रमेश घिमिरे
गत वर्षको भदौ १५ गते ११ सय ७५ बिन्दुमा पुगेको नेप्से परिसूचक अहिले ५ सय हाराहारीमा झर्दा बजार पुँजीकरण ६ खर्ब १२ अर्बबाट ४ खर्बमा झरेको तथ्यांक धितोपत्रको दोस्रो बजार साचालक नेपाल स्टक एक्सचेन्जले सार्वजनिक गरेको छ । गत माघमा बजार पुँजीकरण पौने ४ खर्ब रुपैयाँसम्म झरेको थियो । यसकै आधारमा सेयरधनीले साढे दुई खर्ब रुपैयाँ गुमाए भन्ने विश्लेषण गरिएको छ । अघिल्लो वर्षको पुँजीकरण जुन सेयरबाट भएको हो ती सेयरबाट हकप्रद र बोनस सेयरमात्र थप भएका नभई नयाँ कम्पनीका सेयर पनि थपिएका छन् । त्यस हिसाबले अढाइ खर्बभन्दा बढी गुमेको विश्लेषण गर्न सकिन्छ किनकि पौने ४ खर्ब त नयाँ कम्पनीको सेयरसहित हो । सेयरधनीले यसरी खरबौं रुपैयाँ गुमाए भन्ने विश्लेषण सही हुन सक्दैन ।
बजार पुँजीकरण विगतमा ६।१२ खर्ब वा माघमा पौने ४ खर्ब भने पनि वास्तवमा त्यो पुँजी त्यति मूल्यमा परिचालन गर्न सकिने अवस्थाको छैन । परिचालन गर्न नसकिने निष्क्रिय पुँजीलाई गुम्यो या प्राप्त भयो भनेर गणना गरे पनि वास्तविकतामा कुनै असर पर्दैन । एक प्रकारले भन्ने हो भने बजार पुँजीकरण भनिएको रकमको तथ्यांक नै भरपर्दाे छैन । उदाहरणका लागि यसमा नेपाल टेलिकमको चुक्तापुँजी १५ अर्ब रुपैयाँ जोडिएको छ । त्यसमध्ये ९६।५ प्रतिशत सरकारको सेयर हो । सर्वसाधारणको हातमा रहेको सेयरको मूल्य बढ्यो भने उसले प्रमाणपत्र धितो राखेर बढी कर्जा लिन पाउँछ वा अन्य तरिकाले बढी पुँजीकै कारोबार गर्न सक्छ । तर अरु सरकारी पुँजीको सेयर मूल्यसँग कुनै सम्बन्ध हुँदैन । तसर्थ बजार पुँजीकरणमा सबै पुँजी जोडेर साधारण सेयर पुँजीकै दर्जामा राख्नु यथार्थ गणना हुन सक्दैन । त्यसैगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत केही कम्पनीको अरबांै रुपैयाँको प्रवद्र्धक सेयर विदेशी कम्पनीसँग छ । सूचीकृत कम्पनीको सेयरमूल्य घट्दा नेपालीलाई पर्ने असर र ती विदेशीलाई पर्ने असरलाई एकै प्रकारले हिसाब गर्नु पनि यथार्थपरक हुँदैन ।
अर्काेतर्फ संस्थापक सेयरधनीले सहजै रुपमा सेयर बिक्री गर्न र धितो राखेर कर्जा लिन नसक्ने हुँदा उनीहरुलाई बजारमा सेयरको मूल्य बढ्नु वा घट्नुले खासै असर पार्दैन कम्पनीले गर्ने मुनाफा थपघटले मात्र असर पार्छ । त्यस हिसाबले बजारमा सेयरमूल्य घटे पनि उनीहरुले गुमाएका हुँदैनन् । संस्थापक सेयर बिक्री भए पनि साधारण सेयरको मूल्यसँग यसको मूल्य मिल्दैन । तर साधारण सेयरको मूल्य घटेर बजार पुँजीकरण घट्दा संस्थापक सेयरको पुँजीकरण पनि त्यही अनुपातमा घटेको मानिन्छ ।
बजारको मूल्य हेर्दै आपुनो सेयर कित्तालाई गुणा गर्ने व्यक्तिको नोसनल काल्पनिक मूल्य घटेको छ जुन वास्तविक पुँजी होइन । ऊसँग पहिले भएको सेयर कित्ता घटेको छैन र उसले कम मूल्यमा सेयर बेचेको पनि छैन । ऊसँग सेयर भएको कम्पनीको मूल्य पछि बढ्यो भने उसको सम्पत्ति मूल्यांकन पुनः वृद्धि भइहाल्छ । त्यसमा पनि अधिकांश सेयरधनीले अहिले कायम रहेको सेयरको वास्तविक हकप्रद र बोनस सेयरलाई समायोजन गर्दा मूल्यभन्दा कम मूल्यमा सेयर किनेका हुन् । उनीहरुले सेयर बिक्री नै गरे पनि पुँजी गुमेको छैन । आपुू खरिदबिक्रीमा संलग्न नहुँदा पनि अरुले गरेको खरिद-बिक्रीबाट नोसनल मूल्य घट्नु वा बढ्नु १ सय रुपैयाँले जुवा खेल्दा बीचमा १ हजार रुपैयाँ हुनु र खेलेर उठ्दा ५ सय रुपैयाँ भयो भने मेरो ५ सय गुम्यो भन्नु जस्तै हो । बीचमा जति उतारचढाब भए पनि त्यो खेलाडीको साथमा अन्त्यमा १ सयभन्दा बढी रुपैयाँ रह्यो भने उसले गुमाएको हुँदैन ।
नेप्से परिसूचक लामो समयसम्म ११ सयभन्दा माथि रहेको होइन उच्च मूल्य भएको वेला सेयर किन्नेको संख्या कम थियो । सेयर बजारमा एकथरिले दीर्घकालीन र अर्काेथरिले अल्पकालीन लगानी गर्छन् । दीर्घकालीन लगानी गर्नेले ११ सय सूचक पुगेका बेला सेयर किनेको हुँदैन उसले प्राथमिक निष्कासन वा सस्तो मूल्य हुँदा किनेको हुन्छ र हरेक वर्ष लाभांशबाट मुनाफा कमाइरहेको हुन्छ । अल्पकालीन लगानीकर्ताले बढेको वेला सेयर किन्छन् र अझै बढेको वेला बेचेर मुनाफा कमाउँछन् । त्यस्ता लगानीकर्ताले सेयरमूल्य ठूलो अंकमा बढ्दासम्म वा ठूलो अंकमा घट्दासम्म पर्खंदैनन् । उदाहरणका लागि कुनै कम्पनीको सेयरमूल्य ८ सय हुँदा किनेको भए बढेमा ९ सय पुग्दा बेच्छन् भने घटेमा ७ सय ५० हुँदा बेच्छन् । ८ सयमा किनेको सेयर २ सयमा झर्दासम्म होल्ड गरेर बेच्ने लगानीकर्ता हुँदैनन् । तसर्थ सूचक उच्च बिन्दुमा कायम भएको पुँजीकरणका आधारमा अहिले लगानीकर्ताले यति खर्ब गुमाए भन्नु वास्तविक हुँदैन ।
सेयरको मूल्य घट्दा आफूसँग भएको सेयरको प्रमाणपत्र धितो राखेर बैंकबाट कर्जा लिई अन्य ठाउँमा लगानी गर्ने व्यक्तिले बैंकबाट पहिले जति कर्जा पाउँथ्यो अहिले त्यति पाउन सक्दैन । अथवा सेयरलाई सम्पत्तिको रुपमा राखेर अन्य क्षेत्रमा पनि आवश्यक सम्पत्ति पुर् याएको रहेछ भने उसको सम्पत्ति मूल्यांकन घट्छ । तर नेपालमा सूचीकरण भएका सबै सेयर धितो राखेर कर्जा पाउने सम्भावना छैन र सेयरलाई सम्पत्ति मानेर अन्य कारोबारमा प्रयोग गरेका घटना पनि कम छन् । अहिले पौने ४ खर्ब बजार पुँजीकरण भएको वेला धितोको ५० प्रतिशत अर्थात् १।८० खर्ब कर्जा प्रवाह हुने सम्भावना छैन । नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको आपुनै स्वविवेकका कारण पनि यत्रो पैसा सेयर धितोमा प्रवाह हुन सम्भव नै छैन ।
वाणिज्य बैंकले अहिले सेयर धितोमा १० अर्ब कर्जा दिएका छन् । वित्तीय संस्थाको यकिन तथ्यांक नआएको भए पनि बढीमा ४ अर्ब कर्जा प्रवाह भएको अनुमान छ । बजार पुँजीकरण दोब्बर हुँदा यो कर्जा बढीमा २८ अर्ब हुन सक्छ । त्यसैले यथार्थमा सेयरधनीले गुमाएको अंक चर्चामा आएभन्दा निकै कम हुन आउँछ । बजारमा कारोबार हुने सेयर अधिकांश बैंक तथा वित्तीय संस्थाको हो । यी संस्थाले हालसम्म औसतमा सेयरधनीलाई उच्च प्रतिफल वितरण गरिरहेको हुनाले खरिद मूल्यमा बिक्री गर्दा सेयरधनी नोक्सानमा हुने अवस्था छैन । सेयरको मूल्य नबढे पनि लगानी गरेको पैसाको मूल्यलाई लाभांशले थेगेको हुन्छ । सेयरमूल्य बढेको र घटेको वेला भएको कारोबार तुलना गर्दा अहिले कम कारोबार भएको छ । उल्लेख्य मात्रामा म्याचिङ कारोबार भइरहेका छन् । सेयरधनीले सेयर नै बेचेका छैनन् भने कसरी गुमाए भन्न सकिन्छ सेयरधनीले अहिले सकेसम्म होल्ड गरेर राख्ने प्रयत्न गरिराखेका छन् । यसर्थ वास्तवमा सेयर बजारमा गुमाउने भनेका खरिद लागतभन्दा कममा बिक्री गर्न बाध्य लगानीकर्ता र सेयर धितोमा कर्जा लिएर भाखामा तिर्न नसकेपछि खरिद लागतभन्दा कम मूल्य भएको वेला सेयर लिलाम भएका लगानीकर्ता हुन् ।
(नयाँ पत्रिका दैनिक २०६६ फागुन २० मा प्रकाशित)
No comments:
Post a Comment