रमेश घिमिरे
३ मंसिर २०६६
आम्दानीको स्रोतको आधारमा टेलिभिजन च्यानल दुई तरिकाले प्रसारण हुन्छन् । एउटा क्लिन फिड अर्थात विज्ञापनरहित र अर्काे एडभरटाइज्ड फिड अर्थात विज्ञापनसहित । विज्ञापनसहित प्रसारण गरिने टिभी हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन संचालकले विज्ञापनबाट आम्दानी गर्छन् । विज्ञापनरहित टिभी हेर्न मात्र दर्शकले शुल्क तिर्नुपर्छ दर्शक संचालकको आम्दानी स्रोत हुन् ।
विदेशी च्यानललाई सरकारले दुई वर्गमा बाँडी छुट्टाछुट्टै फिडमार्फत डाउनिलंक हुन अनुमति दिन्छ । विज्ञापनसहित प्रसारण हुने विदेशी च्यानललाई सम्बन्धित मुलुकले चर्काे शुल्क लगाउँछ । सो च्यानल जुन देशबाट प्रसारित भयो त्यहाँको सरकारले विज्ञापनबापत कर पाउँछ च्यानलले बढी दर्शकमाझ पुगेको भनेर विज्ञापनदाताबाट बढी शुल्क लिन्छ तर सम्बन्धित मुलुकले त्यसबापतको फाइदा पाएको हुँदैन । त्यसैले डाउनिलंक भएको मुलुकको सरकारले चर्काे शुल्क असुल गर्छ । यदि विज्ञापनबाहेक प्रसारण गर्ने हो भने सम्बन्धित मुलुकले निःशुल्क वा थोरै शुल्कमा प्रवेश दिन्छन् र उपभोक्ताले तिरेको शुल्कबाट विदेशी च्यानलले आम्दानी गर्छन् । यस्तो व्यवस्था छिमेकी भारत श्रीलंका बंगलादेश भुटान चीनसहित विश्वका धेरै मुलुकमा रहेको छ ।
भारतमा विदेशी च्यानलले प्रवेश पाउन सुरुको वर्ष २० लाख भारुसम्म खर्चनुपर्छ । त्यसपछि हरेक वर्ष करिब १० लाख नविकरण शुल्क तिर्नुपर्छ । विदेशी च्यानलको प्रवेश अन्य देशका लागि आम्दानीको एउटा स्रोत हो । च्यानल पनि व्यापारिक माध्यम हुन् तिनले जति देशमा प्रवेश पाए उनीहरुको व्यापार त्यत्ति फस्टाएको मानिन्छ । नेपालमा भने हालसम्म विदेशी च्यानल प्रसारण हुँदा नेपालले केही प्राप्त नगरी विदेशी च्यानललाई शुल्क बुझाउँदै आएको छ ।
सरकारले प्रसारण नियमावलीमा संशोधन गरेर पहिलो पटक विदेशी च्यानलले सरकारसँग अनुमति लिएर मात्र डाउनिलंक हुन पाउने व्यवस्था गर्न लागेको छ । प्रस्तावित नियामवलीमा क्लिन फिडको व्यवस्था पनि गरिएको छ । नेपाली टिभी संचालक र विज्ञापन उत्पादक तथा एजेन्सीले चार वर्षदेखि माग गर्दै आएको व्यवस्था सरकारले सुरु गर्न लागेको छ । संचारमन्त्रालयले संशोधन मस्यौदा पेश गरी मन्त्रिपरिषद्मा पठाएकोमा अहिले मन्त्रिपरिषद्को विधेयक समितिमा सो विचाराधीन छ । तर संशोधनमा अन्तर्राष्ट्रिय प्रचलनअुनसार व्यवस्था गरिएको छैन । सुरुवात भएकोले अहिले सामान्य नियन्त्रणको व्यवस्था मात्र गर्न लागिएको संचार मन्त्रालयको भनाइ छ । विदेशी च्यानललाई दुई वर्गमा बाँडी निःशुल्क च्यानल अर्थात एडभरटाइजमेन्ट फिडलाई वार्षिक ५० हजार र पे च्यानल अर्थात क्लिन फिडलाई वार्षिक २५ हजार शुल्क लिएर अनुमति दिने प्रस्ताव मन्त्रालयले गरेकेा छ । सरकारले ढिला गरी लागू गर्न लागेको नयाँ व्यवस्था पर्याप्त नभए पनि सुरुवात भएपछि क्रमशः विकास हुँदै जाने अपेक्षा गर्न सकिन्छ । हाल नेपालमा पाँच वटा विज्ञापनरहित र करिब ७० वटा विज्ञापनसहितका टेलिभिजन प्रसारण हुन्छन् । त्यसमा अधिकांश भारतीय छन् ।
भारतमा सरकारले सबै उद्योगलाई १० प्रतिशत विज्ञापन कर लगाएको छ । कूल खर्चको १० प्रतिशत सरकारले अगि्रम कर लिन्छ सो बराबर कम्पनीले संचारमाध्यममा विज्ञापन गरेपछि सरकारले कर फिर्ता दिन्छ । त्यो नियमअनुसार नेपालमा बिक्री हुने भारतीय सामानले नेपालमा पनि सोही अनुपातमा विज्ञापन गर्नुपर्ने बाध्यता नेपाल सरकारले सिर्जना गर्न सक्छ । तर हालसम्म नेपाली उपभोक्ताले विज्ञापन खर्चसहितको मूल्य तिरे पनि नेपालले त्यसबापत केही पाएको छैन । नेपालमा पैसा तिरेर हेरिने भारतीय च्यानलमा आएका विज्ञापनले गर्दा नेपालमा भारतीय सामानको बिक्री भइरहेको छ । यद्यपि विज्ञापनसहितका केही च्यानल निःशुल्क पनि उपलब्ध छन् ।
क्लिन फिडको व्यवस्था गरेपछि नेपाली टेलिभिजनमा विज्ञापन कारोबार ५० प्रतिशत वृद्धि हुने नेपाल विज्ञापन संघको अनुमान छ । हाल टिभीमा वार्षिक ९० करोडको विज्ञापन हुन्छ । विदेशी च्यानल नेपालमा विज्ञापनरहित आउन थालेपछि अन्तर्राष्ट्रिय ब्रान्डले नेपालमा विज्ञापन गर्नुपर्ने भए नेपाली टिभीमार्फत छुट्टै विज्ञापन प्रसारण गर्नुपर्ने हुन्छ । जसले गर्दा नेपाली टिभी च्यानलले विज्ञापन पाउँछन् ।
क्लिन फिडको व्यवस्था लागू गर्नुअघि अनधिकृत डाइरेक्ट िलंक टु होम अर्थात डिटिएचको समस्या समाधान गर्न जरुरी छ । हाल नेपालमा आठ वटा भारतीय डिटिएच प्रयोग भइरहेका छन् । सरकारले एडभरटाइजमेन्ट फिडलाई महँगो शुल्क लगायो भने उपभोक्ताले पनि टिभी हेरे बापत महँगो शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै क्लिनफिड प्रसारण गर्नुपर्ने भएपछि कुनै च्यानलले नेपालमा प्रसारण नगर्न पनि सक्छ । यस्तो अवस्थामा अनधिकृत भारतीय डिटिएचको प्रयोग झन् बढ्छ र वैधानिक रुपले विदेशी च्यानल प्रसारण गर्दै आएका स्थानीय वितरक नोक्सानमा पर्न जान्छन् ।
Good, I like this type of news writting. Everything is so clear and quite easy to understand. But one Suggestion Plz put a good theme for this blog i mean layout is not quite beautyful.
ReplyDelete