Saturday, April 10, 2010

गल्फर प्रदीप

 रमेश घिमिरे

बिजनेसका लागि विदेश जाँदा एयरपोर्टमा उत्रिन नपाई त्यहाँको गल्फ कोस्र कहाँ र कस्तो छ भनेर खोजी सुरु गर्छन् उनी । त्यसपछि बिजेनस पार्टीसँगको भेट ।

मुलुकको अग्रणी व्यावसायिक घराना पाचकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठको परिचय छिनछिनका मिटिङ भाषण एवं नयाँनयाँ बिजनेस क्याम्पेनमा मात्र पूर्ण हुँदैन । साथसाथै उनी हुन् सफल गल्फर । गल्फ भनेपछि हुरुक्क हुने व्यवसायी । व्यस्तताको बीच फुस्रद निकालेर गल्फकोस्रतिर हानिइहाल्ने । ुगल्फ तर मेरो नशा नै होु सुनाउँछन् उनी । प्रदीपका समकक्षी भन्छन् ुप्रदीप लङ हिटर हो ।ु उनी काठमाडौं रहदाँ हरेक शनिबार गोकर्ण गल्फ कोस्रमा बित्ने गरेको छ ।

विदेश उत्रनेबित्तिकै गल्फकोस्रबारे चासो राख्ने मात्र होइन एक चरणको बिजनेस भेट सकिएपछि त्यहाँको कोस्रको स्वाद लिन पुगिहाल्छन् उनी । ु१५ देशका गल्फ कोस्रमा खेलिसकेको छु उनले सुनाए ुसकेसम्म विश्वका सबै कोस्रमा एकपटक खेल्न पाए हुन्थ्यो भन्ने लाग्छ ।ु गल्फ विश्वभर बिजनेस पस्रनले खेल्ने खेल हो । त्यसैले कोस्रमा पनि प्रदीपले होटलमा भेट्ने एक्जुकेटिभपस्रनलाई नै भेट्छन् । ुमेरो बिजनेसमा गल्फले धेरै सहयोग पुर् याएको छु उनी भन्छन् ुगल्फकै कारण विश्वभर मेरा असल मित्र बनेका छन् र उनीहरुसँग व्यापार साझेदारी गर्न सजिलो भइराखेको छ ।ु

नेपाल उद्योग वाणिज्य महासंघलाई भावनात्मक एकतामा बाँध्न महत्वपूर्ण भूमिका खेलेका पूर्वअध्यक्ष श्रेष्ठ स्कुल पढ्दादेखि नै खेलकुदमा मरिहत्ते गर्थे । २०१६ मा जन्मिएका उनी स्कुल र कलेज पढुन्जेल फुटबल खेलाडी रहे । आफ्नो समूहको क्याप्टेन थिए उनी फुटबलमा । तन्नेरी हुँदै जाँदा विस्तारै गल्फको लत बस्यो । व्यवसाय उनको पुख्र्यौली पेसा हो । ुव्यवसायमा हात हाल्नुपरेपछि फुटवलका लागि समय कम हुन थाल्योु उनले सुनाए ुत्यसपछि विकल्पको खेलको खोजीमा लागेँ ।ु

फुटबल छोडेर केही समय स्क्वास पनि खेले उनले । तर त्यसले हात दुख्न थालेपछि डाक्टरको सल्लाहले छाडिदिए । सानो बल भित्तामा हान्दै खेल्ने स्वाक्सका लागि धेरै स्टामिना चाहिने उनी बताउँछन् । डाक्टरले चार महिना नखेल्न भनेको थियो । दुई महिना त पर्खिए । तर त्यसपछि मन मानेन । ुस्क्वास खेलौं फेरि हात दुख्ला भन्ने डर नखेलौं खेल्ने बानीको तलतलु उनले स्मृति सुनाए ुत्यही बेला एक मित्रले बिजनेस पस्रनका लागि गल्फ उपयुक्त हुन्छ भनेर सल्लाह दिए ।ु

खेलकुदप्रति पहिल्यैदेखि रुचि भए पनि उनले गल्फर हुने लक्ष्य राखेका थिएनन् । ुपहिले-पहिले म अरुले गल्फ खेलेको देखेर हास्थँे कस्तो काम नभएको मान्छे होलाु उनले रोचक अनुभव खोतले ुदिनभर एउटा बलको पछि लाग्ने भनेर मलाई हाँसो उठ्थ्यो ।ु

गल्फको लत बस्नुमा पनि उनलाई विदेशका व्यापार साझेदारसँगको एक घटना काफी बन्यो । व्यापारको सिलसिलामा सन् १९९३ मा िसंगापुर गएका बेला साझेदारले ुफुसर्दका बेला के गर्छाै ु भनेर सोध्दा उनले केही नगर्ने जवाफ दिए । त्यसपछि साझेदारकै आग्रहमा त्यहाँको गल्फ कोस्र छिरेको श्रेष्ठ सुनाउँछन् । अनुभव नै नभएको खेल फेर अरुले खेलेको देख्दा पनि हाँसो उठ्ने तैपनि साथीले भनेपछि गल्फकोस्र छिरे उनी । ुतर पहिलोपटकमै सोच्दै नसोचेको सफलता हात लाग्योु उनले भने ुकोस्रमा गएर प्राक्टिस गर्दा त्यो अनुभवी साथीको भन्दा लामो बल हानेँ ।ु २ सय यार्ड अर्थात् ६ सय फिट दूरी हानेको देखेर साथी छक्क पर्दै साथीले ुतिमी त अनुभवी रहेछौ नि ु भने । त्यही सफलताले उनलाई बदल्यो र आज व्यवसायी मात्र नभएर झन्डै व्यावसायिक स्तरको गल्फर पनि बनायो ।

ुकाठमाडौं आएपछि मसँग खेल्ने साधन पनि थिएनु उनले भने ुअनि साथीसँग गएर खेल्न थालँे ।ु रुचि बढ्दै भएपछि एक÷डेढ वर्षमै उनको गेम निकै इम्प्रुभ भयो गाह्रो पनि भएन । ुत्यसपछि म गल्फ कहिले खेल्न पाउँला भनेर हुरुक्कै हुन थालेँु अनुभव सुनाए उनले ुशनिबार कहिले आउला र खेल्न पाइएला भनेर कुतकुती लाग्न थाल्यो ।ु उनी काठमाडौंमा हुँदा दैनिक एक÷डेढ घन्टा खेल्ने गर्छन् शनिबार भने गल्फकै दिन हो । ुशनिबार गल्फ कोस्रमा मोबाइल बजे पनि सकभर रिसिभ गर्दिनँु उनले खेलप्रतिको प्रतिबद्धता जनाए ुत्यो दिन अन्य कार्यक्रममा कसैले बोलाए पनि आउन नसक्ने बताउँछु ।ु विभिन्न प्रतियोगितामा उनले धेरै ट्रफी पनि जितेका छन् । वर्षमा कम्तीमा एकपटक विदेश जाने प्रदीप त्यहाँ एकपटक नखेली फर्कनुपर्ने बाध्यता भए निकै खिन्न हुन्छन् ।
जापान र दक्षिण कोरियामा त शैक्षिक योग्यतापछि कम्प्युटर ज्ञानजस्तै गल्फ जानेकालाई प्राथमिकता दिने चलन रहेको उनले सुनाए । नेपालमा पनि गल्फको विकासलाई ध्यान दिनुपर्छ भन्ने उनको माग छ । ुअसमझदारी भएका ठूलाठूला राजनीतिक मुद्दा पनि गल्फ कोस्रमा सल्टिने गरेका छन्ु गल्फको महत्व खेलमा सीमित नभएको दाबीसहित उनले बखान गरे ुहरियालीमा हिँड्दै कुरा गर्दा मानिसको दिमाग खुला हुन्छ । यसले मानिसको चरित्र रिपुलेक्ट गर्छ उसलाई कन्ट्रोल र अनुशासित बनाउँछन् ।ु

उनी नेपाल गल्फ एसोसिएसनमा २००७-०८ मा अध्यक्ष पनि भए । ुगल्फमा दुःखलाग्दो कुरा भनेको लिप्त भएपछि समय बितेको पत्तो नपाउनु होु उनले सुनाए ।

नेपालमा सबैभन्दा राम्रो कोस्र गोकर्ण त्यसपछि एयरपोर्ट र तेस्रोमा आर्मीको रहेको उनी बताउँछन् । राजधानीबाहिर धरानमा पनि निर्वाना गल्फ कोस्र छ । तर त्यो कोस्र लामो भए पनि मेन्टिनेन्स भएको छैन । खेलाडीको संख्या पर्याप्त नहुँदा मेन्टिनेन्स नभएको हो । ुअविकसित ठाउँ भए पनि राम्रो गल्फ कोस्र छ भने एक्जुकेटिभ पस्रनलाई त्यहाँ जान मन लाग्छु उनी सुनाउँछन् ुराम्रो गल्फ कोस्र भएको जस्तोसुकै देश वा ठाउँ भए पनि त्यसको भ्रमण गर्न मन लाग्छ ।ु

प्रदीपका ६÷७ जना नियमित गल्फ खेल्ने साथी छन् । त्यसमध्ये उनी लङ हिटर हुन् । उनले १ हजार मिटरसम्म हान्ने गरेको बताए । ुतर प्रोफेसनल गल्फरले हामीले भन्दा लामो हान्छन्ु उनले भने । उनीहरु साथीबीच पैसा उठाएर हारजीत खेल्छन् । ुप्रतिस्पर्धा गर्दा खेल पनि रोचक हुन्छ । पैसा उठाएर खेल्ने जितेको पैसा त्यहीँ खाएर रमाइलो गर्दै खर्चन्छौँु दिनभरको रमाइलो उनले वर्णन गरे ुकसलाई केमा कसलाई केमा मन बसेको हुन्छ मलाई गल्फ एकदमै मन पर्छ ।ु

थाइल्यान्ड मलेसियालगायत मुलुक गल्फ टुरिजमको प्याकेज बेच्छन् । यहाँ त्यस्तो सुरुवात भएको छैन । त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । ुनेपालमा १२ महिना खेल्न सकिने सन्तुलित हावापानी छु उनले भने ुयसले खेल पर्यटनलाई मात्र मद्दत पुग्दैन विश्वकै गल्फ सौखिनलाई नेपाल ल्याउन सकिन्छ ।ु उनी जीवनका हरेक पक्षमा गल्फले सहयोग पुर् याउने बताउँछन् । ुफुस्रद भएपछि मान्छे रक्सी जुवाजस्ता कुलतमा फस्न सक्छन्ु उनले भने ुगल्फ नभएको भए बिजनेस पस्रन पनि त्यस्तै कुलतमा फस्न सक्थे । गल्फले बिहान सबेरै उठ्ने बानी विकास गराउनुका साथै हरियो कोस्रमा हेरेर आँखा पनि तेजिलो हुन्छ ।ु

गल्फ खेल्न कोस्र साचालकलाई शुल्क तिर्नुपर्छ । नियमित खेल्नेलाई सस्तो पर्छ । गोकर्णमा ४÷५ लाख तिरेर १०÷१५ वर्षको सदस्यता लिन सकिन्छ । त्यसपछि चौमासिक मर्मत शुल्क तिरे पुग्छ । हरेक पटक तिर्ने गरी पनि खेल्न सकिन्छ । एक गेम १८ होलको हुन्छ । ठूलो कोस्रमा ३६ होल पनि खेल्न सकिन्छ । सामान्यतया एक गेम सक्न ६ घन्टा लाग्छ । गोकर्णमा एकैपटक सय जना खेल्न मिल्छ भने आरएनजिसी एयरपोर्ट मा ६० जना मात्र । कोस्रको लम्बाइअनुसार खेलाडी संख्या निर्धारण हुन्छ । एउटा होल ६ सय यार्डसम्म १८ सय फिट हुन्छ ।

गल्फमा सहयोगीको हुने भए पनि खेलाडीले पर्याप्त मेहनत पर्ने उनको भनाइ छ । ुझोला बोक्ने मानिस अर्काे भए पनि यताउति िहंडिराख्नुपर्छु उनले भने ु१८ होल खेल्दा ६÷७ किमि हिँड्नुपर्ने भएकाले थाकिन्छ । हेर्दा जस्तो सजिलो छैन ।ु । गल्फमा कन्सर्टेसन हुनु सबैभन्दा महत्वपूर्ण हुने उनी बताउँछन् । ुकन्सल्ट्रेसन भएन भने आज राम्रो भएको खेल भोलि बिग्रन सक्छु उनले भने ुक्लबको एउटा भागले हान्नुपर्नेमा अर्काे भागले लाग्न सक्छ । लामो दूरी हान्दा दिमागमा सानो मात्र डिस्टर्ब भए पनि बिग्रन सक्छ ।ु

संसारमै महँगो गेम गल्फ हो । टप प्रोफेसनल खेलाडी अर्बपति खर्बपति छन् । विश्वमै यसका खेलाडीको संख्या बढ्दै गएको छ । नेपालमा पनि ६-७ सय खेलाडी पुगिसकेको उनले बताए । स्पोर्ट्स्र च्यानलमा सबैभन्दा बढी आउने खेल गल्फ हो किनकि विश्वको कुनै ठाउँमा जहिले पनि महŒवपूर्ण टुर्नामेन्ट भइरहेको हुन्छ । ुभारतमा ठूलो खेलाडी आयो भने हामी त्यहाँ जान्छौँु प्रदीपले गल्फप्रतिको लगाव देखाए । विश्वकै महँगो खेलाडी टाइगर उड भारत आए भने २० लाख डलर लिने गरेको उनले सुनाए ।

उनी गल्फ टुरिजमको विकासमा आपुू पनि लागिपर्ने बताउँछन् । ुसमयले साथ दिए साथीहरुसँग मिलेर यसलाई अघि बढाउँछु प्रदीपले भने ुगल्फबाट विदेशीलाई आकर्षण गर्न सकिन्छ ।ु राजधानीबाहिरको विकास गर्न गल्फलाई बलियो माध्यम बनाउन सकिने उनको सुझाव छ । ुराम्रो कार्यकारी जनशक्ति काठमाडौंबाहिर गएर बस्न चाहँदैनु उनले भने ुतर राम्रो गल्फ कोस्र विकास गर्ने हो भने ऊ सजिलै त्यहाँ जान राजी हुन्छ ।ु विदेशमा ठूल्ठूला कम्पनीका आपुनै गल्फ कोस्र हुन्छ । भारतको जम्सेदपुरमा टाटा कम्पनीको आपुनै कोस्र छ । प्रदीप त्यहाँ पनि पुगेर खेलेका छन् ।

(नयाँ पत्रिका दैनिक २०६६ चैत २२ मा प्रकाशित)

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete