.jpg)
(नयाँ पत्रिका दैनिक, १५ कात्र्तिक, २०६६ मा प्रकाशित)
रमेश घिमिरे
काठमाडौं/ ग्राहकका घरदैलोमा पुग्ने नीतिअनुरूप बैंक तथा वित्तीय संस्था काठमाडौंका टोलटोलमा विस्तार भएका छन् । २४ वर्षसम्म सरकारी बैंकले मात्र सेवा दिइरहेको मैतीदेवीमा १० महिनाको अन्तरमा एटिएम र शाखा गरी ६ निजी बैंक थपिएका छन् । पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिलले मैतीदेवीमा शाखा खोली कारोबार सुरु गर्ने तयारी गरिरहेको छ । बैंक उद्घाटनका लागि अनुकूल दिन पर्खेर बसेको छ । २०औं वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनलले दुई महिनाअघि मैतीदेवीमा शाखा खोलेको छ ।
मैतीदेवीमा वषर्ाैंदेखि सञ्चालन भइरहेका हार्डवेयर र सेनेटरी पसललाई लक्षित गरी बैंकहरू पुगेका हुन् । पछिल्लो समय सो क्षेत्रमा जुत्ता र तयारी पोसाकका आधुनिक पसल खुलेका छन् भने आधुनिक सेनेटरी पसल थपिएका छन् ।
दैनिक एक लाखसम्मको कारोबार गर्ने यस क्षेत्रका पसलेलाई नजिकै बैंक भएपछि नगद रकम सुरक्षा भएको छ । पसल नजिकै निजी बैंक आएपछि कारोबार निकै सजिलो भएको स्ट्याल सेनेटरी एन्ड मार्बल पसलका सञ्चालक राजेन्द्रप्रसाद
मारवाडीले बताए । 'पहिले नगद जम्मा गर्न
र झिक्न टाढा पुग्नुपथ्र्यो वा नगद पसलमै राख्नुपर्थ्यो,' उनले भने, 'अहिले पसलमा नगद राख्नुपर्ने जोखिम छैन । ठूलो रकम आयो भने बैंकमा जम्मा गर्ने र केही घन्टामा गएर फेरि झिक्न सकिन्छ ।'यस क्षेत्रमा वषर्ाैंदेखि राम्रो मुनाफा आर्जन गरिरहेका व्यापारीमध्ये अधिकांशले बैंकबाट कर्जा पाउन नसकेको गुनासो गरे । उनीहरू बैंकबाट ऋण लिएर कारोबार वृद्धि गरी नाफा बढाउन चाहन्छन्, तर धितोको अभावमा ऋण पाउन गाह्रो छ । अधिकांश व्यापारी राजधानीबाहिरबाट आई सफल भएका छन्, तर बैंकले घरजग्गा धितो नराखी ऋण नदिने हुँदा उनीहरूलाई बैंक आउनु कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भएको छ ।
मैतीदेवीमा व्यापारीमध्ये अधिकांश व्यापारी धितो राख्नसक्ने अवस्थामा नभएको राष्ट्रिय वाणिज्य बैंक शाखा सहायक प्रबन्धक ईश्वरी दाहालले बताए । 'यो क्षेत्रमा धेरै व्यापारी व्यवसायमा सफल छन्, तर धितो नभएको हुनाले हामीले ऋण दिन सक्दैनौँ,' उनले भने, 'त्यसैले हामीले जोरपाटी, भैँसेपाटीजस्ता क्षेत्रमा पनि आप\mनो व्यापार विस्तार गरेका छौँ ।' करिब दुई सयजना ऋणीमध्ये एक सयमात्र मैतीदेवी आसपासका रहेका उनले बताए ।
बैंकबाट ऋण लिनसक्ने योग्यता पुगेका व्यापारीले पनि कुरा नबुझेर सहकारीबाट ऋण लिइरहेका सिटिजन्सका शाखा प्रबन्धक निराजन कँडेल बताउँछन् । 'व्यापारी बैंकमा कागजपत्र पुर्याउन झन्झट हुन्छ भनेर बुभ\mदै नबुझी सहकारीमा जान्छन्,' उनले भने, 'एक दिनभरि झन्झट बहोर्दा ब्याजमा ५०/६० हजार नाफा हुन्छ भन्ने उनीहरूले बुभ\mदैनन् ।' व्यक्तिगत सम्पर्क गरी त्यस्ता २५ प्रतिशत ग्राहकलाई सेवा दिने प्रयासमा सिटिजन्स बैंक रहेको छ ।
वाणिज्य बैंकले १०/११ प्रतिशत ब्याजमा कर्जा लगानी गर्छन् भने सहकारीले त्यसको दोब्बर ब्याज लिन्छन् । मैतीदेवीमा उल्लेख्य संख्यामा सहकारी संस्था रहेका छन् । अधिकांश व्यापारीले सहकारीमै बचत र कर्जाको कारोबार गरिरहेका छन् । सहकारी पनि आप\mना राम्रा ग्राहक रहेका आइसिएफसी वित्तीय संस्था शाखा प्रबन्धक सागरनिधि तिवारीले बताए । 'स्थानीय सहकारीहरूले हरेक दिन बचत रहेको निक्षेप हाम्रो शाखामा जम्मा गर्छन्,' उनले भने, 'त्यसले पनि हाम्रो व्यापारमा सहयोग पुर्याएको छ ।' बैंकमा ऋण लिन योग्यता नपुग्ने व्यक्तिलाई महँगो ब्याजमा भए पनि सहकारीले सेवा पुर्याएको र सहकारीले बैंकमा निक्षेप जम्मा गर्ने गरेका कारण व्यापारी र बैंक दुवैलाई फाइदा भइरहेको सिटिजन्सका कँडेलको भनाइ छ ।
बैंकहरूले आप\mना शाखा कार्यालय भएको क्षेत्रमा घर-जग्गा भए पनि त्यसलाई धितो राखी अर्काे ठाउँमा कर्जा दिने गरेका छन् । बाग्लुङ, बेँसीसहरलगायत ग्रामीण बजारमा समेत आप\mनो शाखा रहेको हुनाले त्यहाँ घर-जग्गा भई मैतीदेवीमा व्यापार गर्ने व्यक्तिले सजिलै कर्जा पाउने अवस्था रहेको एभरेष्ट बैंक शाखा प्रबन्धक सतिशप्रताप सिंहले बताए ।
ठूला व्यापारीलाई विगतको परफरमेन्स हेरेर मौज्दात धितोमा वर्किङ क्यापिटल लोन दिन सकिने भए पनि साना व्यापारीलाई घर-जग्गाविना कर्जा दिन नसकिने एभरेष्टका सिंहको भनाइ छ । 'व्यापारीको नजिकमा बैंक खुलेपछि बैंकको ऋण पाउन हिसाब-किताब पारदर्शी र व्यवस्थित राख्नुपर्छ भन्ने शिक्षा पनि व्यापारीमा बढ्छ,' उनले भने ।कृषि विकास बैंक शाखा प्रबन्धक सुन्दरप्रसाद खतिवडाले कर्जा प्रवाहका क्षेत्रलाई विविधीकरण गरेर व्यापार विस्तार गरिएको बताए । 'यस शाखाबाट सेवा व्यवसाय, ट्रेकिङ, स्वास्थ्य, सिमेन्ट, ओभरड्राप\mटलगायतका कर्जा प्रवाह भएको छ,' उनले भने । सरकारी बैंक ग्राहक खोज्न त्यति आक्रामक देखिएका छैनन् भने निजी बैंकले विभिन्न नीति अपनाएका छन् । सरकारी बैंकले पनि कहिलेकाहीँ स्थानीय व्यापारीसँग सरसल्लाह गर्ने गरेका छन् ।
२० माघ २०६५ मा आइसिएफसी निजी क्ष्ाेत्रको पहिलो वित्तीय संस्थाका रूपमा मैतीदेवी प्रवेश गरेको हो । निजी क्ष्ाेत्रको उपस्थिति शून्य भएको अवस्थामा फाइनान्सका केही प्रवर्द्धकको निवाससमेत रहेको मैतीदेवीमा शाखा खोलिएको थियो । १५ सय ग्राहकमध्ये ८० प्रतिशत स्थानीय रहेको उनले बताए । यस शाखाले २३ करोड निक्षेप संकलन गरी १६ करोड ऋण प्रवाह गरेको छ । क्यास प\mलो र लिक्युडिटी मेन्टन गर्न सकेको कारण ५०/६० लाखको चेक पनि एक मिनेटमै साट्न सकिने उनको भनाइ छ ।आइसिएफसी शाखाले हार्डवेयर पसललगायत हाउजिङ र पुरानो घर रिनोभेसन कर्जा मुख्य रूपमा प्रवाह गरेको छ । कम्पनीले केही कार्यालयको सेलेरी एकाउन्ट पनि खोलेको छ । दुई सय रुपैयाँमा खाता खोल्न सकिने सेलरी एकाउन्टमा कम्पनीले ६ प्रतिशत दैनिक ब्याज प्रदान गरिरहेको छ ।शाखामा सातजना बैंकिङ स्टाफमध्ये तीनजना स्थानीय रहेका छन् । व्यापारी र सहकारीको निक्षेपलाई लक्षित गरी शाखाले सात बजेसम्म सेवा विस्तार गरेको छ । हिउँदमा भने ६ बजेसम्म सेवा सञ्चालन हुन्छ । शनिबारसमेत केही घन्टा फाइनान्स खुल्ने गरेको छ ।
गत २४ साउनमा शाखा खोलेको एभरेष्ट बैंक मैतीदेवी प्रवेश गर्ने पहिलो निजी क्षेत्रको 'क' वर्गको वाणिज्य बैंक हो । भविष्यमा सेवा र प्रशासनिक कामलाई बढाउन सकिने गरी एभरेष्टले मैतीदेवीमा फराकिलो ठाउँ लिई फुलफेज बैंकिङ सञचालन गरिरहेको छ ।
एभरेष्टले हार्डवेयर र आवासीय क्षेत्र हेरेर रिटेल र कमर्सियल कर्जा दिने उद्देश्यले शाखा खोलेको हो । ५० लाखसम्म प्रवाह गरिने प\mलेक्जी लोन प्रवर्द्धन गरिरहेको शाखा प्रबन्धक सिंहले बताए ।छोटै अवधिमा शाखाले ग्राहक संख्या एक हजार पुर्याई सात करोड निक्षेप संकलन र तीन करोड कर्जा प्रवाह गरेको छ । बैंकले ३ प्रतिशत ब्याज दिने जनरल सेभिङमा करिब चार करोड जम्मा गरेको छ । 'निक्षेप तुरुन्तै लिइन्छ, तर कर्जा स्वीकृतिको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले तत्काल कर्जा थोरै देखिएको हो,' उनले भने, 'केही महिनामै सन्तुलित हुन्छौँ ।' एभरेष्टको एटिएममा दैनिक औसत एक सय कारोबार हुने गरेको छ ।यस क्षेत्रमा विद्यार्थीको बसोबास बढी छ । एभरेष्टले एक सय रुपैयाँमा विद्यार्थी खाता खोलेपछि बैंकले चेक र डेबिट कार्ड निःशुल्क उपलब्ध गराउँछ । 'विद्यार्थीका घरबाट अभिभावकले पठाएको पैसा सजिलै विद्यार्थीको हात परोस् भनेर यो खाता सञ्चालन गरिएको हो,' सिंहले भने ।यस शाखामा रहेका पाँचजना कर्मचारी छन् । एभरेष्ट बैंकले कर्मचारी नियुक्तिमा स्थानीयतालाई गाँसेको छैन । 'काठमाडौंमा नजिकैको मानिसबीच चिनजान हुन्न,' सिंहले भने, 'त्यसमाथि एभरेष्ट बैंकले स्थानीयभन्दा पनि दक्षता र व्यावसायिकता हेर्छु ।' घरदैलोमा नपुगी ग्राहक बनाउन सकिन्न भन्ने मान्यताले गत ८ भदौमा सिटिजन्स बैंक इन्टरनेसनलले १७औँ शाखा मैतीदेवीमा खोलेको हो । सिटिजन्स शाखा प्रबन्धक कँडेलले भने, 'मैतीदेवीवासीलाई ग्राहक बनाउन उनकै घरमा बैंक पुर्याउनुपर्छ भनेर आएका हौँ ।' धेरै बैंक भएकाले अहिले ग्राहक सेवामा विशेष ध्यान दिनुपरेको उनको भनाइ थियो ।
बैंक थपिँदै जाँदा राम्रा बजार सबै सकिइसकेका छन् । त्यसैले उदाउँदो बजारलाई समेत बैंकले लक्ष्य बनाइरहेका छन् । 'मैतीदेवीमा सुन र गार्मेन्टको व्यापार थपिएको छ,' कँडेलले भने, 'जनचाप पनि धेरै भएको क्ष्ाेत्र हो । बिजनेसमेन मात्र भएको ठाउँको निक्षेप स्थायी नहुन सक्छ, यस क्षेत्रमा कोर बचतकर्ता छन् ।'वर्किङ क्यापिटल कर्जाका लागि दुई व्यापारीसँग कुराकानी भइरहेको उनले जानकारी दिए । 'कर्जा लिन चाहने व्यापारीले चार्टर्ड एकाउन्टेन्टबाट राम्रोसँग लेखापरीक्षण गराएर राख्नुपर्छ,' उनको सुझाव छ । नौ सय ग्राहकमध्ये ८० प्रतिशत स्थानीय रहेको जानकारी उनले दिए । त्यसमध्ये संस्थागत ५०/६० वटामात्र छन् ।
शाखाले नौै करोड निक्षेप संकलन गरी डेढ करोड कर्जा प्रवाह गरेको छ । बैंकले सञ्चालन गरेको एक हजारमा खोल्न सकिने महिला बचत खाता ग्राहकले रुचाएका छन् । यसमा दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज दिइन्छ ।सेलेरी एकाउन्ट खोल्नेबारे पनि स्थानीय संस्थाहरूसँग कुराकानी भइरहको उनले बताए । 'संस्थाको अनुरोधअनुसार हामीले शून्य रुपैयाँमा सेलरी एकाउन्ट खोली एक सय रुपैयाँमा डेबिटकार्डको सुविधासम्म दिन सक्छौँ,' उनले भने । सेलरी एकाउन्टमा बैंकले ३ प्रतिशत ब्याज दिन्छ ।सिटिजन्सले कर्मचारी भर्ना गर्दा शाखापिच्छे आवेदन माग गरेको हुनाले सम्बन्धित शाखामा स्थानीयतालाई ध्यान दिएको छ । यस शाखामा पाँच कर्मचारी छन् । निजी क्षेत्रको पहिलो वाणिज्य बैंक नबिल आउने चर्चा मैतीदेवीमा फैलिएको छ । तीन उद्देश्यका लाखि शाखा विस्तार गर्न लागिएको नबिल वित्तीय विभाग प्रमुख भुवन दाहालले जानकारी दिए । 'निक्ष्ाेप संकलन, साना तथा मझौला कर्जा प्रवाह र काठमाडौंभित्र मुख्य ठाउँका ग्राहक नबिल खोज्न अर्काे टोल जान नपरोस् भन्ने उद्देश्य राखिएको छ,' उनले भने ।सो शाखमा ६ कर्मचारी रहने बताइएको छ ।मैतीदेवीमा सबैभन्दा पहिले २०४२ सालमा राष्ट्रिय वाणिज्य बैंक शाखा खुलेको थियो । हाल ११ हजार पाँच सय ग्राहक रहेको यस शाखाले ३८ करोड निक्षेप संकलन गरेको छ । त्यसमध्ये अधिकांश २ प्रतिशत ब्याज पाइने जनरल सेभिङमा रहेको छ । वाणिज्य बैंकले निक्षेपअनुसार बढी ब्याज पाइने विशेष बचत योजना ल्याएको भए पनि शाखाले यसबारे प्रचार-प्रसार नगरेको र ग्राहकले पनि नबुझेको कारण अन्य खाता खोलिएका छैनन् ।राष्ट्रिय वाणिज्य बैंकले तीन महिनाअघि नै मैतीदेवीमा एटिएम स्थापना गरेको भए पनि राम्ररी व्यवस्थापन नभएकाले अहिलेसम्म नियमित सुचारु हुन सकेको छैन । स्थानीय व्यापारीबाट निक्षेप बढाउन सन्ध्याकालीन सेवा विस्तारका लागि केन्द्रसँग स्वीकृति माग गरिएको शाखा सहायक प्रबन्धक दाहालले बताए ।कृषि विकास बैंक मैतीदेवीमा २०५९ सालमा खुलेको हो । यस अलावा मैतीदेवीमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका एटिएम केन्द्र रहेका छन् । यी केन्द्र वान-वेमा रहेका छन् ।मैतिदेवीमा रहेका बैंक शाखाले मासिक ४० देखि एकलाख २० हजारको हाराहारीमा घरभाडा तिरेको तथा ४० लाखदेखि एक करोड रुपैयाँसम्मको लागतमा कार्यालय स्थापना गरेको बुझिएको छ । यस क्षेत्रमा हरेक बैंकमा औसत २० वटा रेमिट्यान्स कारोबार हुने गरेको छ ।

समाप्त
No comments:
Post a Comment