Monday, November 23, 2009

आसिकुडा भनेको के हो

(नयाँ पत्रिका दैनिक ८ मंसिर, २०६६ मा विष्णु पोखरेलद्वारा पे्रसित समाचारको अंश)
अर्थसम्बन्धी दक्षिण अपिकी राष्ट्रहरूको संगठन (इकोवास) ले सन् १९८१ मा संयुक्तराष्ट्र संघीय व्यापार तथा विकास सम्मेलन (अन्टार्ड्र) मा आसिकुडासम्बन्धी प्रस्ताव राखेपछि भन्सार आधुनिकीकरणसम्बन्धी अन्तर्राष्ट्रिय बहस सुरु भएको थियो । अन्टार्ड्रको जेनेभामा भएको सम्मेलनपश्चात् सन् १९९७ देखि आसिकुडा कार्यान्वयनमा आएको थियो ।

अन्टाड्रको जेनेभा सम्मेलनले आसिकुडा सफ्टवेयर निर्माण गरेको थियो । युनिक्स र डसजस्ता कम्प्युटर अपरेटिङ सिस्टम एवं आरडिएमबिएस सफ्टवेयरमार्फत भन्सार जाँचपासको व्यवस्था गर्न सकिने प्रणालीलाई नै अन्टार्ड्रले आसिकुडाको रूपमा परिभाषित गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर संगठन आइएसो र विश्व भन्सार संघले आसिकुडाले मापदण्ड र संकेत निर्माण गरेका हुन्, जसलाई विश्व भन्सार संघका सदस्य भन्सारहरूले मान्यता दिएका छन् । नेपालको भन्सारलाई पनि अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन आसिकुडाको पूर्ण कार्यान्वयन हुनुपर्ने आवश्यकता औल्याउँदै आइएको छ ।

No comments:

Post a Comment