Saturday, April 10, 2010

अरु जहाँबाट पछि हटॆ त्यहीबाट अघि बढे राजेशबाबु

रमेश घिमिरे
 

सामान्यतयाः उद्यमीले उत्पादनका लागि कच्चापदार्थको सहज आपूर्ति र सहज बजार खोज्छ । पूर्वअध्ययनमा यी दुई अवस्था नपाए उद्यमीले लगानी गर्दैन । तर नयाँ क्षेत्रमा हात हाली सफलता पाउँदै आएका युवा उद्यमी राजेशबाबु श्रेष्ठको हकमा यो मान्यता लागू हुँदैन ।

नेपालमा पाउडर दुध उत्पादन उद्योग खोलेमा राम्रो बजार पाइने देखेका उनले दुध किसान र देशभर व्यापारको पनि केन्द्र चितवनलाई अध्ययनको केन्द्र बनाए । त्यहाँ किसानहरु पशुपालनमा आकर्षित हुनुको साटो युवापुस्ता आयआर्जनका लागि विदेसिने क्रम बढेको र गाउँमा दुध उत्पादन गर्ने क्रम घटेको उनको अध्ययनले देखायो । सामान्यतयाः यस्तो दृश्य अघि आएपछि लगानीकर्ता पछि हट्छ किनकि उसलाई कच्चा पदार्थको आपूर्ति महँगो पर्न जान्छ ।

अन्य लगानीकर्ताले जुन बिन्दुबाट लगानी नगर्ने सोच निकाल्छन् राजेशबाबुले त्यही बिन्दुबाट लगानी गर्ने सोच निकाले । ुकेही वर्षअघिसम्म दैनिक साढे तीन लाख लिटर दुध उत्पादन गर्ने किसानले पेशा छोड्दै गएपछि दुध उत्पादन घटेछंु उनले भने ु किसानको समस्या नै हाम्रो सम्भावना बन्यो ।ु

राजेशबाबु पाउडर दुध उद्योग खोल्ने अध्ययन गर्न चितवन पुग्दा अन्य उद्यमीले उनलाई अर्काे प्रसंगमा पनि उल्लाएछन् । चितवनमा स्थानीय निकाय र उद्योगी मिलेर पाउडर उद्योग खोल्ने प्रयास पहिल्यै गरेका रहेछन् । त्यो प्रयासलाई तत्कालीन प्रधानमन्त्रीले शिलयान्स गरेर विश्वास बढाइ दिएका रहेछन् । तर प्रधानमन्त्रीकले शिलयान्स गरेको आयोजना एक कदम अघि नबढेपछि नेपालमा धुलो दुध पुयाक्ट्री खोलेर साचालन गर्न सकिन्छ भनेर विश्वास गर्ने कोही बाँकी भएनन् । श्रेष्ठ सम्झिन्छन् ुचितवनका स्थानीय उद्योगीले मलाई सरकारले चाहँदा त परियोजना बनॆन सबै किसानले गाइ-भैंसी बेचिसके कसरी चलाउनुहुन्छ उद्योग भनेर अविश्वास गरे ।ु तर उनले हरेस खाएनन् आँट गरे ुपहिलो प्रेरणा किसानको समस्याबाट मिलेको थियो दोस्रो प्रेरणा अरु उद्यमीको निराशाबाट मिल्यो ।ु अनि सरकारले गर्न नसकेको हुनाले आपुूले झन गर्नुपर्छ भन्ने जोश उनमा आयो ।

उनले सोचे ुनेपालमा विदेशबाट पाउडर ल्याएर दुध बनाउने गरिएको हुनाले यहीं उत्पादन गर्न सके बजारको समस्या नै छन र किसान पनि आम्दानी नभएको हुनाले विदेसिएका हुन् । तिनीहरुलाई विदेशमा भन्दा बढी आम्दानी गर्ने बाटो देखाइदियो भने यही बस्छन् ।ु त्यसपछि उनी किसानको आम्दानी बढाउने जुक्ति जुराउन पट्टि लागे । ुहामीले दुध किनिदिन्छौं उन्नत जातका गाइभैसी पालेर दुध उत्पादन गर्नुस्ु भन्दैमा किसानले विश्वास गर्ने अवस्था छैन । बिक्री नभएर सडकमा दुध पोखेको पीडा किसानले बिस्रेका छैनन् । अर्काेतर्फ विदेश गएर तुरुन्त आम्दानी हुने ठाउँमा गाइवस्तु पालेर कहिले आम्दानी हुने विदेश जान गाउँघरमै ऋणधन गर्न सकिन्छ तर उन्नत जातका महँगा गाइभैसीं पाल्न कसले ऋण दिने राजेशबाबु किसानका यावत समस्या हल गरेर अघि बढ्न दृढ थिए । ५७ करोड रुपैयाँ लागतको उद्योग खोल्नुअघि उनले ४० लाख रुपैयाँ किसानको क्षमता अभिवृद्धि गर्न र सचेतना फैलाउन खर्चिसके । विदेशबाट उन्नत जातका वस्तु ल्याएर किसानको हातमा थमाउन उनी अफै प्रयासरत छन् । ुभारतमा गाई निर्यात प्रतिबन्ध गरिएको रहेछ त्यसैले चीनबाट ल्याउने प्रयास भइरहेको छु उनले सुनाए । उनले अहिले किसानलाई बिनाब्याज ऋण दिएर सशक्तीकरण गरिरहेका छन् । पछि किसानले पुयाक्ट्रीलाई दुध उपलब्ध गराएर त्यो ऋण चुक्ता हुने सहज उपाय उनले निकालेका छन् । त्यत्तिमात्र होइन कम्पनी नाफामा गएपछि किसानलाई समेत कम्पनीको मालिक बनाउन सेयर बिक्री गर्ने योजना उनले बनाइसके । ुकिसानले दुध बेचेको आम्दानी मात्र होइन कम्पनीले गरेको नाफाको हिस्सा पनि पाउनुपर्छ र कम्पनी आपुनै ठानेर पशुपालनमा लागून् भनेर यस्तो निर्णय गरेको होु उनले प्रस्ट पारे । १५ प्रतिशत सेयर किसान दिने गरी उनले चितवन मिल्क प्राइभेट लिमिटेड लाई लिमिटेड अर्थात पब्लिक कम्पनीमा रुपान्तरण गरिसकेका छन् । सुरुमा उनले कम्पनीमा आफैं मालिक बन्ने सोच बनाएका भए पनि किसानको अवस्था र कम्पनीको भविष्य हेरेर समयानुकूल परिमार्जन गर्ने निर्णय गरेका हुन् । ुकिसानका छोरा पलायन नहोउन् भनेर हामीले कृषिलाई व्यावसायीकरण गर्ने योजना अघि सार् यौं भने उद्योगको पनि मालिक बनाउने उदेश्यले दुध बिक्रेतालाई सेयर दिने निर्णय गर् यौंु उनले ठोस कुरा बताए ।

अहिले मुलुकमा दैनिक साढे चार लिटर दुधको व्यावसायिक कारोबार हुने गरेको छ । दैनिक डेढ लाख लिटर दुधबाट १५ टन पाउडर उत्पादन गर्ने चितवन मिल्कले त्यो साढे चार लिटरबाट कत्ति पनि दुध नलिई पुयाक्ट्री संचालन गर्ने योजना बनाएको छ । त्यसका लागि व्यावसायिक प्रयोगमा नआएको अहिले उत्पादन भइरहेको दुध र थप उत्पादन गरिने दुधमा निर्भर रहने कम्पनीको योजना छ । ुअहिलेका डेरीले आपुनो कच्चा पदार्थ घट्ला भनेर नडराए हुन्छ हामी स्वदेशी साथीको बजार खोस्न आएका होइनौं हामी त आयात प्रतिस्थापन गर्न र किसानको जीवनस्तर उकास्न मात्र आएका हौंु राष्ट्रियता झल्काउन खोजेजस्तै गरी राजेशबाबुले लामो वाच्य बोले । उनले अघि थपे ुहामीले चितवनका छिमेकी जिल्ला धादिङ गोरखा लमजुङ बारा मकवानपुर नवलपरासी र रुपन्देहीका किसानलाई सशक्तीकरण गरी थप दुध उत्पादन गर्ने उदेश्य लिएका छौं ।ु

सुरु वर्षमै उद्योग पूर्ण क्षमतामा संचालन गरेर अरुको बजार खोस्ने र तुरुन्तै मुनाफा कमाउने उनको सोच छैन । भन्छन् ुकिसानले दुधको उत्पादन जुन मात्रामा बढाउँदै लैजान्छन् त्यही अनुपातमा पाउडरको मात्रा बढाइदै लगिनेछ ।ु सुरु वर्ष दैनिक ३५ हजार लिटर दुध किन्ने दोस्रो वर्ष ६० हजार लिटर किन्ने र तेस्रो वर्षदेखि ७५÷८० प्रतिशत क्षमतामा उद्योग संचालन गर्ने योजना रहेको उनले जनाए । ुत्यसपछि मुनाफा हुन थाल्छु राजेशबाबुले भने ुबैंकको ऋण तिरिसक्न त ७ वर्ष कुनुपर्ने अनुमान छ ।ु

आज लगानी गरेर आजै मुनाफा गर्ने निश्चित भएका विभिन्न क्षेत्र छोडर कृषि उद्योगमा लगानी गर्न बैंकका लागि अनिवार्य थिएन किनकि ऋणी खोज्न बैंकले विज्ञापन गर्नुपर्ने अवस्था छैन निक्षेप खोज्नमात्र हो । राजेशबाबुले आपुनो योजना ७ वटा बैंकमा पेश गरे । उनको योजनालाई ३ वटा बैंकले पत्याए र ७० प्रशित कर्जाको सम्झौता गरे । चितवन मिल्कमा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू र नेपाल बैंक लिमिटेडले ऋण दिन तयार भएका हुन् । कम्पनीले केही हप्ताभित्रै पाउडर दुध बजारमा ल्याउने जनकाएको छ जसको ब्रान्ड नेम अझै टुंगो लगाइएको छैन ।

प्राविधिक क्षमता भएको सरकारी कम्पनी दुग्ध विकास संस्थानको ११ प्रतिशत सेयर रहेको चितवन मिल्क लिमिटेडले ३० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने प्रतिवद्धता जनाएको छ जसमध्ये १५ प्रतिशत किसानको हिस्सा रहनेछ ।

(नयाँ पत्रिका दैनिक २०६६ फागुन ८ मा प्रकाशित)

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete