.jpg)
नारायणदास मानन्धर, प्रमुख कार्यकारी अधिकृत, प्राईम कमर्शियल बैंक लि.
"दोस्रो वर्षमा २२ करोडभन्दा बढी संचालन मुनाफा र चालु आर्थिक वर्षमा अझ राम्रोवाणिज्य बैंकको इतिहासमा पछिल्लो समयमा आएका बैंकमध्ये अलग्गै पहिचानका साथ अघि बढेको प्राइम कमसर्ियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसँग बैंकको स्थिति र भावी योजनाबारे चाणक्यले गरेको कुराकानीको सारः
स्थितिमा पुग्छौं । पहिलाका बैंकसँग दाज्ने हो भने उनीहरुले सात/आठ वर्षमा गरेको
प्रगति यो बैंकले दुई÷तीन वर्षमा हासिल गरिसकेको छ ।"
समग्र बैंकिङ्ग क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ ?
बैंकिङ्ग क्षँेत्र राम्रो अवस्थामा छ । जनताले सुविधा पाइरहेका छन् कुनै समयमा ग्रँमीण क्षेत्रबाट बैंक विस्थापित भए पनि अहिले विस्तार हुन थालेको छ । बैंकको उपस्थिति धेरै भएको ठाउँमा प्रतिस्पर्धा गर्दा ग्राहकले गुणस्तरीय सेवा पाएका छन् । बैंक आफैं पनि राम्रँे स्थितिमा अगाडि बढिरहेका छन् । निक्षँेप लगानी बढिरहेको छ लगानीकर्तालाई पनि राम्रँे प्रतिफल दिइरहेका छन् । रोजगारीमा पनि योगदान गरिरहेको छ । उद्योगधन्दा फस्टाउन नसके पनि बैंक फस्टाएको कारण के होला ?बैंकिङ्ग क्षेत्र रोकिने क्षेत्र होइन । उद्योगधन्दा फस्टाउन नसके पनि अन्य आर्थिक कि्रयाकलाप भइरहेको हुन्छ । यदि देशमा शान्ति सुरक्षा कायम भयो भने बैंकिङ्ग क्षेत्रले अझ गति लिन्छ । हामीसँग भौतिक पूर्वाधार स्रोत साधन छ । अहिले धेरै मान्छे बाहिर गएका र ठूलो क्षँेत्रमा लगानी नगरेको शान्ति सुरक्षा अभावको कारणले हो । तर अहिले सुधार आइसकेको छ । ठूलो क्षँेत्रमा लगानी गर्न थालेका छन् । स्थिति राम्रै हुँदै गएपछि अवसर पनि बढ्दै जान्छ । यो बेलामा हामीसँग भएको साधनस्रोतले पुग्दैन । कुनै ठूलो प्रोजेक्टमा सबै बैंक मिलेर लगानी गरे पनि अपर्याप्त हुन्छ । त्यसकारण बैंक खेालिनुलाई नराम्रो रुपमा लिन मिल्दैन । प्रतिस्पर्धाको नाममा बैंक धरायसी हुने अवस्था सम्म गर्नु भएन । आपुनो दायराभित्र बसेर काम गर्ने हो भने राम्रँे क्षँेत्र छ ।
बैंकको वित्तीय अवस्था कस्तो छ ?
वित्तीय रुपमा राम्रँे स्थितिमा छौं । सहयात्री बैंकले हाम्रो वित्तीय अवस्थाको प्रसंशा गर्ने गरेका छन् । पहिलो वर्षदेखी नै खुद नाफाको स्थितिमा पुग्यौं । दोस्रो वर्षमा २२ करोडभन्दा बढी संचालन मुनाफा र चालु आर्थिक वर्षमा अझ राम्रो स्थितिमा पुग्छौं । पहिलाका बैंकसँग दाज्ने हो भने उनीहरुले सात/आठ वर्षमा गरेको प्रगति यो बैंकले दुई/तीन वर्षमा हासिल गरिसकेको छ । निक्षँेप र लगानीको स्थिति पनि राम्रो छ । भर्खरै रकम अभावको स्थितिमा पनि हामीले आवश्यक मात्रामा आपूर्ति गर् यौं । साथै अरु बैंकलाई ९-१० करोड रुपैयाँ उपलब्ध गरायौं । निक्षेप १२ अर्ब ७८ करोड पुगेको छ । एक अर्बको चुक्ता पुँजी साधारणसभापछि यही वर्ष दुई अर्ब चुक्ता पुँजी बनाउछौ । गत बर्षको खुद नाफा करिब १४ करोड अपरिस्कृत छ ।प्राइम बैंक समग्र बैंकिङ्ग क्षेत्रसँग समान रुपले अगाडि बढेको छ कि फरक ढंगले ?सुरुदेखि नै हाम्रो सिद्धान्त अलि फरक छ । वाणिज्य बैंकिङ्ग कि्रयाकलापमा मात्र नभई विकासका कि्रयाकलापमा पनि जान खेाजिरहेका छौं । ग्रामीण क्षँेत्रमा पनि केही योगदान गर्ने हो भन्ने हिसाबले पशुपालनलगायतका नयाँ कार्यक्रम लिएर जाँदैछौं । दुई/तीन महिनाभित्रै केही कार्यक्रम लिएर आउँदैछौं ।
हालसम्म विभिन्न ठाउँमा कस्ता कार्यक्रम लिएर जानुभएको छ ?
हालसम्म दशवटा शाखा संचालनमा छन् र दुई महिनाभित्र अरु पाँच वटा संचालनमा आउने छन् । जिरी काभ्रे चितवनलगायतका ठाउँमा ग्रामीण क्षँेत्रलाई सुहाउने कार्यक्रम लिएर गएका छौं । सहरभित्र कतिपय ठाउँमा बैकिङ्ग सेवाबाट बिाचत रहेका क्षँेत्रमा हामी विभिन्न कार्यक्रम लिएर जाँदैछौं ।
लगानी कुन कुन क्षेत्रमा बाँडिएको छ ?
हाइड्रोपावर सिमेन्ट फैक्ट्री उद्योगधन्दालगायत लगानी सबैतिर छरिएको छ । आँखु खोला माई खोला हाइड्रोपावर सोनापुर सिमेन्टजस्ता कम्पनीमा लगानी रहेको छ । केही व्यापारिक कम्प्लेक्समा पनि लगानी रहेको छ । प्राइम बैंक सुस्त ढंगले अघि बढेको भनिन्छ नि ?कुन हिसाबले सुस्त भनिएको हो त्यसका लागि मापदण्ड चाहिन्छ । लगानी नाफा निक्षँेपका हिसाबले हामी माथिल्लो स्थानमा छौं । नयाँ बैंकको सूचीमा हामी प्रथम स्थानमा छौं ।
भावी योजना र रणनीति के छन् ?
अन्य बैंक जुन हिसाबले गइरहेका छन् त्योभन्दा हामी भिन्नै हिसाबले गइरहेका छौं । त्यही ठाउँमा गएर खोसाखोस गर्ने पक्षँमा छैनौं । जहाँ बैंकिङ्ग सुविधा नभएको ठाउँ छ त्यही जाँदैछौं । त्यसको अलावा निक्षँेपकर्तालाई बैंकिङ्ग पार्टनर सम्झिन्छौं । निक्षँेपमा पनि राम्रँे प्रतिफल होस् भन्ने धारणा छ । हामीले सुरुमा नै दैनिक मौज्दातमा अरुले भन्दा बढी ब्याज दिएका थियौं । पछि वित्तीय अवस्था अझ राम्रो हुँदै जाँदा बीचबीचमा ग्राहकले नभनी पनि ब्याजदर बढाइदिएका छौं । दुई/तीन महिनापछि विशेष योजना लिएर आउँदैछौं जुन अरु वाणिज्य बैंकको भन्दा धेरै फरक हुन्छ ।ग्रँहक संख्या कति बनाउने लक्ष्य छ ?अहिले ग्रँहक संख्या ४० हजार छ । जति हामीले सुविधा िदंदै गयांै त्यसअनुसार बढ्दै जान्छ । हामीले ग्राहक संख्याको प्रतिस्पर्धामा भन्दा उनीहरुलाई दिइने सेवाको गुणस्तरमा बढी ध्यान दिन्छौं ।
त्यसो भए बजारमा आक्रामक भएर प्रस्तुत नहुने ?
आक्रामक भएर कुनै किसिममा जाँदैनौ । लगानीमा पनि आक्रामक रुपमा नभई जोखिमलाई व्यवस्थापन गरेर अघि बढेका छौं । जोखिम लिने हाम्रो मान्यताभित्र छैन । रियल स्टेट र सेयरमा गरिएको दुई वर्षसम्मको लगानी हेर्दा आक्रामक देखिएका छौं तर जोखिम नलिई मात्र गरेका छौं । अरु बैंकले तँछाडमछाड गरेका कतिपय काममा हामीले हात हालेका छैनौं ।
ग्रामीण स्तरमा सहरको जस्तो प्रशस्त सम्भावना हुँदैन नि ?
ग्रामीण स्तरका लागि अन्य कार्यक्रम छन् । डिप्राइभ्ड सेक्टर लोन युवा स्वरोजगार कार्यक्रम आदि बाट प्रस्तुत हुन्छौं । कतिपय ठाउँमा आफंै प्रस्तुत हुन्छौं भने अन्य संस्थाबाट पनि प्रस्तुत हुन्छौं । विदेशी बैंक आएमा उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?यसले हामीलाई कुनै असर गर्दैन । ठूला ठूला प्रोजेक्ट लिएर आएको खण्डमा यसबाट सहयोग हुने देखिन्छ ।बैंकहरुमा रकम अभाव के कारणले भएको हो ?सरकारबाट विभिन्न रुपमा कर लगाउने कुरा आइरहेका बेला विभिन्न शंका उपशंका उत्पन्न भयो जसले गर्दा पैसा आफैंसँग राखियो । राष्ट्र बैंकले यसबारे बारम्बार स्पस्टीकरण दिए पनि रकम गायबको स्थिति रह्यो । साथै मानिसले रकम साथमा आवश्यकभन्दा बढी राख्न थाले जसले अभाव सिर्जना गर् यो ।
वित्तीय क्षेत्र सक्षम नभएको हो ?
सक्षम नभएको होइन । रकम व्यवस्थापनका सबै काम भइसकेका थिए तर डेलिभरीमा केही ढिला भयो र अभाव देखियो । गत वर्षको दाँजोमा यो वर्ष बढी रकम निकालेको भनेर राष्ट्र बैंकले आँकडा प्रस्तुत गरेको छ । आपुूलाई कतिको सक्षम बैंकर ठान्नुहुन्छ यो अरुले मूल्याकंन गर्ने विषय हो । कुनै बैंकर एउटा बैंकमा आएपछि उसबाट के परिणाम आयो भन्ने कुरामा भर पर्दछ । म आपुूलाई के सम्झन्छु भने आपुूले जाने बुझेको कुराले योगदान गर्ने र त्यसको परिणाम हेरेर मात्र भन्ने कुरा हो । आपुनो पालामा राम्रो गरेर देखाउने भनेको जोखिम लिएर जानु हो त्यो हाम्रो सिद्धान्तमा फरक पर्दछ । भोलिको बैंकको स्थिति पनि हेर्नुपर्छ । डेढ/दुई वर्षमा बैंकको स्थिति उथलपुथल हुन पनि सक्छ । हामी भर्खर जन्मे पनि धेरै ग्राहकको साथ पाएका छौं । हामीप्रति गरेको आस्था विश्वासका कारणले हामी यहाँ पुगेका हौं ।
No comments:
Post a Comment