(नेपाल बैंक लिमिटेडको ७३ औं वार्षिकोत्सवमा कात्तिक २९ गते बैंक प्राङ्गण, न्युरोडमा)
नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराई ः
नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराई ः

नेपाल बैंक करिब ७ वर्षदेखि विश्व बैंकसहित दाताको वित्तीय सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार परियोजनाअन्तर्गत सुधार प्रकि्रयामा रहेको छ । प्राविधिक सुधारको कार्यक्रम डिसेम्बर २०११ सम्म रहेको छ ।
पाँच वर्ष विदेशी व्यवस्थापनबाट संचालन भएको नेपाल बैंक दुई वर्षअघिदेखि राष्ट्र बैंकले नेपाली व्यवस्थापकबाट संचालन गरिरहेको छ । गत माघदेखि व्यावसायिक व्यवस्थापन नियुक्त गर्न राष्ट्र बैंकले पहल गरे पनि हालसम्म सफल हुन सकेको छैन । सुधार परियोजनाका लागि वित्तीय सहयोग गर्ने दातृ संस्थाले तोकेका आधारहरुमा टेकेर व्यवस्थापन समितिको छनौट गर्नुपर्ने विधिगत बाध्यता हामीसँग छ ।
वित्तीय सुधार कार्यक्रमअन्तर्गत हालसम्म नेपाल बैंकमा कर्मचारी अवकाश योजनासहित २ अर्ब ५५ करोड खर्च भएको छ । हालसम्म बैंकको वित्तीय सूचक सुधार भए पनि सुधारको गति अपेक्षा गरेभन्दा ढिलो भएको छ । डिसेम्बर २०११ अघि नै परियोजनाले राखेको लक्ष्य प्राप्त गर्न नसके दातृ संस्थाको नजरमा नेपालीको कार्य सम्पादन क्षमता कमजोर सावित हुनेछ । त्यस्तो अवस्था रहेमा नेपाल बैंकको अन्योल कायमै रहनेछ ।
आशातीत सफल नदेखिएकाले नेपाल बैंकको सम्बन्धमा स्पष्ट दिशानिर्देशको खाँचो रहेको छ ।
सुधार कार्यक्रमपछि निस्कृय कर्जा ८८ प्रतिशतले घटेको छ । पछिल्ला वर्षमा बैंकले मुनाफा आर्जन गर्दै आएको भए पनि संचालन मुनाफाले एकरुपता र निरन्तरता कायम गर्न सकेको छैन ।
बैंकको कूल खर्चमा कर्मचारी खर्च उच्च रहेको छ । कर्मचारी खर्च कूल खर्चको ६२.७८ प्रतिशत छ भने कूल आम्दानीको ४६.०४ प्रतिशत कर्मचारीका लागि खर्च भएको छ ।
No comments:
Post a Comment