुहुन्थ्यो । गाउँकै स्थानीय स्कुलबाट कक्षु नौ पूरा गरी सदरमुकाम तानसेनबाट वि। सं २०२९ सालमा द्वितीय श्रेणीमा प्रवेशिका उत्र्तीण गर्नुभएको हो । सानो छँदा खेलकुदमा चासो नभएको र पढ्नमा ज्यादै जिज्ञासु तर अलि हटि स्वभाव भएको उहाँ सम्झनुहुन्छ । केसी धर्मपत्नि अनिता गृहणी हुनुहुन्छ भने एक छोरा काठमाण्डौ कलेज अफ म्यानेजमेन्टमा बीबीआईएस ब्याचलर अफ बिजनेस इनफोरमेशन सिस्टम मा अध्ययनरत हुनुहुन्छ एक छोरी बेलायतमा अध्ययनरत हुनुहुन्छ । उच्च शिक्षf
"विज्ञान विषयमा उच्च शिक्षा लिने सोचले कलेज खोज्न गोरखपुर पुगेका केसीको गर्मीले सात्तो खाएछ । सँगै गएका साथी त्यो गर्मी हावापानीको कारण गोरखपुरबाटै फर्किएछन् । उहाँ भने पोखराको पृथ्वीनारायण क्याम्पसमा दसैंसम्म भर्ना हुन पाइहाल्छ त्यही गएर वाणिज्य संकाय पढ्नुपर्ला भन्ने सोचले लखनउतिर घुम्न जानु भएछ । पछि फर्किदा त नयाँ शिक्षा लागू भएकोले भर्ना कार्य बन्द भएछ । उहाँको एक वर्षको समय त्यत्तिकै बित्यो । त्रिभुवन बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातक गरेपछि २०३५ सालमा कीर्तिपुरमा स्नातकोत्तर सुरु हुनभयो । उहाँ सामाजिक कामको साथै विद्यार्थी युनियनमा सभापतिसम्म हुनुभएको थियो । २०३८ सालमा पनि प्रथम श्रेणी ७३ प्रतिशत अंक ल्याई स्नातकोत्तर उत्तीर्ण गरेकोमा उहाँ गर्व गर्नुहुन्छ । शिक्षण पेसा आदर्श मर्यादित धेरैलाई ज्ञान दिन सक्ने पेसा भएको निष्कर्ष निकाल्नु भएका केसी लोक सेवा आयोग र अन्य संघ संस्थातर्फ अल्झनु भएन । त्रिभुवन विश्वविद्यालयकै आर्थिक विकास तथा प्रशासन केन्द्र सेडामा तीन महिना अनुसन्धान विषयमा काम गरी पृथ्वीनारायण क्याम्पस पोखरामा प्रध्यापन थाल्नुभयो । उहाँले साढे पाँच वर्ष नेपाल कमस्र क्याम्पसमा काम गर्नुभयो । सन् १९९९ वि।सं। २०५६ सालमा भारतको बनारस हिन्दु विश्वविद्यालयबाट वाणिज्य संकायमा विद्यावारिधि गर्नुभएको हो ।
दिनचर्या
तडकभडक नभएको सामान्य जीवन बिताउने केसी मदिरा चुरोट आदि सेवान गर्नुहुन्न । दाल भात तरकारी र अचार उहाँको दैनिक भोजन हो । आमाको स्वर्गारोहण भएको दुई वर्षपश्चात उहाँले माछा र मासुको परिकारलाई छोड्नु भएका उहाँ साकाहारी हुनुहुन्छ । बिहान ५ देखि साढे ५ बजेभित्र उठी सामान्य योगा प्रणायम गरेपछि उहाँ केही समयअघिबाट मर्निङ वाक पनि जान थाल्नु भएको छ । गीत संगीत फिल्म जस्ता मनोराजन कार्यक्रमप्रति सोख नभएको उहाँ बताउनुहुन्छ ।
फुस्रदको समय
दैनिक कार्यले गर्दा फुस्रदै कम हुने र लामो समयको बिदामा व्यवस्थापन संकायका पुस्तक खरिद गरेर पढ्ने पत्रपत्रिका पढ्ने गरेको केसी बताउनु हुन्छ । पहिला पहिला विभिन्न विषयमा आफ्ना लेख राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन गर्ने गरेको तर हाल लेख रचना कार्यमा कमी आएको उहाँले बताउनुभयो ।
बीमा व्यवसाय
प्रध्यापन क्रममा पनि बैंक फाइनान्स बीमा आपुूले जानेको बिषय रहेको र व्यावहारिक हिसाबले अहिले मात्र पूर्ण जानकारी भएको बताउनु हुने केसी बीमा व्यवसाय भनेको जोखिम एजुम गर्ने जोखिम हस्तान्तरण गर्ने जोखिम व्यवस्थापन गर्ने एउटा ज्यादै नै महत्वपूर्ण विषय हो जुन व्यवसाय अन्य व्यवसायभन्दा प्राविधिक र संवेदनशील भएको उहाँको भनाइ छ ।
क्षेत्र
"बीमा गर्नुलाई कर तिरेसरह मान्ने गरिन्छ । बीमाबारे स्वयम् जानकार मलाई विद्यार्थीले कलेजमा बारम्बार बीमा गर्नुपर् यो सर भन्दा पनि मैले बीमा गरिनँ । २०५० सालमा पारिश्रमिकमा कर लाग्ने भयो । अनि करबाट जोगिन बीमा गरेँु उहाँ भन्नुहुन्छ । वास्तवमा बीमा भनेको जोखिम हस्तान्तरण गर्ने संस्कृति हो बानी हो र यो एउटा सामाजिक सुरक्षाको माध्यम हो । बीमा व्यवसायलाई व्यापकरुपमा वृद्धि गर्नुपर्ने र हरेक नेपालीमाझ परिचित गराउनुपर्ने उहाँको विचार छ । हाल जीवन बीमा गर्नेको संख्या पाँच प्रतिशतभन्दा कम रहनु अहिलेको चुनौती रहेको उहाँले बताउनुभयो । बीमा व्यवसाय विस्तार गर्न हरेक व्यक्तिको आवश्यकताअनुसार प्याकेज लानुपर्छ । हरेक व्यक्तिमा बीमासम्बन्धी मानसिकता परिवर्तन गर्नुपर्छ र बीमा गर्न आम्दानीको स्रोत बढाउन नेपाली जनतालाई बीमा शुल्क तिर्ने हैसियत बनाउनुपर्छ । यस्ता कार्यक्रमलाई आर्थिक कि्रयाकलापले सहयोग गर्न सरकारी गैरसरकारी अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्र बीमा कम्पनी सबैले ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
बीमाले गर्नुपर्ने कार्य
स्वास्थ्य सेवा हिजो आज ज्यादै महँगो भएको छ । सरकारी क्षेत्रमा काम नै नहुने र निजी स्वास्थ्य सेवामा महँगोले गर्दा सर्वसाधारण उपचार नपाई मर्ने स्थिति रहेको औंल्याउँदै उहाँ भन्नुहुन्छ ुसरकारले नै सामाजिक सुरक्षाको योजना बनाएर अघि बढ्नुपर्छ ।ु यस्तो कार्य पाइलट प्रोजेक्ट बनाएर कार्यान्वयन गरे तापनि सफल हुन सकेन । यसको लागि समाज पनि सभ्य हुनुपर्ने गलत कुरामा दाबी गर्ने बानी परिवर्तन गर्नुपर्ने एउटै व्यक्तिबाट सही भएको दुई/तीनवटा रिपोर्ट पनि आउने हुँदा गाह्रो हुन्छ । हालसम्मको प्रबन्ध कार्य पर्याप्त नभएको बीमा कम्पनी गाउँसम्म पुग्न पनि नसकेको कुरा फत्तबहादुर केसी स्वीकार गर्नुहुन्छ । सहरी क्षेत्रको स्कुल कलेजमा निबन्ध प्रतियोगिता हाजिरी जवाफ तथा श्रव्य दृश्य आदि कृयाकलाप गरिएको र यसको प्रचार प्रसारलाई अझ बृहत बानाउन गोरखापत्रमा एक वर्षसम्म सुरुको पृष्ठमा विज्ञापन प्रकाशन गरिएको छ ।
साझा प्रकाशनसँग पनि सम्झौता गरी बीमा समितिको सूचना किताबको पछाडि भागमा प्रकाशन गरिएको जानकारी पनि दिनुभयॊ । यसको दायरा बढाउन पनि विभिन्न तहका पाठ्यक्रम जस्तै कक्षा ८ १० ११ १२ बीबीएस बीबीए आदिमा बीमाको प्रारम्भिक कुरा महत्व प्रकि्रया समाजमा पार्ने सकारात्मक पक्ष जस्ता महत्वपूर्ण विषयको जानकारी गराइएको केसीले बताउनुभयो । अझ यस कार्यलाई चुस्त र व्यवस्थित बनाएर लैजानको लागि विभिन्न विकल्प सोचेको र ठाँउ परिवेश पहिचान गरेर अगाडि बढ्ने योजना रहेको उहाँले बताउनु भयो । बीमा कम्पनी धेरै खुल्नुभन्दा पनि स्तरीय तथा स्वच्छ प्रतिस्पर्धातर्फ बढावा िदंदै केसी भन्नुहुन्छ ुसन्तान जन्माउनु मात्रै ठूलो कुरा होइन पालन पोषण गर्नु हुर्काउनु बढाउनु र सक्षम बनाउनु ठूलो कुरा हो ।ु नेपालमा १६ वटा निर्जीवन ८ वटा जीवन र एउटा दुईटै बीमा गर्ने कम्पनी गरी २५ कम्पनी छन् । केही नयाँ कम्पनी संचालनको पर्खाइको क्रममा रहेको जानाकारी केसीले दिनुभयो ।
नाफा
नाफा भनेको हरेक कम्पनीमा भर पर्ने कुरा हो । कम्पनीको बीमा शुल्क कति संकलन गरेको छ संकलन रकम कहाँ लगानी गरेको छ संकलन खर्च कति हदसम्म नियन्त्रण गरेर राखेको छ यी विषय महत्वपूर्ण हुन्छ । इन्स्योरेन्स कम्पनीको विगतका कारोबार हेर्ने हो भने २०५६/२०५७ मा तीन कम्पनी आए २०६४/०६५ मा चारवटा कम्पनी आए । पछि आएका यी कम्पनी र अघिका कम्पनीले पनि सेयरधनीलाई केही दिएको देिखंदैन । निर्जीवन बीमा कम्पनीले गत वर्ष साढे ६ करोडदेखि ४४ करोडसम्म बिमाशुल्क संकलन गरेका छन् । कुनै कुनै कम्पनीले १० प्रतिशत र कुनैले पाँच प्रतिशत लाभांश दिने घोषणा गरेका थिए । यसर्थ कम्पनीले पर्याप्त मुनाफा आर्जन गरेर सेयरधनीलाई लाभांश वितरण गरे भन्न नसकिने स्थिति रहेको केसी बताउनु हुन्छ । तेश्रो पक्ष मोटर बीमा अनिवार्य लागू भएको हुनाले कम्पनीको दायरा बढ्ने पि्रमियम दरमा केही वृद्धि भई कम्पनी अलिकति साइजमा आउने र घटनाका पीडित पक्षलाई पनि राहत मिल्ने स्थिति आएको केसी बताउनुहुन्छ ।
बीमा कम्पनीको चुनौती
सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा हरेक क्षेत्रमा चुनौती रहेका छन् । नेपालमा भइरहेका कम्पनीको प्रस्तुतीकरण पनि सन्तोषजनक छैन जोखिम वहन गर्ने दाँजोमा कम्पनीको चुक्ता पुँजी ज्यादै कम छ निर्जीवन बीमा कम्पनी १० करोड र जीवन वीमा कम्पनीको २५ करोड पुँजी रहेको छ । तर उनीहरुले अरबांै पुँजी चलाउँछन् । अहिलो विश्वव्यापी रुपमा आर्थिक मन्दीको अवस्था देखिएको छ । यसले शक्तिशाली देशलाई पनि ठूलो धक्का दिएको छ हाम्रो जस्तो कमजोर आर्थिक स्थिति भएको देशले आगामी दिनमा हुनसक्ने घटनालाई मध्यनजर गरेर सक्षम रुपमा कम्पनी आउनुपर्छ । कम्पनी आउँदा पुँजी मात्र लिएर होइन सक्षम मानव संसाधन लिएर आउनुपर्ने सुझाव दिनुहुन्छ केसी । ुसुरुमा बैंक र बीमा कम्पनी तीन करोडमा खुलेका हुन् । बीमा कम्पनीको पुँजी अहिले १० करोड छ भने बैंकको दुई अर्ब पुगिसक्योु उहाँको भनाइ छ । नयाँ आउने कम्पनीलाई मार्गदर्शन िदंदै केसी भन्नुहुन्छ ुदेशभित्रै पनि ठूलो प्रतिस्पर्धा छ डब्ल्यूटीओ प्रावधानअनुसार आगामी वर्ष विदेशी कम्पनी पनि आउन सक्ने हुँदा बीमा कम्पनीलाई ठूलो चुनौती रहेको उहाँले बताउनुभयो ।
आकस्मिक बीमा कोष
आकस्मिक बीमा द्वन्द्व व्यवस्थापन शुल्क नेपालको स्थिति हेरेर लिइएको हॊइन यस विषयमा पनि दुई थरीका धारणा आएका छन् नेपालमा द्वन्द्व समाप्त भइसकेको छ । यसको शुल्क कम हुनु पर्छ भन्ने धारणा एक पक्षको रहेको छ भने अर्को पक्षले द्वन्द्व भनेको एक क्षेत्रमा कम होला तर पूर्ण रुपले त हट्दैन भन्ने तर्क गर्दै आएका छन् । वास्तवमा यो आकस्मिक बीमा कोष नेपालकै होइन इन्स्योरेन्स कम्पनीले नेपालको जोखिम लिन नमान्दा खोलिएको हो । यसको दर घटाएर तोक्नु राम्रो हुने उहाँको धारणा छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी एलिको शाखाको रुपमा नेपालमा संचालित छ । शाखा कार्यालय भएता पनि नेपालको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको छ । यस कम्पनीले यहाँको नीति नियम मान्नै पर्छ । यसले बीमा समितिको स्वीकृति बिना पैसा उठाउन नपाउने हुँदा पैसा उठाएर भाग्ने सम्भावना नरहेको केसीले बताउनुभयो । प्रमियम संकलन गरेको पैसा नेपाल राष्ट बैंकको ट्रेजरी बिल र स्ट्यान्डर्ड चार्टर्ड बैकको मुद्दतीमा लगानी गरेको गरेको हुनाले पूर्ण सुरक्षित रहेको केसीले बताउनुभयो । यसको पि्रमियम दर बढी भएकोले अन्य कम्पनीलाई असर गरेको भन्ने विषयमा केसी भन्नुहुन्छ पि्रमियम दर मृत्युदर तालिकाले निर्धारण गर्छ कुनै कम्पनीले आपुूलाई नाफा हुने देखिएमा विभिन्न देशको मृत्युदर तालिका प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । बीमा कम्पनीको ३८ वर्षे इतिहासमा समितिले पहिलो पटक नेपालीकै मृत्युदर तालिका लागू गर्न लागेको जानकारी उहाँले दिनुभयो । ुयसबाट कम्पनीहरुको पि्रमियम दरमा एकरुपता आउने छु उहाँले भन्नुभयो ।
निजीकरण
नेपालमा वि.स. २०४९ देखि निजीकरण सुरु भएको हो । सुरुमा तीन वटा बाँसबारी हरिसिद्धि र भृकुटी गर्दै दोश्रो र तेश्रो चरण गरी निजीकरण गरिएको केसी बताउनुहुन्छ । यसले विश्वमा केही सकारात्मक प्रभाव पारे तापनि खासै राम्रो परिणाम देखाउन नसकेको उहाँको विष्लेषण छ । ुनेपालको सन्दर्भमा निजीकरण गरिएका संस्था अहिले केही बन्द भैसकेको र केही सामान्य अवस्थामा चलेका छन्ु केसीको भनाइ छ ।
नयाँ पुस्तालाई सुझाब
नयाँ पुस्ता आफैंमा इमान्दार र मेहनती हुनुपर्ने उहाँको सुझाब छ । देश विकास र समॄद्ध समाज निर्माणको कुरा एउटा पक्षले मात्र सम्भव नभएकोले यस्तो महान् कार्यमा सम्पूर्ण पक्षको सहभागिता आवश्यक पर्ने हुँदा समयको समुचित परिचालन गरेर इमान्दारीका साथ मन वचन र कर्मले लाग्नुपर्ने सुझाब दिनुहुन्छ ।
समाप्त
No comments:
Post a Comment