Monday, January 23, 2012

नेपाल र भारत पनि मर्ज हुने कि ?

रमेश घिमिरे

हामी नेपाली छुट्टिन पाए निकै खुसी हुन्छौं । ‘एक मधेश, एक प्रदेश’, ‘कर्णाली स्वायत्त प्रदेश’, किराात स्वायत्त प्रदेश’ लगायत विभिन्न भौगोलिक र जातीय नाममा स्वायक्त राज्य माग गरेको सुन्दा धेरैको कानले शान्ति अनुभव गर्छन् । हुन त यी सबै प्रदेश नेपाल राज्यभित्र रहने गरी चर्चामा आएका हुन् । तर कसैले एकीकरणको कुरा गर्‍यो भने त्यो सबैका लागि अपाच्य हुन्छ । भारत र नेपाल एकीकरण गर्दा हामीलाई के प्रभाव पर्ला भनेर एक वाक्य मात्र उच्चारण गर्ने हो भने वरिपरिका मानिसले प्रतिवाद गरेर थप बोल्न दिंदैनन्, उस्तै परे कुट्न समेत बेर लगाउादैनन् । एकीकरण गर्नु वा नगर्नुको छुट्टै कुरा हो तर बहस चलाउन नै नहुने गरी संकीर्ण मानसिकता लिनु वैज्ञानिक होइन ।

कुनै पनि विषयमा तर्क वितर्क नगरी एकोहोरो विश्वास गर्ने भनेको अन्ध विश्वास हो । नेपालका कतिपय कम्प्युनिष्ट धर्मलाई अन्धविश्वास भन्छन् । अन्ध विश्वास भन्नुको मतलब पुष्टि हुने आधारबिना विश्वास गर्नु हो । पुर्खाले भनेका छन्, त्यसैले हामीले मान्नुपर्छ, यसको सत्यता परीक्षण गर्नु हुादैन भनेर स्वकार गर्नु अन्धविश्वास हो । यदि नेपाल र भारत एकीकरण गर्दा के हुन्छ भनेर प्रशंग उठाउादा वा नेपाल जापानलाई ५० वर्ष भाडामा दिंदा के हुन्छ भनेर  प्रशंग उठाउादा जसले बहसलाई निषेध गर्छ, त्यो पूर्णत: अन्धविश्वासी हो । उसले यसबारे बहस गर्न चाहादैन, पूर्वाग्रही अवधारणा वा अग्रजले जे स्वीकारे, त्यो आकाट्य हुन्छ, त्यसको सत्यता परीक्षण गर्नु भनेको राष्ट्रद्रोह गर्नु हो भनेर जसले भन्छ, ऊ धर्मका नाममा हुने अन्यायको औचित्व पत्ता लगाउन खोज्दा धर्मद्रोही भएजस्तै हो ।
पृथ्वीका मानिसको पहिलो चाहना सुख, समृद्धि, सन्तुष्टि, शान्ति, विकास आदि हो । अमेरिकन, नेपाली, भारतीय भन्ने कृत्रिम कुरा हो । मानिसको आधारभूत चाहना म अमेरिकी बन्न पाउा भन्ने होइन, अमेरिकामा बस्नेले पाएको सुखसुविधा यही पाए कसैले अमेरिकी भएर जन्मेको भए यस्तो दु:ख पाउनुपर्दैनथ्यो भन्नु पर्दैन । तसर्थ हामीले खोज्नुपर्ने कुरा धेरैभन्दा धेरै मानिसले के गर्दा सुखसुविधा पाउाछन्, त्यो हो । यसरी हेर्दा राष्ट्रियता पूरै अन्धविश्वास हो । सीमा विभाजन नगर्दा समाज व्यवस्थापन गर्न कठिन हुने भएकाले विभिन्न देश, प्रदेश, जिल्ला, गाउा, वडा आदिमा छुट्टाउनुपर्छ । तर, एकपटक छुट्टाएपछि त्यो कहिल्यै जोड्नु हुादैन भन्नु ठूलो अन्धविश्वास हो । छुट्टाउादा आम मानिसलाई फाइदा हुने बेला छुट्टिनु र जोडिंदा फाइदा हुने बेला जोडिनु वैज्ञानिक हो ।

पाकिस्तान र बंगलादेश फरक धर्मका कारण भारतबाट अलग भए, नत्र प्राचीन कालमा उत्तरी हाल नेपालको हिमक्षेत्रदेखि ती सबै देश भारतवर्षभित्र अवस्थित थिए । जसको रहनसहन मिल्दैन, भौगोलिक रुपले टाढा पर्छ अर्थात एक हुादा विकास गर्न समस्या पर्छ, ती ठाउा छुट्टिएर भिन्न राष्ट्र बन्नु राम्रो हो । तर, विगतमा कुनै कारणले छुट्टिएका वा अज्ञात समयदेखि छुट्टै अस्थित्वमा रहेका राष्ट्र पनि अब यदि एकीकरण हुादा दुई राष्ट्रले गर्ने छुट्टाछुट्टै विकासभन्दा बढी विकास हुन्छ भने एकीकरण हुन किन नहुने ? यसबारे दिमागमा पूर्वाग्रह नराखी सोच्न आवश्यक छ ।

नेपालमा अहिले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने क्रम तीव्र छ, कजेलहरु पनि मर्ज हुने कुरा चल्दै छ । छुट्टै अस्थित्व भएका धेरै इकाइ हुादा संचालन खर्च बढी हुन्छ, प्रतिस्पर्धा तीव्र हुन्छ र परिणात: विकासमा बाधा पुग्छ । त्यसैले संस्थाहरु मर्ज हुादा ‘सिनर्जी इफेक्ट’ अर्थात दुई दुना पााच हुन्छ भने मर्ज हुन तयार हुनुपर्छ भन्ने मान्यता राखिन्छ । मर्ज हुनु दुवै संस्थाको लागि हित भए पनि एक संस्थाका संचालक र कार्यकारी प्रमुखले त्याग गर्नैपर्छ । यस्तै दुई देश एकीकरण भएर दुवै देशका आम जनतालाई फाइदा हुने स्थिति छ भने सीमित राजनीतिकर्मी जो प्रधानमन्त्रीको दाबेदार छन्, उनले मुख्यमन्त्रीमा चित्त बुझाउन तयार हुनुपर्छ ।

कुनै पनि देश एकीकरण गर्ने कुरा गर्दा राष्ट्रियता विरोधी कुराको आरोप लाग्न सक्छ । आखिर एक कम्पनीका अधिकारीले अर्काे कम्पनीलाई आफ्नो आन्तरिक जानकारी दिनु पनि अपराध नै मानिन्छ तर मर्ज गर्नुपर्‍यो भने त अवश्य नै जानकारी आदानप्रदान हुनुपर्छ, त्यसलाई अपराध मानिंदैन । विश्वमा विभिन्न देश मर्ज हुने सम्भावना बोकेका होलान् । त्यसमध्ये हामीले आफ्नो कुरा गर्दा भारत र नेपाल अलग भएर रहनुको कुनै तर्क र औचित्व देखिंदैन । दुवै देशमा अधिकांशत: हिन्दू धर्मालम्बी छन् । दुवैका धार्मिक तीर्थस्थल एउटै हुन् । दुवैको लिपि देवनागरिक हो, भाषा उस्तै छ, संस्कृति एउटै छ, भौगोलिक हिसाबले वस्ती जोडिएको छ, अप्ठेरो सिमाना छैन । यस्तो अवस्थामा दुई भिन्न देशको हुनुको कारणको कसरी औचित्व पुष्टि हुन्छ ?

यस यस कारणले दुई भिन्नै देश हुादा यो यो फाइदा हुन्छ भनेर कसैले व्याख्या गर्छ भने त्यो सुन्नुपर्छ र साथै दुई देश एकीकरण हुादा यस्तो यस्तो फाइदा हुन्छ भनेर कसैले व्याख्या गर्छ भने त्यसलाई पनि सुनेर जुनमा बढी फाइदा देखिन्छ, त्यही गर्नुपर्छ । यदि कुनै कारण बिना पनि धेरै देश बनेर पृथ्वीवासीले सुखशान्ति पाउने हो भने भारत किन त्यस्त्रो ठूलो देश भएर बस्नु पर्‍यो, नेपाल र भारत जस्तै खम्बा गाढेर सिमाना गराएर थुप्रै देश बने भइहाल्यो नि ।

अहिले सरसर्ती हेर्दा नेपाल र भारत एउटै मुलुक भएको भए पुाजी र प्रविधिको अभावमा हाम्रो जलस्रोत खेर जाने, खानीहरु गुम्सेर बस्नुपर्ने, ठूलो व्यापार घाटा सहनुपर्ने स्थिति हुन्थ्यो होला त ? यदि भारत र नेपाल छुट्टै नहुादो त पैदल हिंड्ने नेपालीले साइकल किन्न सक्थे, साइकल किन्न सक्नेले मोटरसाइकल र मोटरसाइकल किन्न सक्नेले मोटरकार किन्न सक्थे । नेपाली स्वत: सुविधासम्पन्न हुन्थे किनकि हामीले किन्ने सामानमा दुई/ढाई सय सम्मको भन्सार महसुल थप्नुपर्ने थिएन । भारतबाट आयात मात्र गर्ने तर निर्यात गर्न नसकेर व्यापार घाटा बढेको हिसाब पनि राख्नुपर्ने थिएन । तर यदि एकीकरण हुादा योभन्दा बढी बेफाइदा छ भने पनि वैज्ञानिक रुपमा त्यसको व्याख्या हुनुपर्छ । हामी नेपाली भन्ने राष्ट्रियता हुादैन, त्यही नै ठूलो नोक्सानी हो भने अमूर्त र अवैज्ञानिक तर्क गर्ने हो भने त त्यसको कुनै उपचार नै हुादैन ।

(चाणक्य मासिक, भदौ, २०६८ बाट)

Sunday, January 22, 2012

‘तलबले पुग्दैन तर घुस नखाऔं, अन्य काम गरौं’


लिलामणि पौडेल, सचिव, नेपाल सरकार

२४ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गर्नुभएका लिलामणि पौडेल सेवाअवधिको २४ औं वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव हुनुहुन्छ । गुल्मी बलेटक्सारमा २०१९ सालमा जन्मनु भएका लीलामणि पढाइमा तेजश्वी भएका कारण एक कक्षाबाट फ्डका मारेर तीन र पााचबाट फ्डका मारेर ७ मा भर्ना हुनु भएको थियो । टाठा विद्यार्थी विज्ञानतिर लाग्ने त्यतिखेरको चलनअनुसार उहााले त्रिचन्द्र कलेजमा आइएस्सी पढ्नुभयो । एक त उहाालाई अंग्रेजी गाह्रो लाग्थ्यो, त्यसमाथि अंग्रेजीमा लेखिएको फिजिक्सको विषयवस्तु बुझ्न उहाालाई झन कठिन पर्‍यो । केही विषय गाह्रो लागे पनि लगनशील र मेहनती उहााको स्वभावका कारण उहाा औसत विद्यार्थीभन्दा जहिले पनि माथि नै हुनुहुन्थ्यो ।

बीएस्सी भर्ना भए पनि छोडेर उहााले शंकरदेवबाट बीकम गर्नुभयो । सानैदेखि खेलकूद र साहित्यिक प्रतियोगितामा पुरस्कार जित्दै आउनु भएका लीलामणिले बीकममा महेन्द्र विद्याभूषण प्राप्त गर्नुभयो । बीकम गर्नसाथ उहाा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा पास गरेर लेखा अधिकृत हुनुभयो । त्यसभन्दा अघि आईएस्सी पढ्दा नै उहााले नेपाल राष्ट्र बैंकमा सहायकको जागिर गर्नु भएको थियो । उहााले जागिर खाादै त्रिविबाटै २०४४ सालमा एमबीए गर्नु भएको हो । स्नातकोत्तरमा पनि उहााले सबैभन्दा बढी अंक त हासिल गर्नु भएको थियो तर पहिलो वर्ष फाइनानसमा अनुत्तीर्ण भएको कारण मेडल पाउनु भएन । दोस्रो वर्षमा उहााले स्पेसलाइजेसन फाइनान्समै गर्नुभयो ।

जोमिख मोल्दै जागिर
लेखा अधिकृत भएपछि उहााको पोष्टिङ रक्षा लेखा नियन्त्रक कार्यालयमा भयो । जागिरको सिलसिलामा राज्यको ढुकुटीको सुरक्षा गर्न उहााले उठाएका जोखिमका उदाहरण दर्जनौं छन् । त्यसमध्ये २०४८ सालको एउटा घटना उल्लेखनीय छ । उहााले आन्तरिक लेखापरीक्षण गर्दा विदेशबाट हतियार किन्दा २० लाख रुपैयाा हिनामिना भएको तथ्य उजागर भएपछि दोषी कर्मचारीबाट असुल उपर गराई उसलाई बर्खास्त गरिएको थियो । त्यतिखेर पौडेललाई ज्यान मार्ने धम्की आए पनि उहाा पछि हट्नु भएन ।

२०५२ सालमा खुला प्रतिस्पर्धाबाट उहाा उपसचिव भएर स्थानीय विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा रहनु भयो । त्यतिखेर आफ्नो कुरा मानेन भनेर मन्त्रीले पौडेललाई एक घण्टाभित्र कालिकोट सरुवा गर्नू भनेर सचिवलाई निर्देशन दिएका थिए । मन्त्रीको आदेशलाई सचिवले एक दिन होल्ड गरेर राख्नुभयो, संसद्मा बहुमत पुग्न नसकेर सोही दिन सरकार ढल्यो । १८ महिना उपसचिवको जिम्मेवारी पूरा गरेपछि खुला प्रतिस्र्धाबाटै उहाा सहसचिव हुनुभयो । पर्यटन सचिव नहुादासम्म वाणिज्य, आपूर्ति तथा उद्योग मन्त्रालयका विभिन्न महाशाखा र विभागमा कार्यरत रहनुभयो । २०५४ सालमा उहाा वैदेशिक व्यापार योजना महाशाखामा रहादा ७० करोडभन्दा बढीको काण्ड भयो तर उहााले त्यतिखेर सरकारी ढुकुटी जोगाउन सक्नु भएन ।

घरेलु तथा साना उद्योग विभागको महानिर्देशक हुादा उहााले देशभरि घरेलु कार्यालयमा काम गराउादा घुस नखानू र नखुवाउनू भन्ने अभियान संचालन गर्नुभएको थियो । पौडेल आफूले महावाणिज्य दूत भएर ल्हासा नजाादासम्म यहाा विहान कलेजमा पढाएर अतिरिक्त आम्दानी गर्नुहुन्थ्यो । ‘म पनि कर्मचारी हुा, विहान पढाएर अतिरिक्त आम्दानी गर्छु, तपाईहरू पनि जे सक्नु हुन्छ, त्यही गर्नुहोस्, तरकारी पसल राख्नुस्, चिया पसल राख्नुस् तर भष्ट्रचार नगर्नुस्’, उहााले तल्ला तहका कर्मचारीलाई गर्ने आग्रह थियो । पर्यटन, संचार, प्रधानमन्त्री, गृह हुादै पुन: प्रधानमन्त्री कार्यालयमा काम गर्दा गर्दै उहााको सचिव अवधि चार वर्ष नाघिसकेको छ ।

प्रशासनमा शुद्धीकरण
कर्मचारीको तलब बढाउन आवश्यक रहेको तर अहिलेको संरचनामा बढाउन सम्भव नभएको उहाा स्पष्ट पार्नुहुन्छ । कर्मचारीको संख्या उल्लेख्य कटौती गर्नुपर्ने र बााकी कर्मचारीलाई राम्रो तलब दिएर राम्ररी काम गराउनुपर्ने उहााको विचार छ । अहिलेसम्मको कर्मचारी संयन्त्रलाई उहाा सामन्ती कार्यशैलीको संख्या दिनुहुन्छ । एक जना हाकिमलाई पीए, ड्राइभर र पियनको व्यवस्था गर्नु व्यर्थको खर्च हो भन्ने उहााको निष्कर्ष छ । तल्ल तहका कर्मचारी एक चौथाइ मात्र राखे पुग्ने उहााको ठहर छ । गाडी सुविधा पाउने तहको कर्मचारीलाई सवारी चालक अनुमतिपत्र अनिवार्य गर्ने र लामो दूरीका लागि ड्राइभर चाहिादा आउटसोर्सिङ्ग गर्नुपर्ने उहााको विचार छ ।

कर्मचारीको गुणस्तर बढाएर उनीहरूलाई आईटी फ्रेन्डिली बनाउन ढिला भइसकेको उहाा बताउनुहुन्छ । सरकारी जागिरमा कर्मचारीलाई अहिलेको जस्तो सुरक्षा दिएर स्थायी गर्ने कानुनले कर्मचारीको उत्पादकत्व घटाउने उहााको ठहर छ । खरिदार, सुब्बाले कार्यालयमा अधिकृतको गाइड पढेर समय बिताउने परिपाटीले सरकारी काम र सेवाको प्रभावकारिता घटेको उल्लेख गर्दै उहाा राम्रो काम गर्नेमध्येलाई छानेर बढुवा गर्ने र काम गर्न नसक्नेलाई पदमुक्त गर्ने कानुन बनाउनुपर्ने विचार राख्नुहुन्छ । गरिरहेको काम जस्तो गरे पनि परीक्षा दिएर बढुवा हुन पाउने नियमले गर्दा कर्मचारीले कार्यालयको कामप्रति ध्यान नदिने गरेको हुनाले विकल्प खोज्नैपर्ने उहााको भनाइ छ । बाहिरबाट दक्ष जनशक्ति आउाछ भन्ने मान्यताका आधारमा माथिल्लो पदका लागि खुला प्रतिस्पर्धाको विधि अपनाइएकोमा त्यसको नाजायज फाइदा विद्यमान कर्मचारीले उठाइरहेका छन् । कार्यालयमा सरकारी काम नगरेर आफ्नो परीक्षाको तयारी गर्ने हुादा उनीहरुले केही त्याग नगरी प्राप्ती मात्र गर्ने अवस्था छ । त्यसैले कार्यसम्पादनका आधारमा बढुवा गर्नुपर्ने उहााको भनाइ छ । अहिले कार्यसम्पादन मूल्यांकन पनि नातावाद र कृपावादमा अडेको हुनाले यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्ने पनि उहााको भनाइ छ । त्यो नहुादासम्म कार्यसम्पादन र परीक्षा दुवैलाई आधार लिई बढुवा गर्न उपयुक्त हुने उहााको विचार छ । खुला प्रतिस्पर्धामा लड्न सरकारी जागिर छोडेको हुनुपर्ने व्यवस्था गर्ने हो भने पनि सबैले समान अवसर पाउने र सरकारी कार्यालयको सुविधा पनि दुरुपयोग नहुने उहााको भनाइ छ ।

सरकारी जागिरमा आरक्षण र समावेशीको विषयलाई उहााले फरक ढंगले हेर्नुहुन्छ । ‘जनताले आफ्नो प्रतिनिधित्व गर्ने सरकारलाई मान्ने हिसाबले संसद् र सरकारमा समावेशी हुनुपर्छ भन्ने कुरा ठीकै हो’, उहाा भन्नुहुन्छ, ‘कर्मचारी (सं)यन्त्र भनेको मेशिन हो, मेसिनले प्रभावकारी काम गर्नुपर्छ, छिटो र राम्रो काम गर्ने राख्नुपर्छ ।’ सबै क्षेत्र र जातिले भाग लगाएर सरकारी जागिर खानुपर्छ भन्ने मान्यतालाई उहाा कर्मचारी प्रशासन कमजोर पार्नुपर्छ भन्ने पर्यायको रुपमा लिनुहुन्छ । पौडेल भन्नुहुन्छ, ‘सरकारको काम रोजगारी दिने होइन, रोजगारी सिर्जना गर्ने हो, एउटा पिएनलाई दिने तलबले १०० जना मानिसलाई रोजगारी दिन सक्ने मानिसलाई प्रोत्साहन गर्न सकिन्छ ।’  भारतमा कर्मचारीमा जातीय आरक्षणको नियमले प्रसाशन धेरै पछाडि परेको प्रसंग उल्लेख गर्दै सचिव पौडेलले भन्नुभयो, ‘सरकारको काम आरक्षण दिने होइन, क्षमता विकास गराउने हो, सरकारी जागिर नै दिनुपर्छ भन्ने होइन, क्षमता भए जहाा पनि अवसर हुन सक्छ ।’ सरकारी कर्मचारीले राम्ररी सेवा दिन सके भने अर्थतन्त्र चलायमान हुने र सबैले आयआर्जन गर्ने अवसर पाउने उहााको भनाइ छ । ‘रोजगारीमा आरक्षण दिने होइन, शिक्षा, स्वास्थ्य र उत्पादनमुलक साधनमा पहुाच बढाइदिने हो, त्यो पनि जातीय आधारमा होइन, वर्गीय आधारमा’, उहााको विचार छ ।

प्रशासकमा हुनुपर्ने मुख्य गुण सबैलाई न्याय दिन सक्नु र अत्यन्तै अध्ययनशीलता हो भन्ने उहााको मान्यता छ । राजनीतिर्मीले धेरै धेरै सपना देखेका हुन्छन्, ती सपना व्यवहारमा लागू गर्न सकिन्छ कि सकिंदैन, त्यसको नतिजाको प्रभाव के हुन्छ भनेर विश्लेषण गर्ने क्षमता प्रशासकमा हुनुपर्छ भन्ने उहााको मान्यता छ ।

राजनीति र विकास
उहाा नेपालमा तत्कालीन राजा महेन्द्रको नेतृत्वलाई उदाहरणीय मान्नुहुन्छ । उनले भारतवेष्ठित अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयास गरेको उहाा स्मरण गर्नुहुन्छ । महेन्द्रलाई विभिन्न जातिमाथि अन्याय गरेको आरोप उहाा स्वीकार गर्नुहुन्न । ‘महेन्द्रले जातीय द्वेष उत्पन्न गराएका होइनन्’, उहााको बुझाइ छ, ‘जातीय विभेद पहिल्यैदेखि थियो ।’ विकासका लागि महेन्द्रले अघि सारेको मोडल नेपालका लागि उपयुक्त रहेको उहााको भनाइ छ ।

धेरै आशा गरिएका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट जनताले परिवर्तनको अनुभूति नपाएको गुनासो व्याप्त छ । राजनीति आस्थाले गरिने र राजनीतिर्कीले जनतालाई परिवर्तनको अनुभूति दिन टिम स्प्रिडमा काम गर्ने, विज्ञहरुसाग समन्वय गर्ने र इमान्दारपूर्वक आफ्नो फ्लो गर्ने कार्यकर्ताको ठूलो संख्या पनि बनाउन सक्नुपर्ने पौडेलको सुझाव छ । बाबुराम भट्टराईले मात्रै चाहादैमा परिवर्तन नहुने र त्यसका लागि प्रयोग गरिने संयन्त्र पनि प्रभावकारी हुनुपर्ने उहााको भनाइ छ । राजनीतिक संक्रमण काल र अस्थिरता जति बढ्यो, सरकार उति कमजोर हुने भएको हुनाले डेलिभरी पनि कमजोर हुादै जाने उहााको भनाइ छ ।
 
हाम्रो देशको विकासका लागि युरोपियन र अमेरिकनले दिने गरेको सुझावमा पनि उहाा विमति जनाउनुहुन्छ । ‘उनीहरूले हामीलाई अहिले जे जे गरेर विकास हुन्छ भनेर सिकाइरहेका छन्, वास्तवमा उनीहरूले आफ्नो विकास गर्न त्यो प्रयोग गरेका थिएनन्’, उहााको आरोप छ, ‘यूरोपिन र उत्तरी अमेरिकीले अफ्रिकाको श्रम र एसियाको साधनस्रोतको दोहन गरेर विकास गरेका हुन् ।’ अहिले त हामी आफ्नो नीति बनाउन नसक्ने अवस्थामा पुगिसकेको उहाा बताउनुहुन्छ ।

सामन्ती निजी क्षेत्र
नेपालमा अझै पनि सामन्ती प्रवृत्तिको निजी क्षेत्र हावी रहेको उहााको बुझाइ छ । भर्खर ग्रेजुअट गरेर आएको युवा पुस्ता निकै आशलाग्दो, लोभलाग्दो र डायनामिक भए पनि उसले राम्रो स्पेस नपाएको पौडेल बताउनुहुन्छ । ‘सत्ताको नजिक बसेर चाकडी गर्ने र सत्ताबाट सुविधा लिएर मात्र उद्योग/व्यापार विस्तार गर्न सकिन्छ भन्ने सामन्ती सोच भएका पुरानो पुस्ताले नेपालको निजी क्षेत्र डोमिनेट गरेको छ’, उहाा भन्नुहुन्छ, ‘त्यसैले उद्यमशील र व्यावसायिक युवा पुस्ताले आफ्नो स्पेस बनाउन सकेको छैन ।’

परिवार र भावी योजना
सचिव पौडेल पााच घण्टा सुत्नुहुन्छ, विहान आधा घन्टा प्राणायाम र ध्यान गर्नुहुुन्छ । उहााले २०४२ सालमा स्वामी सचिदानन्द विशुदादेवको फ्लो गर्दै यो अभ्यास सुरु गर्नुभएको हो । ८ वर्षको उमेरमा ब्रतबन्ध र १६ वर्षको उमेरमा विवाह गर्नुभएका पौडेल अत्यन्तै धार्मिक संस्कारमा हुर्कनुभयो । उहाा र उहााका सन्तानमा अति धार्मिक संस्कारको छाप अझै बााकी छ तर उहाा कर्ममै विश्वास गर्नुहुन्छ । उहााका बुबाआमा गुल्मीमै किसान हुनुहुन्छ । हाल चण्डोलमा बस्ने सचिव पौडेलकी धर्मपत्नि राधा गृहिणी हुनुहुन्छ भने २२ वर्षीय छोरो विवेक चीनमा इन्जिनियरिङ र १७ वर्षीय छोरी बिभा काठमाडौंमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ ।

पौडेल आफूसाग रहेको क्षमता, सीप र ज्ञानले न्याय नपाएका व्यक्तिलाई न्याय दिन, अवसर नपाएका व्यक्तिलाई अवसर दिन सकेर उनीहरुको जीवनस्तर फेर्न सके मात्र आफू सफल भएको मान्नुहुन्छ । उहाा मुख्य सचिव हुनुभयो भने पनि अब ६ वर्षभन्दा बढी समय उहाा निजामति सेवामा रहनुहुन्न । प्रशासक हुादा गर्न नसकेको यो काम गर्न उहााले बााकी जीवन पनि खर्चिने बताउनुभयो । त्यो प्राप्तीका लागि सरकारी जागिरबाट रिटायर्ड के गर्ने भन्ने मूर्त धारणा उहााले बनाइसक्नु भएको छैन । नेपालमा गैरसरकारी संस्थाको इमेज खराब भएको हुनाले त्यस्तो संस्थामार्फत् सामाजिक सेवा गर्न कठिन हुने उहााको बुझाइ छ । ‘गैरसरकारी संस्थाले सेवा दिनुपर्ने मानिसलाई नदिई कुनै गाउाका टाठाबाठालाई केही लाभ बााडेर राम्रो प्रतिवेदन बनाई सरकार र विदेशी निकायलाई बुझाएर सञ्चालकहरु मोटाउने प्रवृत्ति छ’, सचिव पौडेलले भन्नुभयो ।
प्रस्तुति : रमेश घिमिरे

(चाणक्य मासिक, माघ, २०६८ बाट)

Monday, February 21, 2011

राणाको योगदान महत्वपूर्ण छ

डा. फष्कर बज्रचार्य, सदस्य, राष्ट्रिय योजना आयोग







 


उहाँको घरबाट चोरेर र मागेर लगेका पुस्तकले दुईवटा फस्तकालय खोलिएका छन् । अझै उहाँको घरमा १० हजारभन्दा बढी फस्तक छन् । २४ वर्षपहिले गनुभएको विद्यावारिधिको शोधमा भन्दा नयाँ नयाँ तथ्य उहाँले त्यसपछिका दर्जनौं रिसर्चबाट पत्ता लगाउनुभएको छ । उहाँले पढेका फस्तक कति हजार फगे गनेर साध्य छैन उहाँले लेखेका रिपोर्ट कति सय फगे थाहा छैन कति रिपोर्ट विदेशमा प्रकाशित भए कति नेपालमै । हुन त उहाँ व्यवस्थापनको प्रोफेसर हो तर जानकारीको हिसाबमा उहाँलाई भूगोल र इतिहासका प्राध्यपकले भेट्न सक्दैनन् । विज्ञान धेरै पढ्नुभयो र बुझ्नु पनि भयो तर दर्शन र धर्मबारे कयौं फस्तक पढेर पनि उहाँले बुभुन सक्नु भएन । अचम्म तैपनि उहाँ एकदैम अल्छी हुनुहुन्छ विहान ७/८ बजेसम्म सुत्नुहुन्छ । उहाँ अल्छी रहेको आजभन्दा पहिले घरमा श्रीमती छोरो र उहाँलाई बाहेक कसैलाई थाहा थिएन पहिलो पटक आम पाठकले थाहा पाउँदैछन् । उहाँ घरको काम केही पनि गर्नुहुन्न बेड रुममा टिभी हेरेर बसिराख्नुहुन्छ । उहाँको यो अल्छीपन परिवार सदस्यबाहेक अरुले थाहा पाउने क्ररै भएन । उहाँ अल्छी भएको अरुले थाहै पाउँदैनन् किनकि उहाँ अरुको क्तलनामा धेरै अध्ययन गर्नुहुन्छ धेरै अध्यापन गर्नुहुन्छ र धेरै विश्लेषण गर्नुहुन्छ । उहाँ अल्छी हुँदा त यति गर्नुहुन्छ भने अल्छी नभएको के हुन्थ्यो होला ? अल्छी नभएको भए अहिलेभन्दा कयौं धेरै फस्तक र रिपोर्टहरु लेख्नुहुन्थ्यो । उहाँ हुनुहुन्छ, नेपालमा पुँजी बजारको अवधारणा सुरुवात गर्ने अहिले राष्ट्रिय योजना आयोगका सदस्य डा. फष्कर बज्रचार्य ।

फाइनान्स एकाउन्ट अर्थशास्त्र व्यवस्थापन पुँजी बजार बैंकिङ आदि विषयका विद्यार्थीका लागि उहाँ प्राफेसर र पुस्तक लेखक हुनुहुन्छ । सरकार अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाहरुका लागि उहाँ सल्लाहकार र परामर्शदाता हुनुहुन्छ । उहाँ पाठ्यफस्तकको किरो होइन तर स्नातकदेखि स्नातकोत्तरसम्म नेपाल र विदेशमा विश्वविद्यालय टपर हो । उहाँले एमकम गरेपछि एमकमलाई नै पढाउनु र एउटा विषय पढाउन आग्रह गरिएकोमा विद्यार्थीको रुचिअनुसार तीन विषय पढाउनुलाई अनौठो मान्ने कि ८ कक्षा पढ्दा १० कक्षा पढ्ने विद्यार्थीलाई गणित पढाएको घटनालाई अनौठो मान्ने ? १६ वर्षको उमेरमा बिकममा विश्वविद्यालय टप गरेको घटना त्यति महत्पूर्ण भएन उहाँलाई किनकि उहाँजस्तै १२ वर्षमा एसएलसी उत्तीर्ण हुने त्यसताका अरु पनि थिए । तर ७ वर्षको उमेरमै अध्यापन गरेर पैसा कमाउने चाहिँ उहाँ नै पहिलो हो कि ? उहाँले त्यो उमेरमै ट्युसन पढाएर आयआर्जन गर्नुहुन्थ्यो ।

स्वभाव
स्कुल पढ्दासम्म उहाँको खेलकूदमा क्रनै रुचि थिएन । खेलकूदमा रुचि भएको एमकम पास गरेपछि हो । त्यसपछि उहाँले कि्रकेट ब्याडमिन्टन र टेनिसमा एकदमै रुचि दिएर खेल्नुभयो । गल्फ पनि खेल्ने गरेका बज्रचार्यले थोरबहुत सबैजसो खेल खेल्नुभयो । अहिले उमेर ढल्केको कारण उहाँ टिभीमा खेल हेरेर मनोराजन लिनुहुन्छ । टिभी निश्चित कार्यक्रममा लागि अनिवार्य हेर्नैपर्ने भन्ने बाध्यता उहाँलाई छैन तर टिभीबाट दृश्य र आवाज नआई उहाँमा केही नयाँ क्ररा सिर्जना हुँदैन । 'अरु मानिसले मेरो सिको गरेर मजस्तो हुन सक्दैन.' उहाँ भन्नुहुन्छ, 'अरुलाई टिभी घन्काउँदा एकाग्रता भंग हुन्छ मलाई भने त्योबिना लेखपढ नै सम्भव छैन ।' विहान छिटो उठ्न नसक्ने बज्रचार्यले उपन्यास पढ्दा कहिलेकाहीं रातै पनि बिताउनुभयो । 'एकै दिनमा ६ वटा उपन्याससम्म पढेको छु', उहाँले भन्नुभयो । जे विषयको पनि अध्ययन गर्ने बज्रचार्यले पुस्तक एकदमै छनोट गरेर पढ्नुहुन्छ र त्यत्ति धेरै पढ्न भ्याउनु भयो । धेरै पढेको कारण उहाँको आँखा कमजोर भएका छन् ।

रिसर्चको निचोड
उहाँले २४ वर्षअघि पिएचडी गर्दा नेपालका सरकारी र निजी कम्पनीमा व्यवस्थापन र मार्केटिङबारे अध्ययन गर्नुभएको थियो । सरकारी क्षेत्रमा अनुसन्धान हुने कागजात सही तथ्य हुने र निजी क्षेत्रमा यी सबै चिज कमजोर सबै काम मुखैले भएको हुने उहाँले पाउनुभयो । तर व्यवस्थापनको नतिजा भने निजीमै राम्रो देखियो । त्यसको कारण थियो निजीको रणनीतिक मार्केटिङ । पिएचडीपछि गरेका रिसर्चका आधारमा उहाँले नेपालको निजी क्षेत्रको दुईवटा कमजोरी औंल्यानुहुन्छ । एउटा दीर्घकालीन सोचको अभाव र अर्काे विशिष्टताको अभाव । सबै प्रकारका उद्योग व्यापार र सेवामा प्रवेश गर्ने र क्रनै पनि विशिष्टीकरण नगर्ने कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उद्योगी प्रतिस्पर्धी हुन नसकेको उहाँको निचोड छ । 'दसकौं बिताउँदा पनि नेपाली उद्योगीले मेरो विशिष्टीकरण यहाँ छ भन्न सकेका छैनन्,' उहाँले भन्नुभयो, 'सबैतिर हात हालेर नाफा त होला तर अन्तर्राष्ट्रिय पहिचान बन्न सक्दैन ।'

राणाको योगदान
राणाहरु देशको विकासको बाधक भनेर सवत्र पढ्न पाइन्छ तर बज्रचार्यको अनुसन्धानले केही राणालाई उद्योगका पिताको रुपमा देखाएको छ । चन्द्रशंसेर समक्ष उद्योग खोल्न आवेदन दिने व्यक्तिलाई उनले देश निकालाको तोकआदेश दिएका थिए । तर जुद्धसंशेरले भने कम्पनी ऐन उद्योग परिषद् र घरेलु प्रसार अड्डा सन् १९९३ १९९३ साल मा स्थापना गरे । १९९० को महाभूकम्पपछि फनिनिर्माणले मात्र हुँदैन सँगै अरु विकास गर्नुपर्छ भन्ने सोच जुद्ध शंसेरमा आयो । उनले विजय शंसेर र गुाजमान िसंहलाई बेलायत किन विकसित भएको रहेछ भनेर अध्ययन गर्न पठाए । उनीहरुले औद्योगिकीकरणबाट बेलायत विकास भएको हो भनेर खबर ल्याएपछि उनले नेपालमा पनि उद्योगको सुरुवात गराए । २००५ सालसम्म नेपालमा ६४ वटा पब्लिक कम्पनी खुलेका थिए । विराटनगर जुट मिलले १११ प्रतिशत लाभांश बाँडेको थियो ।

नेपालमा पूर्वपश्चिम राजमार्गको आवश्यकता मोहन संसेरले २००५ मै उल्लेख गरेका थिए भनेर बज्रचार्यको फस्तकमा मात्र पढ्न पाइन्छ । यस्तै उहाँको अध्ययनले आवधिक योजना विकासको जश पनि मोहन संशेरलाई नै दिन्छ जसले २००५ मा आवधिक योजना घोषणा गरेर योजना आयोगको बैठक बसाएका थिए ।

औद्योगिक विकास
दोस्रो विश्वयुद्धको समयसम्म पब्लिक कम्पनीहरुले मनग्ये नाफा गरेका थिए तर २००७ देखि २००१७ सम्म यस क्षेत्रमा क्रनै विकास भएन र निजी क्षेत्रको लगानी ठप्प भयो । त्यसपछि सरकारले लगानीको रिक्ततालाई पूरा गर्न सरकारी उद्योग÷संस्थान स्थापना गर् यो । औद्योगिक विकासको दोस्रो बिन्दु उहाँले २०२७ साललाई मान्नुहुन्छ । त्यतिखेर सरकारले व्यापार प्रवद्र्धन केन्द्र खोल्यो । भारतसँग मात्र आयात र निर्यात ९० प्रतिशत हुँदै आएकोमा नेपाललाई तेस्रो मुलुकमा पनि सिलुाउने काम त्यो केन्द्रले गर् यो । त्यस्तै बज्रचार्यसमेत योजना आयोगको सल्लाहकारको रुपमा रहेर सन् १९९२ मा लागू भएको उदारीकरणको नीतिको प्रभाव स्वरुप १९९३ मा नेपालको निर्यात ८३ प्रतिशतले बढ्यो । तर त्यस्ता प्रयासलाई निरन्तरता दिन नसकिएको उहाँले बताउनुभयो ।

सरकारी संस्थान
सरकारी संस्थान नाफा सेवा वा निजी क्षेत्रले लगानी नगरेका कारण उत्पन्न रिक्तता पूरा गर्ने के उदेश्यबाट संचालन गरिएको भन्ने नै स्पष्ट नभएको उहाँले बताउनुभयो । विश्वमै उत्कृष्ट गुणस्तरको सिमेन्ट ५३ प्रतिशत क्यालसियम उत्पादन गर्ने उदयपुर सिमेन्टसमेत राजनीतिक हस्तक्षेपको कारण घाटामा रहनुपरेको उहाँले बताउनुभयो । अहिले वार्षिक १० अर्बभन्दा बढी मुनाफा गर्ने नेपाल टेलिकम पनि सरकारले अहिलेकै स्थितिबाट संचालन गर्ने हो भने पाँच वर्षमा नोक्सानमा जाने उहाँको पूर्वानुमान छ ।

परिवार र शिक्षा
सन् १९५३ मा काठमाडौंको मखनमा जन्मनु भएका बज्रचार्यले ३८ वर्षको उमेरमा विवाह गर्नुभयो र अहिले उहाँको छोराले ९ कक्षामा पढ्नुहुन्छ । उहाँकी जीवन सँगिनी प्राध्यापक डा। सिलु मानन्धर २०४५ सालको व्यवस्थापनमा त्रिवि टपर हुनुहुन्छ । माइलो छोरो बज्रचार्यका दुई भाई एक दिदी र दुई बहिनी हुनुहुन्छ । दिदी बिन्दु दाहाल पोखरामा होटल व्यवसायी हुनुहुन्छ । भाइ इन्जिनियर ईश्वर अष्टे्रलियामा बस्नुहुन्छ । त्यस्तै कान्छो भाइ नूतन लेखापरीक्षणको काम गर्नुहुन्छ । बहिनीद्वय नानु र नगिना गृहिणी हुनुहुन्छ ।

उहाँका पिताले गृह अध्ययन गराउने हुँदा उहाँको घरमा विद्यार्थीको घुँइचो थियो । उहाँले घरमै पढ्ने र पढाउने दुवै अवसर पाउनुभयो । ५ वर्षको उमेरमा एकपटैक दुई कक्षा भर्ना हुनु भएका फष्कर बज्रचार्यले फड्का मार्दै ५ वर्षमा शान्ति निक्राज स्क्रलबाट ८ कक्षा पास गर्नुभयो र नौ र दश विजय मेमोरियल स्कुलमा पढ्नुभयो । उहाँले स्नातकोत्तर गरेर त्रिविमा पढाउँदै गर्दा बिएल पनि गर्नुभयो । सन् १९७७ मा छात्रवृत्ति पाएर पोष्ट गे्रजुएट गर्न बेलायतको हेरिअट वाट विश्वविद्यालय जानुभयो । त्यहाँ पनि उहाँले विश्वविद्यालय टप गर्नुभयो । उहाँलाई चार ठाउँबाट जागिर गर्न प्रस्ताव आएको थियो । पिएचडीका लागि सो विश्वविद्यालयले उहाँलाई भर्ना नभई नेपाल फर्किन पनि दिएन । उहाँ नेपालमा आइसकेपछि म आउन नसक्ने भएँ भनेर जवाफ पठाउनुभयो । उहाँलाई नेपालमै काम गर्ने इच्छा थियो । त्रिविमा प्राध्यापन गर्दै गर्दा सन् १९८६ मा भारतको युनिभरसिटी अफ दिल्लीबाट उहाँले पिएचडी गर्नुभयो । दुई वर्ष ३ महिनामै उहाँले पिएचडी सिध्याउनु भएको थियो ।

नेपालको शिक्षा
नेपालमा शिक्षको स्तर त राम्रो हुँदै गए पनि एउटा कमजोरी बाँकी रहेको उहाँ बताउनुहुन्छ । 'मानिसमा ज्ञान मात्र भएर हुँदैन सीप र व्यावहारिकपन पनि चाहिन्छु उहाँ भन्नुहुन्छ, 'जुन हाम्रा शिक्षण संस्थाले िदंदैनन् ।' विशिष्ट श्रेणी ल्याउँदैमा विद्यार्थीको क्षमता अभिवृद्धि हुँदैन भन्ने उहाँको मान्यता छ । त्यसैले उहाँले नेपालका स्क्रललाई ुडिस्टिङ्सन म्यानुपुयाक्चरिङ हाउसु को संज्ञा दिनुहुन्छ । 'उनीहरु शिक्षा दिनेभन्दा पनि उत्पादन गर्ने निकाय हुन्', उहाँले व्यंग्य गर्नुभयो । विद्यार्थीले गलत नै सोच बनाए पनि शिक्षकले नयाँ सोचको सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । ुकिताबमा भएको बुँदा मात्र कण्ठ गराउने र त्यसमै धेरै अंक दिने हो भने हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन सक्दैनु उहाँ भन्नुहुन्छ, 'त्यसले इनोभेसन गराउँदैन विद्यार्थीमा ज्ञानको साथै सोच्ने शक्तिको पनि विकास गराउनुपर्छ ।' अहिले शिक्षालाई कमसर्ियल रुपमा मात्र बुझ्ने गरिएको उहाँले बताउनुभयो ।

विकास
योजना आयोगमा आएपछि उहाँको अनुभव छ, 'नेपालमा एक महिनामा हुने काम गर्न एक वर्ष लाग्ने रहेछ ।' विकास निर्माण कार्यान्वयन र अनुगमन छुट्टाछुट्टै अंगबाट हुनुपर्ने र कार्यान्वयनकर्तामा हामीमाथि कसैले निगरानी गरिरहेको छ भन्ने अनुभूति हुने गरी अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । अनुगमन गर्ने निकायले कार्यान्वयन गर्ने मन्त्रालयका सचिवहरुसँग जानकारी लिएर मूल्यांकन गर्दा प्रभावकारी नहुने हुँदा सबै आयोजनाको प्रगति विवरण मन्त्रालयको साथै आयोगमा आउने गरी नेटवर्किङ गर्नुपर्ने उहाँको सुझाव छ । 'तपाईंको प्रगति के छ भनेर सोध्दा सबैले राम्रो भएको छ र हुँदैछ भनेर जवाफ दिन्छन्', उहाँको भनाइ छ, 'अनुगमन गर्ने निकायले ठ्याक्क सूचक समातेर प्रश्न गर्नुपर्छ ।' नेपालमा तैले काम गरिनस् भनेर आलोचना गर्ने निकाय अति धेरै भइसकेको तर काम के गर्नुपर्छ भनेर सुझाव दिने कोही पनि नभएको उहाँले औंल्याउनुभयो । एक प्रसंगमा उहाँले चार्टर्ड एकाउन्टेन्टहरुलाई जवाफदेवी बनाउनुपर्ने पनि बताउनुभयो । 'जे रिपोर्ट तयार गरे पनि लेखापरीक्षक जवाफदेही नहुँदा आर्थिक हिनामिना र आयोजनाको गलत लगत तयार हुने गर्छ', उहाँको भनाइ थियो ।

भावी योजना
विदेशमा रहेका साथीहरुसँग मिलेर विकासशील र द्वन्द्वग्रस्त अपि्रुकन र एसियन मुलुकलाई लक्षित गरेर जहाँ जे आवश्यकता छ शिक्षा चेतना पूर्वाधार त्यसैको परिपूर्ति गरी ती मुलुकलाई समृद्ध पार्ने अभियान सुरु गर्ने उहाँको सोच छ । उहाँले त्रिविबाट अवकाश पाउन ५ वर्ष बाँकी छ ।

(चाणक्य मासिक, फागुन २०६७ बाट)

Saturday, February 5, 2011

क्षमता भए अवसर आफै जुर्छ

किसोर महर्जन, सिईओ सिभिल बैंक लि.
एक बैंकरले अखबार हात पर्नसाथ कुन पृष्ठमा नजर फर् याउँला सामान्य उत्तर हुन्छ – अर्थ/वाणिज्य पेज । तर किसोर महर्जनको हकमा त्यो उत्तर सही हुँदैन । अखबारको प्रुन्ट पेजपछि उहाँको आँखा अन्तिम पानातिर रहेको खेलकूद समाचारमा फग्छ । दैनिक विहान ८ बजेसम्म सात दोबाटोको स्कस कोर्टमा बिताउने महर्जन बेलुकी स्पोटस्र च्यानलको अगाडि बस्नुहुन्छ । फुटबल हेर्न बढी रुचाउने किसोर लिभरपुललाई राम्रो क्लब मान्नुहुन्छ । 'मलाई मन पर्ने क्लबको परफरमेन्स यो साल त्यत्ति राम्रो हुन सकेको छैन', उहाँले भन्नुभयो । वल्र्ड कप र यूरो कप हेर्न ४ वर्ष कुर्नुपर्छ, त्यसअघि उहाँले इंग्लिश पि्रमियर लिग, च्याम्पियन लिगलगायतका अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रतियोगिता हेर्न छुटाउनु हुन्न । अन्य खेलमा पनि उहाँको रुचि छ ।

५१ वर्षे बैंकर महर्जनको गल्फ खेल्ने सौख अझ बाँकी छ । 'म पछिल्लो ८ वर्षजति निकै व्यस्त भएँ', भर्खर सिभिल बैंकको पूर्वाधार निर्माण गर्दै रहनु भएका उहाँ भन्नुहुन्छ, 'एक/डेढ वर्षपछि अलिकति फुस्रद भयो भने गल्फ पनि खेल्नुपर्ला ।' किसोर स्कुलदेखि नै खेलकूदमा रुचि राख्नुहुन्थ्यो । आउट डोर गेममा पुरस्कार पाउने किसोर हाजिरी जवाफलगायत बौद्धिक प्रतियोगितामा पनि उत्कृष्ट नै हुनुहुन्थ्यो । उहाँ कक्षा प्रथम हुनु भएन तर सधैं उत्कृष्ट ५ भित्र पर्नुभयो । सबै प्रतियोगिताको भार जोड्ने हो भने उहाँ प्रथम नै हुनुहुन्थ्यो किनकि उहाँ एक जना मात्रै त्यस्तो छात्र हुनुहुन्थ्यो जो धेरै वटा अरितिक्त कि्रयाकलाप प्रतियोगितामा पुरस्कारको हकदार हुन्थ्यो ।

उहाँले एक पटक पढेको कुरा सम्झने हुँदा पढ्नका लागि अरु साथीले जस्तो धेरै समय खर्चनु पर्दैनथ्यो । कक्षामा प्रथम हुन्छु भनेर किताबको किरो कहिल्यै नबनेका कारण उहाँले धेरै अतिरिक्त ज्ञान लिने समय पाउनुभयो । पुस्तकालय पसल पाहुना गएको घर जहाँ पनि नयाँ पुस्तक भेटेपछि उहाँले एकपटक पढिहाल्नुहुन्थ्यो । 'मैले चना चटपटे किन्ने पैसाले भोक मात्रै मार्दैनथेँ', उहाँ सम्झनुहुन्छ, 'चना खाएपछि चना पोको पारेर दिएको कागजमा लेखिएको कुरा पढेर मात्र फाल्थेँ र त्यही पैसाले ज्ञान पनि लिन्थेँ ।'

किसोर बिहान सबेरै उठ्नुहुन्छ र सगरमाथा बीबीसी र सिएनएन टिभी आधा घन्टाको बीचमा हेरेर देश र विदेशका मुख्य खबर थाहा पाई स्कस खेल्न जानुहुन्छ । विज्ञापन आएको बेला च्यानल फेरेर थोरै समयमै ३ वटा च्यानलको स्वाद र समाचारको जिस्ट बुभुने महर्जनले सबैभन्दा बढी हेर्ने च्यानल बीबीसी हो । 'बीबीसीले विश्वका मुख्य सबै घटनका साथै हरेक घन्टा बिजनेश न्युज दिने हुँदा त्यो हेरेर थोरै समयमा धेरै थाहा पाउन सकिन्छ,' उहाँ भन्नुहुन्छ, 'बिजनेशको कुनै महत्वपूर्ण समाचार रहेछ भने त्यसमै थाहा हुन्छ अनि विस्तृत जानकारीको लागि ब्लुमबर्ग हेर्छु ।' सिएनएन वरिष्ठ मानिसको कुराकानीका लागि उहाँले महत्पूर्ण मान्नुहुन्छ ।



खेल र बिजनेश

खेल मनोराजन र सौखका लागि मात्र होइन यसले बिजनेश बढाउन मुख्य योगदान गर्छ । गल्फ ठूला बिजनेश पस्रन र हाइ प्रोफाइल भएका व्यक्ति खेल्ने खेल हो । 'स्कसमा पनि बिजनेश पस्रन कार्यकारी प्रमुखको केही हदसम्म जमघट हुन्छ,' महर्जन भन्नुहुन्छ, 'स्कुल/कलेज पढेको साथीभन्दा गेममा भेटेको साथीसँगको सम्बन्ध गाढा हुन्छ ।' कार्यकारीको अनुभव साटासाट र आपुनो बिजनेश विस्तारका लागि मार्केटिङ गर्नेसम्मको अवसरका गेमको बेला फेला पर्छ । स्कस एसोसिएसनका उपाध्यक्ष रहेका महर्जन पसिनाले निथु्रक भिज्ने गरी स्कस खेलेपछि घर आएर नुहाएर नास्ता खाई कार्यालयको बाटो तताउनुहुन्छ । खेलले उहाँलाई बिजनेश पार्टनर खोजिदिएर र भविष्यको अस्पताल खर्च कटौती गरिदिएर अप्रत्यक्ष आर्थिक लाभा दिएको छ । महर्जनको परिवारमा मधुमेह पैत्रिक समस्याको रुपमा छ तर २६ वर्षदेखि स्कस खेल्दै आउनु भएका किसोरको सुगर नियन्त्रित छ र उहाँ अहिलेसम्म थला पर्ने गरी कुनै बिरामी पर्नुभएको छैन ।



रुचि र शिक्षा

किसोर महर्जनले स्कुल पढ्दा होइन स्नातक पढ्दासम्म बैंकर बन्ने सोच बनाउनु भएको थिएन । पुरानो विदेशी संयुक्त लगानीको ठूलो बैंक हिमालयन बैंकमा उच्च पदमा सफलतापूर्वक जिम्मेवारी निभाएको र कडा प्रतिस्पर्धाको बीचमा खुलेको सनराइज बैंकलाई छोटै अवधिमा स्थापित गराउन सफल भएको घटनाले उहाँलाई एक सफल बैंकरको रुपमा स्थापित गराइसकेको छ । सफलता पाउन भविष्यमा यो काम गर्छु भनेर सानैदेखि योजना बनाएर घोटिनु पर्दैन भन्ने उहाँको जीवनले फष्टि गरेको छ । हरेक प्रकारको ज्ञान िलंदै जानुपर्छ जे काम गरिन्छ त्यसमा लगनशील हुनुपर्छ अन्ततः जीवन सफल हुन्छ भन्ने प्रेरणा महर्जनको जीवनले दिएको छ ।

सानो उमेरमा भविष्यमा यो पेशा अँगाल्छु भनेर रुचि हुन सक्छ तर लगनशील भएर काम गरे अन्य क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण महर्जनले देखाउनु भएको छ । उहाँलाई चित्र कोर्ने आर्ट र मेसिनमा रुचि भएका कारण स्कुल पढ्दा इन्जिनियर बन्ने इच्छा थियो । तर उहाँले अभिभावकको इच्छा छोरो डाक्टर बनाउने पूरा गर्न प्रमाणपत्र तहमा जीव विज्ञान पढ्नुभयो । अन्ततः उहाँ सफल बैंकर हुन फग्नुभयो । 'कलिलो उमेरमा अभिभावकले भनेको बढी प्रभाव पर्ने रहेछ । डाक्टर बन्नुपर्छ भनेर आइएस्सीमा बायोलोजी पढेँ,' उहाँ सम्झनुहुन्छ, 'मलाई भौतिक विज्ञान र गणित मन पर्दथ्यो त्यसैले बायोलोजीमा राम्रो अंक आएन र डाक्टर पढ्नतिर लागिनँ ।' बीएस्सीमा पनि उहाँले जुलोजी नै पढ्नुभयो । उहाँले बीएस्सी उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयमा नयाँ विषय कमस्रमा स्नातकोत्तर सुरु भयो । अनि उहाँ एमबीए भर्ना हुनुभयो । एक वर्षअघिसम्म प्रयोगशालामा भ्यागुता गड्यौला र परेवा चिर्दै पढेका महर्जनलाई एकाउन्टको ज्ञान शून्य थियो । उहाँलाई फाइनान्स पनि आउँदैनथ्यो तर गफ लेख्ने विषय मार्केटिङ भने उहाँलाई सजिलै भयो । अचम्मको कुरा त्यो ब्याचमा पहिलो वर्षमा ९० प्रतिशत विद्यार्थी फेल हुँदा किसोर भने पास हुनुभयो । त्यसको रहस्य थियो- 'अरुले पूर्णाङमा सबै नम्बर ल्याउनुपर्छ भन्दै हिसाब र प्राक्टिकल प्रश्नमा ध्यान केन्द्रित गरे तर मलाई प्राक्टिकल विषयमा आधारभूत ज्ञान नभएको हुनाले मैले सैद्धान्तिक प्रश्नको तयारी राम्रोसँग गरेँ,' उहाँले सुनाउनुभयो । उहाँले स्पेसिलाइज्ड फाइनान्समा गर्नुभयो र पहिलो वर्षमा त्यति राम्रो नतिजा नल्याए पनि दोस्रो वर्षमा राम्रो नतिजा आएको हुनाले एकीतृतमा उहाँले ६३ प्रतिशत अंक हासिल गर्नुभयो । उहाँले धेरै विदेशी संस्थाबाट बैंकिङ तालिम लिनुभएको छ ।



संयोगले बैंक प्रवेश

२०४१ सालमा नेपाल बैंक लिमिटेडले आन्तरिक लेखापरीक्षणको लागि चार्टर्ड एकाउन्टेन्ट धुवनारायण कर्मचार्यले कन्ट्राक्ट पाउनुभएको थियो । सिए कर्माचार्यले एमबीए दोस्रो वर्षको जाँच दिएर बसेका किसोरलाई आपुनो कम्पनीमा बोलाउनुभयो । महर्जन नेपाल बैंकका ३२ शाखा घुम्नु भयो । नेपाल बंैंकको अवस्था खस्कँदै गएर २०५८ सालदेखि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । त्यहाँका कर्मचारी क्षमता विकास गर्न नसकेर कम्पनीको लागि बोझ बनेर बसिरहेका छन् । तर त्यो कम्पनीमा एक वर्ष आउट सोसर्िङको रुपमा सहायकको काम गर्दा किसोरले बैंकिङको जग बसाउन सक्नुभयो । ज्ञान लिन अवसर मिलेन वा अरुले अवरोध गरे भनेर आपुनो असक्षमताको दोष अरुमाथि थोपर्नेका लागि किसोर गतिलो पाठ हुनुहुन्छ । 'त्यो बेलाको बिजनेश हाउस कस्तो हुँदो रहेछ, मानिसहरुले कसरी कर्जा लिँदा रहेछन् र नतिर्ने रहेछन् भन्ने मलाई थाहा भयो,' उहाँ भन्नुहुन्छ, 'मेरो बैंकिङ्ग बेस बनेको र रुचि जागेको त्यही क्रममा हो ।' इच्छाशक्ति र क्षमता हुनेलाई केही प्राप्तिको लागि मौका र अवसर कुर्नु पर्दैन । त्यतिखेर उहाँका बुबा कृष्णलाल मर्हजन एनआइडीसीमा विभागीय प्रमुख हालः डिसिबिएल अध्यक्ष हुनुहुन्थ्यो । बुबाले उद्योगहरुलाई ऋण दिने रिपोर्ट कार्यालयमा पढेर नसकिने हुँदा बुबाले घरमा ल्याउनुहुन्थ्यो । जहाँ जे भेट्यो त्यसबाटै ज्ञान लिने बानी परेका महर्जनले ती रिपोर्टलाई ज्ञानको ठूलो स्रोत बनाउनुभयो । 'त्यो पढेर मलाई प्रोजेक्टबारे थाहा भयो', उहाँ भन्नुहुन्छ । नेपाल बैंकमा आउट सोसर्िङ र घरमा एनआइडिसीमा पेश भएको रिपोर्ट पढेको ज्ञानको आधारमा उहाँले राष्ट्रिय वाणिज्य बैंकमा जागिर पाउनुभयो । किसोरको पहिलो असाइनमेन्ट वाणिज्य बैंकको फाइना_िन्सङ्ग पोलिसी ड्रापुट थियो । 'म र रविन्द्र बल्लभ दुई जना मिलेर ६ महिनामा नीति बनाएर संचालक समितिमा पेश गरेर पारित भयो,' उहाँ सम्झनुहुन्छ, 'पेप्सीकोला र इन्दुशंकर चिनी कारखानामा राष्ट्रिय वाणिज्य बैंकले फाइना_िन्सङ्ग गर् यो ।'

उहाँले १८ महिना रावा बैंकमा बिताएपछि प्रुेन्चको प्रवद्र्धनमा इण्डोस्वेज बैंक नेपालमा आयो । अब सरकारी बैंकमा बसिरह्यो भने ग्रो हुने ठाउँ रहँदैन अन्तर्राष्ट्रिय स्तरको काममा लाग्नुपर्छ भनेर उहाँले इण्डोस्वेजमा आवेदन गर्नुभयो र सन् १८६७ मा त्यहाँ सुपरभाइजर नियुक्त हुनुभयो । केही महिनामा अधिकृत हुनुभएका महर्जन छिटो बढुवा हुँदै कर्जा विभाग प्रमुख हुनुभयो । बैंकले पहिलो पटक काठमाण्डौ बाहिर वीरगन्जमा शाखा खोल्यो र उहाँलाई मेनेजर बनाएर पठायो । त्यो शाखा ६ महिनामै नाफामा गयो । हिमालयन बैंकबाट तत्कालीन कार्यकारी प्रमुख पृथ्वीबहादुर पाण्डेले उहाँलाई बोलाउनुभयो । दसैं बिदामा काठमाडौं आएको बेला उहाँ हिमालयन प्रवेश गर्नुभयो । हिमालयन बैंकको विशाल बजार शाखा उहाँले स्थापित गराउनु भएको हो । 'मैले १९९५ देखि त्यहाँ काम गरेँ न्युरोडका बिजनेश पस्रन मलाई कण्ठै थियो,' उहाँ सम्झनुहुन्छ, 'त्यतिखेर न्युरोडमा रहेका अरु सबै बैंकको संयुक्त वासलातभन्दा हिमालयन बैंक एक्लैको ठूलो थियो ।' उहाँ हिमालयनमा २००३ मा डिजीएम र २००५ मा जीएम हुनुभयो । उहाँ डिजीएम हुँदा आएका दुई नयाँ बैंकबाट उहाँलाई सिइओको अफर आएको थियो । 'म ४६ वर्षको थिएँ सिइओ हुन उमेर कम हुन्छ कि भन्ने लागेर मानिनँ । त्यसपछि मभन्दा कम उमेरका अरु एक दुई जना सिइओ देखेँ र म पनि हुन्छु भन्ने निधो गरेँ ।' उहाँ ४७ वर्षको उमेरमा सनराइजमा सिईओ हुनुभएको हो ।

किसोर फटाफट प्रगति गर्दै सिईओसम्म फग्नुभयो अब यसभन्दा माथि कहाँ जाने त किनकि सकि्रय जीवन बिताउने उमेर अझ धेरै बाँकी छ । 'मेरो दीर्घकालीन सोच रेष्टुराँ एण्ड बार खोल्नु हो,' उहाँले भन्नुभयो, '६० वर्षको उमेरमा मलाई हाइ स्ट्याण्डर्डको बार संचालकको रुपमा देख्न सक्नु हुनेछ ।'



बैंकमा व्यावसायिकता

नेपाली बैंक पूर्णतः व्यावसायिक हुन नसकेको उहाँको ठहर छ । 'अधिकांश बैंकका मुख्य प्रमोटर र संचालक परम्परादेखि व्यापार गर्दै आएका व्यक्ति छन् । उनीहरुले आफैले कर्मचारी नियुक्ति र बर्खास्ति गर्ने चेकमा सही गर्ने एकाउन्ट आफैं राख्ने र मौखिक आदेशमा काम गराउने अभ्यास गर्दै आएका छन्,' उहाँको अनुभव छ, 'र त्यो बैंकमा पनि रिपुलेक्ट हुँदो रहेछ ।' त्यसलाई सामना गर्न सक्नु व्यवस्थापनको मुख्य चुनौती रहेको महर्जनको भनाइ छ । 'त्यसलाई जित्न सकिएन भने सिईओले पद छोड्नुपर्छ ।'



नयाँ पुस्तालाई सुझाव

उहाँ जस्तै बन्न चाहने युवा पुस्तालाई उहाँ आपुूभन्दा माथि पुग्न शुभकामना दिनुहुन्छ । त्यसका लागि उहाँको सुझाव छ ुसबैको कुरा सुरुदेखि अन्तसम्म सुन्नुपर्छ धैर्य धारण गर्नुपर्छ । कसैको कुरा सुनेपछि विश्लेषण गर्नुपर्छ त्यसलाई अपनाउने/नअपनाउने आपुनो विवेक हो । तर अरुलाई चित्त दुखाउने गरी बीचमा प्रयोग गर्नु हुन्न । माथिबाट सोस्र लगाई ग्रो भएर हुँदैन । सबैले मन पराउने गरी ग्रो हुनुपर्छ । नत्र दुःख पर्दा तलबाट समर्थन नपाउन सकिन्छ । खुला दिलले अरुको सपोर्ट पाउन आपूूले पनि अरुलाई रेस्पेक्ट गर्न जान्नुपर्छ ।' वास्तुशास्त्रमा विश्वास गर्ने महर्जनले घर र कार्यालयमा मानिसहरुको बस्ने कक्ष सोही अनुसार निर्माण गराउनु भएको छ ।

(माघ २०६७, चाणक्य मासिकबाट)

Tuesday, April 20, 2010

दरिला गभर्नर

रमेश घिमिरे



मौदि्रक अर्थशास्त्रीका रुपमा चिनिएका नवनियुक्त गभर्नर डा। युवराज खतिवडाको अध्ययन भने चण्डी र गीतापाठबाट प्रारम्भ भएको थियो । उनी अर्थशास्त्री मात्र होइनन् समाजशास्त्री पनि हुन् । अर्थशास्त्र र समाजशास्त्रको संयोजन गरेर उनले राष्ट्रिय योजना आयोगमा कार्यरत रहँदा र सरकारले गठन गरेका विभिन्न समितिमा रहेर तदर्थवादमा चलेको राज्यसंयन्त्रलाई प्रगतिको बाटोमा धकेल्ने प्रयास गरिसकेका छन् । अध्ययन सकेपछि विभिन्न क्षेत्रमा जागिरको अवसर पाएका खतिवडाले पदीय मर्यादाअनुसार उच्च पद छाडेर नेपाल राष्ट्र बैंकको सहायक अधिकृत पद छानेका थिए । हाल विभिन्न निकायमा नेतृत्वदायी भूमिकाको अवसर पाएका खतिवडाले पुनः पदीय मर्यादाअनुसार तुलनात्मक रुपले तल्लो मर्यादाको गभर्नर नै रोजेका छन् । वित्तीय क्षेत्र मात्र नभई समग्र अर्थतन्त्र समस्यामा परेको चर्चा भइरहेका वेला दुवै विषयमा दख्खल रहेका डा। खतिवडाले सरकारको मुख्य आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् । िसंगो समाजको आर्थिक रुपान्तरण कसरी गर्ने भन्ने विषयमा बहस चलिरहेका वेला नागरिकसमक्ष वित्तीय पहुँच पुर् याउन आवश्यक नीति तय गर्ने जिम्मेवारी सम्हाल्न पुगेका छन् खतिवडा । अन्य क्षेत्रको जति विकास गरे पनि सर्वसाधारणमा बैंकिङ प्रणालीको पहुँच नपुराएसम्म दिगो विकास हुन नसक्ने निष्कर्षमा स्पष्ट खतिवडाले आपुनो कार्यकालमा सोही कुरालाई प्राथमिकता दिने बताएका छन् ।

नेपाल राष्ट्र बैंक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको सल्लाहमा मात्रै चलेको छ आपुनो ठोस दृष्टिकोण बनाउन सकेको छैन भन्ने आरोप लाग्दै आएको छ । राष्ट्र बैंकले अब त्यस्ता दातृ निकायको सिद्धान्त परिमार्जन गर्ने र आपुनो सिद्धान्तमा दातालाई सहमत गराएर उदाहरण प्रस्तुत गरिसकेका व्यक्तित्वलाई आपुनो नेतृत्वमा पाएको छ । खतिडाले विद्यावारिधि गर्दा तयार गरेको शोधपत्रमाथि दाताले तत्काल विश्वास गरेनन् विश्व बैंक र मुद्राकोषलाई विश्वासमा लिन उनले चार वर्ष पर्खनुपर् यो । त्यतिखेर पश्चिमाहरु मुद्राप्रदायबाट मूल्यवृद्धि पूर्ण नियन्त्रण गर्न सकिन्छ भन्नेमा विश्वास गर्थे । तर खतिवडाले त्यो सिद्धान्त अपूरो भएको तथ्य प्रस्तुत गरे । सन् १९६५ देखि १९९० सम्मको तथ्यांकको अध्ययनका आधारमा उनले विदेशी विनिमय दर र छिमेकी मुलुकको मूल्यदरले मूल्यवृद्धिलाई असर पर्ने निष्कर्ष निकाले । नेपालको खुला सिमानाको कारण वरिपरिको विनिमय दरले यहाँको मूल्य बढ्ने वा घट्ने हुन्छ । साथै मैदि्रक नीतिले शोधनान्तर स्थितिलाई प्रभाव पार्छ भन्ने उनको शोधले पत्ता लगायो । मुद्राप्रदाय बढी हुँदा आयात बढ्ने र विदेशी मुद्रा सिाचति घट्ने गरेको तथ्य उनले उजागर गरे ।
यस्तै जतिखेर दाताको सु´ाबमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरियो त्यतिवेला खतिवडा राष्ट्र बैंकमै कार्यरत थिए । सुधारको नाममा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको वित्तीय अवस्था सन्तुलित बनाउने र केन्द्रीय बैंकको क्षमता बढाउने दाताको प्रस्ताव थियो । तर खतिवडाले त्यतिखेर भने ुयस्तो सानो क्षेत्रको सुधारले मात्र हुँदैन सर्वसाधारण सबैलाई वित्तीय पहुँच पुर् याउनेगरी पुनस्रंरचना कार्यक्रम लागू गर्नुपर्छ ।ु त्यतिखेर दाताहरु खतिवडाप्रति आक्रोशित भए । ुउनीहरुले मसँग रिसाएर केन्द्रीय बैंकमा सुधार विरोधीको बाहुल्य छ भनेर आरोप लगाएु खतिवडा भन्छन् ुमैले पाँच वर्षअघि भनेको कुरा दाताले बल्ल भन्न थालेका छन् वित्तीय पहुँच त बढाउनैपर्छ भनी ।ु
विश्वविद्यालयमा अर्थशास्त्र पढेका उनले जागिरको सिलसिलामा समाजशास्त्रको पनि धेरै अध्ययन गरे । संयुक्त राष्ट्रसंघका तर्फबाट एसिया प्रशान्त क्षेत्र ३५ मुलुकको आर्थिक सल्लाहकारको जिम्मा पाउँदा उनी पुगनपुग २० मुलुक पुगे । युएनडिपीको तीनवर्षे जागिरमा उनले समाजशास्त्र सिक्ने मौका पाएका हुन् । उनको अनुभवमा ुराष्ट्रसंघले सामाजिक न्यायलाई बढी महŒव दिन्छ तर साधनबारे उसको विश्लेषण गहकिलो छैन ।ु राष्ट्रसंघबाट समाजशास्त्र सिकेका खतिवडाको अर्थशास्त्रले राष्ट्रसंघको नीतिमा रहेको सो खाली ठाउँ पूर्ति गर्न सहयोग गर् यो । राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म भएका डा। खतिवडा भन्छन् ुयोजनाकार बन्न अर्थशास्त्रीले अनिवार्य रुपमा सामाजशास्त्र बुझ्न आवश्यक छ ।ु अर्थशास्त्री सामाजशास्त्री मात्र नभई दर्शनशास्त्री बन्न आवश्यक देखिएको उल्लेख गर्दै उनी भन्छन् ुहामी नेपाली भने अर्थशास्त्रको कोरा सिद्धान्तको कुरा गरेर बसिरहन्छाँै अनि तिनै अर्थशास्त्री ठूला योजनाकार भनेर गनिन्छन् ।ु विकासका लागि अर्थशास्त्र फाउन्डेसन कोस्र मात्र हो भन्ने उनको विश्वास छ । न अर्थशास्त्रले मात्र विकास गर्न सक्छ न त समाजशास्त्र एक्लैले । ुअर्थशास्त्रले तर्कविहीन कुरा गर्न दिँदैन । समाजशास्त्र पढेर साधन र स्रोत कहाँबाट आउँछ भन्ने थाहा नहुँदा व्यावहारिक पक्षमा पुग्न सकिँदैनु उनको कथन छ ुअर्थशास्त्रीमा मानवसंवेदना हुँदैन । जब दुईवटाको संयोजन हुन्छ त्यो व्यक्ति मात्रै व्यावहारिक योजनाकार हुन्छ ।ु अब आपुनो प्रत्यक्ष जिम्मेवारी वित्तीय क्षेत्रको सुपरीवेक्षण मात्र भए पनि परामर्शदाताका रुपमा सरकार र राष्ट्रिय योजना आयोगलाई निरन्तर सहयोग गर्ने उनको उद्देश्य छ ।
०१३ साउन ३० गते दुर्गम ताप्लेजुङको लिम्बू बाहुल्य गाउँ फुङलिङमा किसान परिवारमा जन्मिएका खतिवडाले ब्राह्मण चलनअनुसार अक्षर चिनेपछि धर्मशास्त्र अध्ययन सुरु गरेका थिए । साथै उनले औपचारिक शिक्षा पनि लिन थाले । स्थानीय स्कुलमा प्राथमिक शिक्षा रुख र सानो कटेरोमुनि दुःख-सुखले छिचोलेका खतिवडाले गभर्नर बन्दासम्म भड्किलो र विलासी जीवन बिताएका छैनन् । काठमाडौंको विशालनगरमा उनको घरको पहिचान हो- वरिपरिका तुलनामा सबैभन्दा सानो र सजावट नभएको पुरानो घर । उनले घरमा नोकर-चाकर राखेर सुखसयल भोग गरेका छैनन् । जिम्मेवारी लिएपछि समाजमा परिवर्तनको छाप पार्नुपर्छ भन्ने उच्च विचार लिएका उनको जीवन भने निकै सादा छ । 

सात कक्षा उत्तीर्ण गरेपछि खतिवडा परिवार तराईमा बसाइँ-सराइ सरेको थियो । ´ापाको बुधबारेबाट उनले ०२८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । प्रथम श्रेणी आउँछ र विज्ञान पढेर डाक्टर बनुँला भन्ने आकांक्षु उनमा रहेछ तर एसएलसीमा केही अंकले प्रथम श्रेणी पुगेन । निम्न-मध्यमवर्गीय भएकाले कृषिमा लाग्नुपर्ने बाध्यताले गर्दा उनको परिवारमा उनीबाहेक कसैले प्रवेशिकासम्म अध्ययन गर्ने अवसर पाएनन् । युवराजले पढेर जागिर खाने र भाइले खेतीपाती हेर्ने घरसल्लाह भएअनुसार उनले एसएलसीसम्म पढ्ने सौभाग्य पाएका थिए ।
उनका सामु एसएलसीपछि कलेज पढ्ने कि नपढ्ने भन्ने दोधारे स्थिति फेरि आयो । आर्थिक अवस्था कमजोर थियो बुबाले अब खेतीको जिम्मा युवराजले लिनुपर्छ भन्ने सोच बनाए । उनीहरुको आठ बिघा खेत थियो जसमा आफैँले श्रम गर्नुपथ्र्यो । अनि युवराज मज्जाले खेत जोत्ने र उब्जनी बढाउने काममा लागे । त्यसैबीच ०२९ मा १७ वर्षको उमेरमा उनको विवाह भयो । सानै उमेरमा विवाह गर्नुपर्ने उनको बाध्यता थियो- आमा बिरामी भइरहने हुनाले घरायसी काममा सहयोगको खाँचो पूर्ति गर्न । १९ वर्षसम्मको उमेर उनले त्यसरी नै बिताए । त्यसपछि भने उनलाई उच्चशिक्षा पढ्ने इच्छा तीव्र भयो । घरबाट पूरा सहमति नलिई विद्रोह गरेर उनी निस्के । टाठो विद्यार्थी भएकाले उनले स्कुल पढ्दा नै ट्युसन पढाएर कमाएको केही पैसा बचत गरेका रहेछन् । त्यही पैसा बोकेर उनी भद्रपुरस्थित मेची क्याम्पस पुगे । उनी आइएको प्रवेश परीक्षामा प्रथम भए । उनलाई एसएलसीको नतिजामाथि शंका लागिरहेको थियो किनकि उनीभन्दा कमजोर विद्यार्थीको बढी अंक आएको थियो । आइए प्रवेश परीक्षापछि उनी आपुनो हाइस्कुल शिक्षा कमजोर रहेनछ भन्नेमा ढुक्क भए । तयारीविना नै प्रथम भएपछि उनमा पढेर केही गर्न सक्छु भन्ने आँट आएछ । आइए पढ्न उनले छात्रवृत्ति पाए । पछि घर सल्लाह पनि मिल्यो र घरबाट समेत आर्थिक सहयोग आउन थाल्यो । उनले साइन्स पढ्न नपाएपछि अंग्रेजी पढ्ने सोच बनाएका थिए । तर एउटा साथीले ुतिमीलाई हिसाब आउँछ अर्थशास्त्र पढु भनेछन् । डा। खतिवडा सम्´न्छन् ुसंयोगले तत्कालको पाँच मिनेटको निर्णयले म यो स्थितिमा आएको हुँ ।ु बिए पनि उनले सोही क्याम्पसबाट उत्तीर्ण गरे ।

एमए पढ्न अलि बढी पैसा चाहिने भएकाले उनको पढाइ फेरि दोधारमा पर् यो । उनले छात्रवृत्तिको रकम अलिअलि जोगाएर राखेका थिए । त्यतिखेरसम्म घरमा उनीबारे राम्रो कुरा पुगेपछि बुबाले पनि ु२÷३ वर्ष दुःख गर्छु तैंले पढ्ु भने । कीर्तिपुर त्रिविबाट उनी एमएमा भने दोस्रो भए उनलाई किशोर गुरुघरानाले जितेका थिए । उत्कृष्ट विद्यार्थीले स्वतः प्रध्यापनको जागिर पाउने व्यवस्थाअनुसार ०३८ मा उनले महेन्द्र मोरङ विराटनगरमा एमएसम्मलाई पढाए । यता राष्ट्र बैंकले पनि त्रिविमा पहिलो र दोस्रो हुनेलाई अस्थायी जागिरको आह्वान गर् यो । एक वर्ष प्राध्यापनपछि उनी राष्ट्र बैंक आए । सहायक अनुसन्धान अधिकृतमा अस्थायी नियुक्ति पाएका उनी प्रतिस्पर्धाबाट स्थायी भएका हुन् । उनले लोकसेवा आयोगबाट शाखा अधिकृतमा पनि नाम निकाल्न सफल भएका थिए । राष्ट्र बैंकमा पाँच वर्षको जागिरपछि पिएचडी गर्न उनी भारत गए । दिल्ली स्कुल अफ इकोनोमिक्सबाट तीन वर्षमा मौदि्रक अर्थशास्त्रमा पिएचडी गरे । उनी ०४८ ०५३ र ०५८ मा बढुवा भई कार्यकारी निर्देशकसम्म पुगे । ०५९ मा सरकारले उनलाई काजमा योजना आयोगको सदस्य बनाएको थियो । तीन वर्ष योजना आयोगमा काम गरेपछि उनी गभर्नरको सल्लाहकारका रुपमा राष्ट्र बैंकमा कार्यरत रहे । ०६२ मा राष्ट्र बैंकबाट अवकाश पाएपछि उनी संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षँेत्रका लागि आर्थिक सल्लाहकारका रुपमा विश्वव्यापी प्रतिस्पर्धाबाट छानिए ।



राजनीति र खतिवडा

सात कक्षा पढ्दादेखि नै उनलाई समाजको वातावरणले प्रगतिशील विचारधारातर्फ डोर् याइसकेको थियो । उनी सोही विचारधारामा अडिग छन् तर सकि्रय रुपमा राजनीतिमा कहिले पनि लागेनन् । संयोगको कुरा ०३६ ०४६ र ०६२ का आन्दोलनमा उनी काठमाडौंमा रहेनन् । जनमतसंग्रह हुँदा उनी हुम्लामा जनआन्दोलन हुँदा भारतमा र जनआन्दोलन-२ हुँदा श्रीलंकामा थिए । ०४६ को आन्दोलनअघि मनमोहन अधिकारी र आन्दोलनपछि मदन भण्डारीसँग उनको भेट भएको थियो ।


गभर्नरको चर्चा

उनी नेकपा एमालेको तेस्रोपटकको सिफारिसमा मात्र गभर्नर बन्न सफल भएका हुन् । अहिले पनि उनी सहजै गभर्नर भएनन् । एमालेले उनलाई गभर्नर बनाउन कांग्रेसका विभिन्न सर्त मान्नुपरेको छ । तत्कालीन कांग्रेस प्रजातान्त्रिक र एमाले गठबन्धन सरकारको वेला प्रधानमन्त्री शेरबहादुर देउवाले आपुूमाथि अन्याय गरेको खतिवडा बताउँछन् । पछि माओवादी र एमालेको गठबन्धन सरकारको पालामा विजयनाथ भट्टराईलाई पदमुक्त गरिएपछि एमालेले उनलाई गभर्नर बनाउने प्रयास गर् यो । तर अर्थमन्त्री डा। बाबुराम भट्टराईले नमानेपछि उनी कोलम्बो फर्किए । राष्ट्रसंघको जागिरमा धेरै समय नबिताउने बरु नेपाल आएर कुनै संस्थामार्फत काम गर्ने इच्छा जागिरहेका वेला उनलाई प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्ष बनाए । पुनः गभर्नर विजयनाथ भट्टराईको पदावधि सकिएपछि प्रधानमन्त्री नेपालको पहलमा उनी गभर्नर नियुक्त भए । ुम पहिलोपटक साँच्चै गभर्नर हुन चाहेको थिएँ दोस्रो र तेस्रोपटक मेरो उत्कट इच्छा होइनु उनी भन्छन् ुदोस्रोपटक पहिले अन्याय परेको हुनाले क्षतिपूर्ति दिने भन्ने कुरा आएको थियो भने अहिले पनि गभर्नर नियुक्ति हुने दिनसम्म म आगामी योजनाको मस्यौदा निर्माणमा व्यस्त थिएँ ।ु

०५१ मा एमाले सरकारले बनाएका योजनामा डा। खतिवडाको योगदान थियो जुन योजना अहिलेसम्म मुलुक सुहाउँदो विकास मोडलको रुपमा चर्चा हुने गर्छन् । उनी निर्माण आयोजना हेरेर योजना असफल भयो भन्ने निष्कर्षसँग सहमत छैनन् । ुसामाजिक विकासको पाटोलाई नहेरी सडक र हाइड्रोपावरको कुरा मात्र हेरेर विकासको मूल्यांकन हुन सक्दैनु खतिवडा भन्छन् ।

नेपालको निजी क्षेत्रलाई हेर्ने उनको दृष्टिकोण दातृ निकायसँग धेरै अन्तर छ । उनी भन्छन् ुदातृ निकायले उनका देशमा दुई सय वर्ष इतिहास बोकेको निजी क्षँेत्रको कुरा ल्याएर यहाँ जोड्न मिल्दैन ।ु यहाँ निजी क्षेत्र भर्खर उदाउँदो र अपरिपक्व चरणमा रहेको उनको निष्कर्ष छ ।



साहित्य रुचि

टेबलमा बसेर कहिल्यै नपढ्ने उनको बानी छ । ‘बेडमै बसेर पढ्छु,’ उनी भन्छन् । नेपाली लोकगीत मन पराउने खतिवडालाई बद्री पंगेनीको ‘जनताको लोकतन्त्र आएको छैन है’ भन्ने गीत मन पर्छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका समाजलाई सन्देश दिने सिरियल पनि उनले हेर्ने गरेका छन् । उनले रुचाएका नेपाली लेखकमा कर्ण शाक्य, जगदीश घिमिरे, स्वर्गीय बिपी कोइरालालगायत हुन् । चर्चित व्यक्तित्वका आत्मवृत्तान्त बढी पढ्ने उनको कविता र खण्डकाव्य अध्ययनमा पनि उत्तिकै रुचि छ । भूपि शेरचनको कविताबाट प्रभावित खतिवडाले पनि केही कविता त लेखे, तर प्रकाशन गरेनन् ।

पुरस्कार पाउने उद्देश्यले कविता लेखेका खतिवडाले पहिलो कविताबाट भने कुटाइ र गाली खानुपरेको थियो । आठ कक्ष्ाँमा संस्कृत पढाउने गुरुले खराब काम गर्नेमाथि आप्mनो विचार लेख्न भनेछन् । सात कक्षाबाटै प्रगतिशील विचारबाट प्रभावित उनले आप्mनै स्कुलका शिक्षकको तास खेल्ने र रक्सी खाने बानीप्रति ‘म रुचाउन्न“’ शीर्षात्मक कविता लेखे । कतिखेर नाम बोलाऊलान् र कविता वाचन गरौ“ला भनेर पर्खेका उनको सबै प्रतियोगीको पालो सकि“दा पनि नाम बोलाइएन । त्यसबारे शिक्षकस“ग कविताबारे जिज्ञासा राखेपछि उनलाई कार्यालयमा लगियो । ‘त्यसपछि त्यहा“ मलाई हात थाप् भन्दै काठको चिर्पटले दुईपटक पिटे र हाम्रोबारे कविता लेख्छस् भनेर माफी मगाए । त्यसपछि धेरै समय कविता लेखिन“,’ उनी सम्झिन्छन् । उनलाई जीवनमा पहिलो र अन्तिमपटक शिक्षकले पिटेको त्यही वेला हो ।

Saturday, April 10, 2010

अरु जहाँबाट पछि हटॆ त्यहीबाट अघि बढे राजेशबाबु

रमेश घिमिरे
 

सामान्यतयाः उद्यमीले उत्पादनका लागि कच्चापदार्थको सहज आपूर्ति र सहज बजार खोज्छ । पूर्वअध्ययनमा यी दुई अवस्था नपाए उद्यमीले लगानी गर्दैन । तर नयाँ क्षेत्रमा हात हाली सफलता पाउँदै आएका युवा उद्यमी राजेशबाबु श्रेष्ठको हकमा यो मान्यता लागू हुँदैन ।

नेपालमा पाउडर दुध उत्पादन उद्योग खोलेमा राम्रो बजार पाइने देखेका उनले दुध किसान र देशभर व्यापारको पनि केन्द्र चितवनलाई अध्ययनको केन्द्र बनाए । त्यहाँ किसानहरु पशुपालनमा आकर्षित हुनुको साटो युवापुस्ता आयआर्जनका लागि विदेसिने क्रम बढेको र गाउँमा दुध उत्पादन गर्ने क्रम घटेको उनको अध्ययनले देखायो । सामान्यतयाः यस्तो दृश्य अघि आएपछि लगानीकर्ता पछि हट्छ किनकि उसलाई कच्चा पदार्थको आपूर्ति महँगो पर्न जान्छ ।

अन्य लगानीकर्ताले जुन बिन्दुबाट लगानी नगर्ने सोच निकाल्छन् राजेशबाबुले त्यही बिन्दुबाट लगानी गर्ने सोच निकाले । ुकेही वर्षअघिसम्म दैनिक साढे तीन लाख लिटर दुध उत्पादन गर्ने किसानले पेशा छोड्दै गएपछि दुध उत्पादन घटेछंु उनले भने ु किसानको समस्या नै हाम्रो सम्भावना बन्यो ।ु

राजेशबाबु पाउडर दुध उद्योग खोल्ने अध्ययन गर्न चितवन पुग्दा अन्य उद्यमीले उनलाई अर्काे प्रसंगमा पनि उल्लाएछन् । चितवनमा स्थानीय निकाय र उद्योगी मिलेर पाउडर उद्योग खोल्ने प्रयास पहिल्यै गरेका रहेछन् । त्यो प्रयासलाई तत्कालीन प्रधानमन्त्रीले शिलयान्स गरेर विश्वास बढाइ दिएका रहेछन् । तर प्रधानमन्त्रीकले शिलयान्स गरेको आयोजना एक कदम अघि नबढेपछि नेपालमा धुलो दुध पुयाक्ट्री खोलेर साचालन गर्न सकिन्छ भनेर विश्वास गर्ने कोही बाँकी भएनन् । श्रेष्ठ सम्झिन्छन् ुचितवनका स्थानीय उद्योगीले मलाई सरकारले चाहँदा त परियोजना बनॆन सबै किसानले गाइ-भैंसी बेचिसके कसरी चलाउनुहुन्छ उद्योग भनेर अविश्वास गरे ।ु तर उनले हरेस खाएनन् आँट गरे ुपहिलो प्रेरणा किसानको समस्याबाट मिलेको थियो दोस्रो प्रेरणा अरु उद्यमीको निराशाबाट मिल्यो ।ु अनि सरकारले गर्न नसकेको हुनाले आपुूले झन गर्नुपर्छ भन्ने जोश उनमा आयो ।

उनले सोचे ुनेपालमा विदेशबाट पाउडर ल्याएर दुध बनाउने गरिएको हुनाले यहीं उत्पादन गर्न सके बजारको समस्या नै छन र किसान पनि आम्दानी नभएको हुनाले विदेसिएका हुन् । तिनीहरुलाई विदेशमा भन्दा बढी आम्दानी गर्ने बाटो देखाइदियो भने यही बस्छन् ।ु त्यसपछि उनी किसानको आम्दानी बढाउने जुक्ति जुराउन पट्टि लागे । ुहामीले दुध किनिदिन्छौं उन्नत जातका गाइभैसी पालेर दुध उत्पादन गर्नुस्ु भन्दैमा किसानले विश्वास गर्ने अवस्था छैन । बिक्री नभएर सडकमा दुध पोखेको पीडा किसानले बिस्रेका छैनन् । अर्काेतर्फ विदेश गएर तुरुन्त आम्दानी हुने ठाउँमा गाइवस्तु पालेर कहिले आम्दानी हुने विदेश जान गाउँघरमै ऋणधन गर्न सकिन्छ तर उन्नत जातका महँगा गाइभैसीं पाल्न कसले ऋण दिने राजेशबाबु किसानका यावत समस्या हल गरेर अघि बढ्न दृढ थिए । ५७ करोड रुपैयाँ लागतको उद्योग खोल्नुअघि उनले ४० लाख रुपैयाँ किसानको क्षमता अभिवृद्धि गर्न र सचेतना फैलाउन खर्चिसके । विदेशबाट उन्नत जातका वस्तु ल्याएर किसानको हातमा थमाउन उनी अफै प्रयासरत छन् । ुभारतमा गाई निर्यात प्रतिबन्ध गरिएको रहेछ त्यसैले चीनबाट ल्याउने प्रयास भइरहेको छु उनले सुनाए । उनले अहिले किसानलाई बिनाब्याज ऋण दिएर सशक्तीकरण गरिरहेका छन् । पछि किसानले पुयाक्ट्रीलाई दुध उपलब्ध गराएर त्यो ऋण चुक्ता हुने सहज उपाय उनले निकालेका छन् । त्यत्तिमात्र होइन कम्पनी नाफामा गएपछि किसानलाई समेत कम्पनीको मालिक बनाउन सेयर बिक्री गर्ने योजना उनले बनाइसके । ुकिसानले दुध बेचेको आम्दानी मात्र होइन कम्पनीले गरेको नाफाको हिस्सा पनि पाउनुपर्छ र कम्पनी आपुनै ठानेर पशुपालनमा लागून् भनेर यस्तो निर्णय गरेको होु उनले प्रस्ट पारे । १५ प्रतिशत सेयर किसान दिने गरी उनले चितवन मिल्क प्राइभेट लिमिटेड लाई लिमिटेड अर्थात पब्लिक कम्पनीमा रुपान्तरण गरिसकेका छन् । सुरुमा उनले कम्पनीमा आफैं मालिक बन्ने सोच बनाएका भए पनि किसानको अवस्था र कम्पनीको भविष्य हेरेर समयानुकूल परिमार्जन गर्ने निर्णय गरेका हुन् । ुकिसानका छोरा पलायन नहोउन् भनेर हामीले कृषिलाई व्यावसायीकरण गर्ने योजना अघि सार् यौं भने उद्योगको पनि मालिक बनाउने उदेश्यले दुध बिक्रेतालाई सेयर दिने निर्णय गर् यौंु उनले ठोस कुरा बताए ।

अहिले मुलुकमा दैनिक साढे चार लिटर दुधको व्यावसायिक कारोबार हुने गरेको छ । दैनिक डेढ लाख लिटर दुधबाट १५ टन पाउडर उत्पादन गर्ने चितवन मिल्कले त्यो साढे चार लिटरबाट कत्ति पनि दुध नलिई पुयाक्ट्री संचालन गर्ने योजना बनाएको छ । त्यसका लागि व्यावसायिक प्रयोगमा नआएको अहिले उत्पादन भइरहेको दुध र थप उत्पादन गरिने दुधमा निर्भर रहने कम्पनीको योजना छ । ुअहिलेका डेरीले आपुनो कच्चा पदार्थ घट्ला भनेर नडराए हुन्छ हामी स्वदेशी साथीको बजार खोस्न आएका होइनौं हामी त आयात प्रतिस्थापन गर्न र किसानको जीवनस्तर उकास्न मात्र आएका हौंु राष्ट्रियता झल्काउन खोजेजस्तै गरी राजेशबाबुले लामो वाच्य बोले । उनले अघि थपे ुहामीले चितवनका छिमेकी जिल्ला धादिङ गोरखा लमजुङ बारा मकवानपुर नवलपरासी र रुपन्देहीका किसानलाई सशक्तीकरण गरी थप दुध उत्पादन गर्ने उदेश्य लिएका छौं ।ु

सुरु वर्षमै उद्योग पूर्ण क्षमतामा संचालन गरेर अरुको बजार खोस्ने र तुरुन्तै मुनाफा कमाउने उनको सोच छैन । भन्छन् ुकिसानले दुधको उत्पादन जुन मात्रामा बढाउँदै लैजान्छन् त्यही अनुपातमा पाउडरको मात्रा बढाइदै लगिनेछ ।ु सुरु वर्ष दैनिक ३५ हजार लिटर दुध किन्ने दोस्रो वर्ष ६० हजार लिटर किन्ने र तेस्रो वर्षदेखि ७५÷८० प्रतिशत क्षमतामा उद्योग संचालन गर्ने योजना रहेको उनले जनाए । ुत्यसपछि मुनाफा हुन थाल्छु राजेशबाबुले भने ुबैंकको ऋण तिरिसक्न त ७ वर्ष कुनुपर्ने अनुमान छ ।ु

आज लगानी गरेर आजै मुनाफा गर्ने निश्चित भएका विभिन्न क्षेत्र छोडर कृषि उद्योगमा लगानी गर्न बैंकका लागि अनिवार्य थिएन किनकि ऋणी खोज्न बैंकले विज्ञापन गर्नुपर्ने अवस्था छैन निक्षेप खोज्नमात्र हो । राजेशबाबुले आपुनो योजना ७ वटा बैंकमा पेश गरे । उनको योजनालाई ३ वटा बैंकले पत्याए र ७० प्रशित कर्जाको सम्झौता गरे । चितवन मिल्कमा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू र नेपाल बैंक लिमिटेडले ऋण दिन तयार भएका हुन् । कम्पनीले केही हप्ताभित्रै पाउडर दुध बजारमा ल्याउने जनकाएको छ जसको ब्रान्ड नेम अझै टुंगो लगाइएको छैन ।

प्राविधिक क्षमता भएको सरकारी कम्पनी दुग्ध विकास संस्थानको ११ प्रतिशत सेयर रहेको चितवन मिल्क लिमिटेडले ३० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने प्रतिवद्धता जनाएको छ जसमध्ये १५ प्रतिशत किसानको हिस्सा रहनेछ ।

(नयाँ पत्रिका दैनिक २०६६ फागुन ८ मा प्रकाशित)

निक्षेप बढाउने उपाय

रमेश घिमिरे

बैंकहरुमा अपेक्षित निक्षेप नथपिएपछि तरलता समस्या उत्पन्न भयो र निक्षेप बढाउने उपायबारे अहिले बहस चलिरहेको छ । आर्थिक वर्ष ०६६/०६७ को पुस मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकमा नेपाली निक्षेप ५ प्रतिशतले वृद्धि भएको छ । तर यो अवधिमा बैंकले १६ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

मुद्रा प्रदायको विस्तार उल्लेख्य हुनु तर बैंकमा पर्याप्त तरलता नहुनुले बैंकबाहिर पैसा रहेको स्पष्ट भएको छ । टोलटोलमा बैंकको उपस्थिति भएर पनि बैंकमा पैसा नआउनुको कारण गम्भीर ढंगले सोच्नु आवश्यक छ ।

निक्षेप नबढ्नुमा कुनै एक मात्र कारण जिम्मेवार मान्न सकिन्न । वाणिज्य बैंकले दिने निक्षेप ब्याजदर मूल्यवृद्धिको तुलनामा अत्यन्तै कम भएको हुनाले सर्वसाधारणले बैंकमा पैसा बचत गर्न हिच्किचाएको वास्तविक हो । तर ठूलो पैसा कसैले पनि निस्क्रिय राख्दैन । सित्तैमा कमाएको ठगेर गैरकानुनी तरिकाले कमाएको पैसा भने ठूलै रकम भए पनि कुनै अवधिसम्म निस्क्रिय राखिएको हुनसक्छ ।

बैंकमा पैसा राख्दा कम ब्याज पाइने भएपछि अनौपचारिक अर्थात् व्यक्तिले व्यक्तिलाई महँगो ब्याजदरमा ऋण दिने प्रवृत्ति बढ्छ । बजारमा ऋण दिँदा ३६ प्रतिशत ब्याज पाइन्छ र बैंकमा जम्मा गर्दा ६ प्रतिशत पाइन्छ भने पैसा भएको मानिसले पहिलो विकल्प रोज्न सक्छ ।

यसैगरी बैंकले थोरै ब्याज दिएपछि मानिस सहकारी संस्थामा आकर्षित हुन्छन् । त्यसैले बैंकले सहकारीको तुलना गरी ब्याजदर बढाएर निक्षेप आकर्षित गर्न सक्छन् ।

निक्षेप बढाउने अर्काे उपायको रुपमा नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरुको सहमतिमा कर्जा नीति खुकुलो पार्नुपर्छ । विगतमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट बलियो धितोमा ऋण प्रवाह नगरेका कारण खराब कर्जा बढेको निष्कर्ष निकाली राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा बलियो धितो राख्नुपर्ने व्यवस्था गरेको छ । अधिकांश मानिसले पैसा भएका वेला निक्षेप राख्ने र काम परेका वेला ऋण लिन चाहन्छन् । त्यस्ता ग्राहक तान्न बैंकले कर्जा नीति खुकुलो राख्नुपर्छ । सुविधासम्पन्न ठाउँमा रहेको घरजग्गा धितो नभई कर्जा नदिने नीतिले त्यस्ता ग्राहक बैंकले आकर्षित गर्न सक्दैन ।

उदाहरणका लागि सबैभन्दा बढी जनघनत्व र आर्थिक कारोबार भएको क्षँेत्र काठमाडौं हो । सबैभन्दा बढी ऋणको आवश्यकता जसलाई हुन्छ उसले बैंकबाट ऋण पाउँदैन । व्यापार व्यवसाय गरेर सफल हुने अधिकांश मानिस राजधानीबाहिरबाट आएका छन् । किराना पसल हार्डवेयर पसल लुगा पसलदेखि ठूला व्यापार गर्नेसम्म र स्कुल÷कलेज साचालक राजधानीबाहिरबाटै आएका छन् । उनीहरु बैंकबाट ऋण लिएर मुनाफा गरी ऋण चुक्ता गर्न सक्षम छन् । तर बैंकले यहीँको घरजग्गा धितो नराखी ऋण नदिने हुँदा त्यस्ता लाखौँ व्यक्ति बैंकका ग्राहक बन्न मान्दैनन् । उनीहरुले सहकारीबाट ऋण लिन्छन् र बचत पनि त्यसमै गर्छन् । सहकारीमा महँगो ब्याज भएर पनि उनीहरुले चुक्ता गर्न सकेका छन् भने बैंकको नतिर्ने सम्भावना छैन ।

वासलात र परियोजना हेरेर बैंकले ऋण दिने नीति खुकुलो हुनुपर्छ । यसरी ऋण दिँदा पहिलेजस्तो जोखिम छैन । कर कार्यालयले नयाँ प्रविधि लागू गरेर व्यवसायीलाई पारदर्शी हुन बाध्य पार्दै गएको छ दर्तावाल लेखापरीक्षकले गर्ने लेखापरीक्षण चार्टर्ड एकाउन्टेन्टले विस्थापन गर्दै गएका छन् । लेखापरीक्षक तथा चार्टर्ड एकाउन्टेन्टको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थामार्फत् लेखापरीक्षकलाई बफादार बनाउन पहल गर्दै कर्जा प्रवाह गर्दा वासलातप्रतिको विश्वास बढाउँदै लैजान आवश्यक छ ।

उद्योग÷व्यापार गर्न चाहने व्यक्ति पनि पहिलेको तुलनामा बढी व्यावसायिक बन्दै गएका छन् । त्यसैले पहिलेको तुलनामा अबका परियोजना असफल हुने सम्भावना कम देखिन्छ । परियोजनाको सफलतामा हुँदै गएको परिवर्तनलाई बैंकहरुले आपुनो कर्जा नीतिमा पनि ुरिपुलेक्टु गर्नुपर्छ ।

१० लाख रुपैयाँभन्दा बढी बैंकमा जम्मा गरेको पैसाको स्रोत देखाउनुपर्ने र गैरकानुनी आर्जन गरेको भए छानबिन हुने नियमका कारण पनि निक्षेप घटेको दाबी गरिएको छ । आतंकवादी काममा पुँजी उपयोग नहोस् र कसैले पनि अबैध सम्पत्ति शुद्धीकरण गर्न नपाओस् भनेर विश्वभर लागू गरिएको एन्टी मनी लाउन्डरिङ ऐनअन्तर्गत यो व्यवस्था गरिएको हो । गैरकानुनी रुपले कमाएको पैसा बैंकमा नआएको हुनाले बैंकमा तरलता समस्या हल गर्न नियम खुकुलो पार्नुपर्छ भन्ने माग जायज देखिँदैन । बैंकले बैध पैसाबाटै तरलता व्यवस्था गर्नुपर्छ ।
सरकारले एन्टी मनी लाउन्डरिङ ऐन कार्यान्वयन गर्ने क्रममा सन्तुलन कायम गर्न नसकेका कारण निक्षँेप आउन नसकेको हो । सरकारले स्रोत खोज्ने नियम खुकुलो पारेर होइन अन्य नियम कडा पारेर निक्षँेप बढ्ने वातावरण सिर्जना गर्नुपर्छ । बैंकमा अबैध पैसा राख्दा छानबिन हुन्छ भने डर धेरैलाई छ तर घरमा राखेमा छानबिन हुँदैन भन्ने विश्वास छ । सरकारले अबैध सम्पत्ति जहाँसुकै भए पनि छानबिन गर्नुपर्छ । अहिले त जो औपचारिक क्षेत्रमा आएको छ त्यसलाई कडाइ गर्ने तर अनौपचारिक क्षेत्रलाई वास्ता नगर्ने सरकारी प्रवृत्ति देखिएको छ ।

बैंकको निक्षेपसँगै अन्य वस्तुको खरिदजस्तै जग्गा घर गाडी कम्पनी आदिमा पनि १० लाख रुपैयाँभन्दा बढीको स्रोत देखाउनुपर्ने नियम छ । त्यसैले बैंकमा निक्षेप नराख्दैमा गैरकानुनी धनले मान्यता पाउँछ भन्ने छैन ।

सरकारले सरकारी निकायमा अभिलेख रहने कारोबारमा यसरी कडाइ गरेपछि मानिसले ती चरणमा प्रवेश नगरी पुँजी पलायन गराएका छन् । सरकारले त्यसमा भने कुनै नियन्त्रण गरेको छैन । विदेशबाट आएका कामदारको डलर गल्लीगल्लीमा साट्ने बजार तथा बैंकबाट समेत भारु संकलन गर्ने अनि त्यसलाई विदेश पुर् याउने क्रम जारी छ । तर यसलाई रोक्न सरकारले कुनै चासो देखाएन । ठूलो अंकको नेपाली मुद्रा सरकारी जानकारी नहुने गरी राख्ने र विदेशी मुद्रामा साट्ने अवसर मिलेपछि विदेश लैजाने क्रम जारी नै छ ।

सरकारले औपचारिक क्षेत्रमा मात्र कडाइ गरेका कारण औपचारिक अर्थतन्त्रको आकार घट्दै र अनौपचारिक तथा अबैध अर्थतन्त्रको आकार बढ्दै गएको छ । नियम लागू नहुने क्षेत्रको आकार आधाभन्दा ठूलो भएपछि जेजस्ता नियम लगाए पनि अपेक्षित सुधार हुन सक्दैन ।

अनौपचारिक वा अबैध रुपमै निक्षेप संकलन र कर्जा प्रवाहको परिमाण अझै पनि ठूलो छ । ढुकुटी खेल्ने स-सानो रकम अरुबाट ऋण लिने र ठूलो रकम बनाएर केही महँगो ब्याजमा घरबाटै ऋण दिने कारोबार ठूलो परिमाणमा हुने गरेको छ । त्यसैले सरकारी निकायले आपुनो अभिलेखमा दर्ता हुन आउने कारोबार रकमको अनुगमन गर्न सुरु गर्नुअघि अनौपचारिक वा अबैध कारोबारको अनुगमन गर्नुपर्छ । त्यसो गरेपछि अबैध पैसालाई कर तिरेर बैध बनाउन मानिस बाध्य हुन्छन् र बैंकमा निक्षेप बढ्ने सम्भावना पनि बढ्छ ।
(नयाँ पत्रिका दैनिक २०६६ फागुन २६ मा प्रकाशित)

गल्फर प्रदीप

 रमेश घिमिरे

बिजनेसका लागि विदेश जाँदा एयरपोर्टमा उत्रिन नपाई त्यहाँको गल्फ कोस्र कहाँ र कस्तो छ भनेर खोजी सुरु गर्छन् उनी । त्यसपछि बिजेनस पार्टीसँगको भेट ।

मुलुकको अग्रणी व्यावसायिक घराना पाचकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठको परिचय छिनछिनका मिटिङ भाषण एवं नयाँनयाँ बिजनेस क्याम्पेनमा मात्र पूर्ण हुँदैन । साथसाथै उनी हुन् सफल गल्फर । गल्फ भनेपछि हुरुक्क हुने व्यवसायी । व्यस्तताको बीच फुस्रद निकालेर गल्फकोस्रतिर हानिइहाल्ने । ुगल्फ तर मेरो नशा नै होु सुनाउँछन् उनी । प्रदीपका समकक्षी भन्छन् ुप्रदीप लङ हिटर हो ।ु उनी काठमाडौं रहदाँ हरेक शनिबार गोकर्ण गल्फ कोस्रमा बित्ने गरेको छ ।

विदेश उत्रनेबित्तिकै गल्फकोस्रबारे चासो राख्ने मात्र होइन एक चरणको बिजनेस भेट सकिएपछि त्यहाँको कोस्रको स्वाद लिन पुगिहाल्छन् उनी । ु१५ देशका गल्फ कोस्रमा खेलिसकेको छु उनले सुनाए ुसकेसम्म विश्वका सबै कोस्रमा एकपटक खेल्न पाए हुन्थ्यो भन्ने लाग्छ ।ु गल्फ विश्वभर बिजनेस पस्रनले खेल्ने खेल हो । त्यसैले कोस्रमा पनि प्रदीपले होटलमा भेट्ने एक्जुकेटिभपस्रनलाई नै भेट्छन् । ुमेरो बिजनेसमा गल्फले धेरै सहयोग पुर् याएको छु उनी भन्छन् ुगल्फकै कारण विश्वभर मेरा असल मित्र बनेका छन् र उनीहरुसँग व्यापार साझेदारी गर्न सजिलो भइराखेको छ ।ु

नेपाल उद्योग वाणिज्य महासंघलाई भावनात्मक एकतामा बाँध्न महत्वपूर्ण भूमिका खेलेका पूर्वअध्यक्ष श्रेष्ठ स्कुल पढ्दादेखि नै खेलकुदमा मरिहत्ते गर्थे । २०१६ मा जन्मिएका उनी स्कुल र कलेज पढुन्जेल फुटबल खेलाडी रहे । आफ्नो समूहको क्याप्टेन थिए उनी फुटबलमा । तन्नेरी हुँदै जाँदा विस्तारै गल्फको लत बस्यो । व्यवसाय उनको पुख्र्यौली पेसा हो । ुव्यवसायमा हात हाल्नुपरेपछि फुटवलका लागि समय कम हुन थाल्योु उनले सुनाए ुत्यसपछि विकल्पको खेलको खोजीमा लागेँ ।ु

फुटबल छोडेर केही समय स्क्वास पनि खेले उनले । तर त्यसले हात दुख्न थालेपछि डाक्टरको सल्लाहले छाडिदिए । सानो बल भित्तामा हान्दै खेल्ने स्वाक्सका लागि धेरै स्टामिना चाहिने उनी बताउँछन् । डाक्टरले चार महिना नखेल्न भनेको थियो । दुई महिना त पर्खिए । तर त्यसपछि मन मानेन । ुस्क्वास खेलौं फेरि हात दुख्ला भन्ने डर नखेलौं खेल्ने बानीको तलतलु उनले स्मृति सुनाए ुत्यही बेला एक मित्रले बिजनेस पस्रनका लागि गल्फ उपयुक्त हुन्छ भनेर सल्लाह दिए ।ु

खेलकुदप्रति पहिल्यैदेखि रुचि भए पनि उनले गल्फर हुने लक्ष्य राखेका थिएनन् । ुपहिले-पहिले म अरुले गल्फ खेलेको देखेर हास्थँे कस्तो काम नभएको मान्छे होलाु उनले रोचक अनुभव खोतले ुदिनभर एउटा बलको पछि लाग्ने भनेर मलाई हाँसो उठ्थ्यो ।ु

गल्फको लत बस्नुमा पनि उनलाई विदेशका व्यापार साझेदारसँगको एक घटना काफी बन्यो । व्यापारको सिलसिलामा सन् १९९३ मा िसंगापुर गएका बेला साझेदारले ुफुसर्दका बेला के गर्छाै ु भनेर सोध्दा उनले केही नगर्ने जवाफ दिए । त्यसपछि साझेदारकै आग्रहमा त्यहाँको गल्फ कोस्र छिरेको श्रेष्ठ सुनाउँछन् । अनुभव नै नभएको खेल फेर अरुले खेलेको देख्दा पनि हाँसो उठ्ने तैपनि साथीले भनेपछि गल्फकोस्र छिरे उनी । ुतर पहिलोपटकमै सोच्दै नसोचेको सफलता हात लाग्योु उनले भने ुकोस्रमा गएर प्राक्टिस गर्दा त्यो अनुभवी साथीको भन्दा लामो बल हानेँ ।ु २ सय यार्ड अर्थात् ६ सय फिट दूरी हानेको देखेर साथी छक्क पर्दै साथीले ुतिमी त अनुभवी रहेछौ नि ु भने । त्यही सफलताले उनलाई बदल्यो र आज व्यवसायी मात्र नभएर झन्डै व्यावसायिक स्तरको गल्फर पनि बनायो ।

ुकाठमाडौं आएपछि मसँग खेल्ने साधन पनि थिएनु उनले भने ुअनि साथीसँग गएर खेल्न थालँे ।ु रुचि बढ्दै भएपछि एक÷डेढ वर्षमै उनको गेम निकै इम्प्रुभ भयो गाह्रो पनि भएन । ुत्यसपछि म गल्फ कहिले खेल्न पाउँला भनेर हुरुक्कै हुन थालेँु अनुभव सुनाए उनले ुशनिबार कहिले आउला र खेल्न पाइएला भनेर कुतकुती लाग्न थाल्यो ।ु उनी काठमाडौंमा हुँदा दैनिक एक÷डेढ घन्टा खेल्ने गर्छन् शनिबार भने गल्फकै दिन हो । ुशनिबार गल्फ कोस्रमा मोबाइल बजे पनि सकभर रिसिभ गर्दिनँु उनले खेलप्रतिको प्रतिबद्धता जनाए ुत्यो दिन अन्य कार्यक्रममा कसैले बोलाए पनि आउन नसक्ने बताउँछु ।ु विभिन्न प्रतियोगितामा उनले धेरै ट्रफी पनि जितेका छन् । वर्षमा कम्तीमा एकपटक विदेश जाने प्रदीप त्यहाँ एकपटक नखेली फर्कनुपर्ने बाध्यता भए निकै खिन्न हुन्छन् ।
जापान र दक्षिण कोरियामा त शैक्षिक योग्यतापछि कम्प्युटर ज्ञानजस्तै गल्फ जानेकालाई प्राथमिकता दिने चलन रहेको उनले सुनाए । नेपालमा पनि गल्फको विकासलाई ध्यान दिनुपर्छ भन्ने उनको माग छ । ुअसमझदारी भएका ठूलाठूला राजनीतिक मुद्दा पनि गल्फ कोस्रमा सल्टिने गरेका छन्ु गल्फको महत्व खेलमा सीमित नभएको दाबीसहित उनले बखान गरे ुहरियालीमा हिँड्दै कुरा गर्दा मानिसको दिमाग खुला हुन्छ । यसले मानिसको चरित्र रिपुलेक्ट गर्छ उसलाई कन्ट्रोल र अनुशासित बनाउँछन् ।ु

उनी नेपाल गल्फ एसोसिएसनमा २००७-०८ मा अध्यक्ष पनि भए । ुगल्फमा दुःखलाग्दो कुरा भनेको लिप्त भएपछि समय बितेको पत्तो नपाउनु होु उनले सुनाए ।

नेपालमा सबैभन्दा राम्रो कोस्र गोकर्ण त्यसपछि एयरपोर्ट र तेस्रोमा आर्मीको रहेको उनी बताउँछन् । राजधानीबाहिर धरानमा पनि निर्वाना गल्फ कोस्र छ । तर त्यो कोस्र लामो भए पनि मेन्टिनेन्स भएको छैन । खेलाडीको संख्या पर्याप्त नहुँदा मेन्टिनेन्स नभएको हो । ुअविकसित ठाउँ भए पनि राम्रो गल्फ कोस्र छ भने एक्जुकेटिभ पस्रनलाई त्यहाँ जान मन लाग्छु उनी सुनाउँछन् ुराम्रो गल्फ कोस्र भएको जस्तोसुकै देश वा ठाउँ भए पनि त्यसको भ्रमण गर्न मन लाग्छ ।ु

प्रदीपका ६÷७ जना नियमित गल्फ खेल्ने साथी छन् । त्यसमध्ये उनी लङ हिटर हुन् । उनले १ हजार मिटरसम्म हान्ने गरेको बताए । ुतर प्रोफेसनल गल्फरले हामीले भन्दा लामो हान्छन्ु उनले भने । उनीहरु साथीबीच पैसा उठाएर हारजीत खेल्छन् । ुप्रतिस्पर्धा गर्दा खेल पनि रोचक हुन्छ । पैसा उठाएर खेल्ने जितेको पैसा त्यहीँ खाएर रमाइलो गर्दै खर्चन्छौँु दिनभरको रमाइलो उनले वर्णन गरे ुकसलाई केमा कसलाई केमा मन बसेको हुन्छ मलाई गल्फ एकदमै मन पर्छ ।ु

थाइल्यान्ड मलेसियालगायत मुलुक गल्फ टुरिजमको प्याकेज बेच्छन् । यहाँ त्यस्तो सुरुवात भएको छैन । त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । ुनेपालमा १२ महिना खेल्न सकिने सन्तुलित हावापानी छु उनले भने ुयसले खेल पर्यटनलाई मात्र मद्दत पुग्दैन विश्वकै गल्फ सौखिनलाई नेपाल ल्याउन सकिन्छ ।ु उनी जीवनका हरेक पक्षमा गल्फले सहयोग पुर् याउने बताउँछन् । ुफुस्रद भएपछि मान्छे रक्सी जुवाजस्ता कुलतमा फस्न सक्छन्ु उनले भने ुगल्फ नभएको भए बिजनेस पस्रन पनि त्यस्तै कुलतमा फस्न सक्थे । गल्फले बिहान सबेरै उठ्ने बानी विकास गराउनुका साथै हरियो कोस्रमा हेरेर आँखा पनि तेजिलो हुन्छ ।ु

गल्फ खेल्न कोस्र साचालकलाई शुल्क तिर्नुपर्छ । नियमित खेल्नेलाई सस्तो पर्छ । गोकर्णमा ४÷५ लाख तिरेर १०÷१५ वर्षको सदस्यता लिन सकिन्छ । त्यसपछि चौमासिक मर्मत शुल्क तिरे पुग्छ । हरेक पटक तिर्ने गरी पनि खेल्न सकिन्छ । एक गेम १८ होलको हुन्छ । ठूलो कोस्रमा ३६ होल पनि खेल्न सकिन्छ । सामान्यतया एक गेम सक्न ६ घन्टा लाग्छ । गोकर्णमा एकैपटक सय जना खेल्न मिल्छ भने आरएनजिसी एयरपोर्ट मा ६० जना मात्र । कोस्रको लम्बाइअनुसार खेलाडी संख्या निर्धारण हुन्छ । एउटा होल ६ सय यार्डसम्म १८ सय फिट हुन्छ ।

गल्फमा सहयोगीको हुने भए पनि खेलाडीले पर्याप्त मेहनत पर्ने उनको भनाइ छ । ुझोला बोक्ने मानिस अर्काे भए पनि यताउति िहंडिराख्नुपर्छु उनले भने ु१८ होल खेल्दा ६÷७ किमि हिँड्नुपर्ने भएकाले थाकिन्छ । हेर्दा जस्तो सजिलो छैन ।ु । गल्फमा कन्सर्टेसन हुनु सबैभन्दा महत्वपूर्ण हुने उनी बताउँछन् । ुकन्सल्ट्रेसन भएन भने आज राम्रो भएको खेल भोलि बिग्रन सक्छु उनले भने ुक्लबको एउटा भागले हान्नुपर्नेमा अर्काे भागले लाग्न सक्छ । लामो दूरी हान्दा दिमागमा सानो मात्र डिस्टर्ब भए पनि बिग्रन सक्छ ।ु

संसारमै महँगो गेम गल्फ हो । टप प्रोफेसनल खेलाडी अर्बपति खर्बपति छन् । विश्वमै यसका खेलाडीको संख्या बढ्दै गएको छ । नेपालमा पनि ६-७ सय खेलाडी पुगिसकेको उनले बताए । स्पोर्ट्स्र च्यानलमा सबैभन्दा बढी आउने खेल गल्फ हो किनकि विश्वको कुनै ठाउँमा जहिले पनि महŒवपूर्ण टुर्नामेन्ट भइरहेको हुन्छ । ुभारतमा ठूलो खेलाडी आयो भने हामी त्यहाँ जान्छौँु प्रदीपले गल्फप्रतिको लगाव देखाए । विश्वकै महँगो खेलाडी टाइगर उड भारत आए भने २० लाख डलर लिने गरेको उनले सुनाए ।

उनी गल्फ टुरिजमको विकासमा आपुू पनि लागिपर्ने बताउँछन् । ुसमयले साथ दिए साथीहरुसँग मिलेर यसलाई अघि बढाउँछु प्रदीपले भने ुगल्फबाट विदेशीलाई आकर्षण गर्न सकिन्छ ।ु राजधानीबाहिरको विकास गर्न गल्फलाई बलियो माध्यम बनाउन सकिने उनको सुझाव छ । ुराम्रो कार्यकारी जनशक्ति काठमाडौंबाहिर गएर बस्न चाहँदैनु उनले भने ुतर राम्रो गल्फ कोस्र विकास गर्ने हो भने ऊ सजिलै त्यहाँ जान राजी हुन्छ ।ु विदेशमा ठूल्ठूला कम्पनीका आपुनै गल्फ कोस्र हुन्छ । भारतको जम्सेदपुरमा टाटा कम्पनीको आपुनै कोस्र छ । प्रदीप त्यहाँ पनि पुगेर खेलेका छन् ।

(नयाँ पत्रिका दैनिक २०६६ चैत २२ मा प्रकाशित)

डेरिभेटिभ बजारको औचित्व

रमेश घिमिरे

नेपालमा ४ वषअघि सुरु भएको डेरिभेटिभ बजारलाई सरकारले वैधता दिने प्रकि्रया अघि बढाएको छ । कमोडिटी वा डेरिभेटिभ मार्केटको नाममा खुलेका एक्सचेन्जले सुन कच्चा तेललगायत अन्तर्राष्ट्रिय सामानको कन्ट्राक्ट खरिदबिक्री गराउने गरेका छन् ।

ती कम्पनीहरुको आग्रहमा सरकारले डेरिभेटिभ मार्केटलाई नियमनको व्यवस्था गर्न लागेको छ । यस विषयमा अन्तिम निर्णयमा पुग्नुपूर्व सरकारले त्यस्ता कम्पनी मुलुकको आर्थिक विकासका लागि आवश्यकताबारे निचोड निकाल्नु उपयुक्त हुन्छ । अन्तर्राष्ट्रिय बजारमा थपिएका आयाम नेपालमा पनि थपिनुलाई मुलुक थप विकासको चरणमा प्रवेश गरेको र आधुनिक बन्दै गएको भनी व्याख्या गर्ने गरिएको छ । तर विकसित मुलुकमा साचालन गरिएका सबै प्रकारका बजार हाम्रो जस्तो मुलुकको अर्थतन्त्र उकास्न आवश्यक हो÷होइन भन्ने विषयमा बहस भएको पाइँदैन । आधुनिकताको नाममा ुसेचुरेसनुमा पुगेका अर्थतन्त्रमा आवश्यक ठानिएका बजार प्रणाली हाम्रो जस्तो मुलुकमा उपयुक्त हुन्छ कि हुँदैन ?

डेरिभेटिभ मार्केट साचालन गरेर मुलुकको प्राथमिकता प्राप्त कुन क्षेत्रको रिक्त स्थान पूर्ति हुन्छ एक्सचेन्जले अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने सुन कच्चा तेल अन्य धातु र कृषि उपजको कन्ट्राक्ट कारोबार गराउने गरेका छन् । त्यो कारोबार खरिद-बिक्रीबाट ग्राहकले मुनाफा गरेमा सरकारलाई आयकर तिर्छन् तसर्थ सरकारका लागि फाइदा हुन्छ भन्ने व्याख्या गर्ने गरिएको छ । तर ती कारोबारले न कसैलाई केही उपभोग गर्न मिल्छ न तिनले कसैको कुनै आवश्यकता पूरा गर्छ । यो कारोबार जुवा खेलेजस्तो हो । एकले गुमाउँछ अर्कोले कमाउँछ । पसलमा गएर नुन किन्यो भने उपभोक्ताको आवश्यकता पूर्ति हुन्छ र पसलेले मुनाफा कमाउँछ । तर नेपालमा चलिरहेको डेरिभेटिभ मार्केटले नाफा र नोक्सान दुईबाहेक कुनै विशेषता राख्दैन । यसमा अन्तर्राष्ट्रिय रुपमा कारोबार हुने वस्तुको भविष्यको मूल्य आँकलन गर्न सक्ने क्षमता भएको व्यक्तिले मुनाफा गर्छ । तसर्थ ज्ञान र क्षमता भएको व्यक्तिले मुनाफा गने हुँदा यसलाई जुवा भन्न मिल्दैन भन्ने तर्क पनि गर्न सकिन्छ । यसलाई जुवा नमानेर व्यापार नै मान्ने हो भने पनि उसले अन्य व्यापारले जस्तो कसैको आवश्यकता पूर्तिको काम गर्दैन ।

हालसम्म एक्सचेन्ज कम्पनीले फिजिकल डेलिभरी सुरु गरेका छैनन् । फिजिकल डेलिभरी गरेपछि ग्राहकको आवश्यकता पूरा गर्छ भन्ने तर्क एकथरीको छ । फिजिकल डेलिभरी गर्ने भनेको सुन हो । अनुपात्दक सुन किन्न चाहने व्यक्तिका लागि अन्य तरिकाले किन्न अहिले पनि स्वतन्त्रता छ । सुनको कन्ट्राक्ट कारोबार गर्ने र आवश्यक भए सुन नै खरिद गर्न सक्ने सुविधाले मुलुकको अर्थतन्त्रमा कुनै अनुकूल प्रभाव पार्दैन ।

डेरिभेटिभ मार्केटले नेपालमा उत्पादित कृषि सामानको कन्ट्राक्ट र डेलिभरी सुरु गरेमा त्यो उत्पादक हुने देखिन्छ । तर प्रायः एक्सचेन्जले नेपाली किसानको अवस्था उकास्न कृषि सामग्रीको कारोबार गर्ने नारा दिए पनि अन्तर्राष्ट्रिय बजारमा कृषि सामग्रीको पेपर कारोबार गराएका छन् जसले नेपाली किसानलाई केही पनि उपलब्धि हुने कुरै भएन । एक्सचेन्जहरुको उद्देश्य सुन कारोबार गराउने हो किनकि यसको मूल्य र कन्ट्राक्ट अन्तर्राष्ट्रिय बजारअनुसार तयार गरिन्छ । यसले गर्दा क्लियरिङ मेम्बरले आपुनो जोखिम शून्यमा राख्न यस्तो कारोबारका लागि विदेशी एक्सचेन्जसँग ुहेजु गर्न सक्छ ।

विश्वबजारमा प्रतिस्पर्धी भएर कारोबार गर्दा नेपालीले कमाउनेभन्दा गुमाउने सम्भावना बढी हुन्छ । नेपालीले पैसा गुमाउँदा कुनै तरिकाले पैसा बिदेसिन्छ । नेपाली एक्सचेन्जको अनलाइनमा नेपाली ग्राहकलॆ खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बेच्नुपरेको कन्ट्राक्ट किन्ने व्यक्ति विदेशी परेको रहेछ भने नेपालीले व्यहोरेको घाटाबराबर रकम बिदेसिन्छ । कन्ट्राक्ट अवधिमा बिक्री भएन भने क्लियरिङ मेम्बरले कन्ट्राक्ट सकार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफू शून्य जोखिममा रहन क्लियरिङ मेम्बरले हेज गरेको हुन्छ । यसले गर्दा उसले विदेशी एक्सचेन्जसँग खरिद गरेको कन्ट्राटमा घाटा सहनुपरेको छ भने पैसा बिदेसिन्छ र उसले नेपाली ग्राहकले सहेको घाटाबाट आपुनो घाटा परिपूर्ति गर्छ ।

सुन वा पेट्रोलियम कन्ट्राक्ट कारोबारमा नेपालीले भविष्यको मूल्यबारे बढी आँकलन गर्न सके भने मुनाफा कमाउन सक्छन् । तर यसो हुनु सम्भव छैन किनकि नेपाली ग्राहकसँग त्यस्ता वस्तुको विश्लेषण गर्ने क्षमता अमेरिकनको भन्दा बढी छैन । एक्सचेन्ज ब्रोकरहरुले भनेअनुसार अहिलेसम्म डेरिभेटिभ मार्केटमा लागेका ९० प्रतिशत मानिसले घाटा व्यहोरेका छन् ।

बिबिए र एमबिए पढेका विश्वभरिका नयाँ-नयाँ बजार बुझेका युवा जनशक्तिबाट यस्ता बजार सुरु भएका छन् । ती क्षमतावान् नेपाली युवा जनशक्तिले स्वदेशमा आपुनो ज्ञान प्रयोग गरेकोमा उनीहरु धन्यवादका पात्र छन् । तर उनीहरुको ज्ञानलाई मुलुकको आर्थिक विकासमा गाँस्ने गरी प्रयोग गर्न मार्गनिर्देश गरिनु नीति निर्माताको काम हो । एकजना प्राविधिकले शक्तिशाली बम बनाउन सक्छ त्यो उसको स्वागतयोग्य कुरा हो तर त्यो हतियार केका लागि प्रयोग गने भन्ने विषय नीति निर्माताको जिम्मेवारीको कुरा हो ।

यसर्थ नेपालमा डेरिभेटिभ मार्केट साचालन गर्ने हो भने नेपाली वस्तुको कारोबारलाई प्रोत्साहन गर्ने र प्रत्यक्ष नेपाली किसानलाई लाभ पुग्नेखालले साचालन गर्नुपर्छ । सुन र कच्चा तेलसँग गाँसिएको अन्तर्राष्ट्रिय कारोबार हामीलाई आवश्यक छैन ।

खुलाबजार नीतिमा आएका बजारलाई सरकारले रोक्नु हुँदैन भन्ने अर्को तर्क पनि उठ्न सक्छ । नेपाल स्टक एक्सचेन्जमार्पुत स्वदेशी कम्पनीको सेयर स्वदेशी नागरिकले मात्र कारोबार गर्न सक्ने व्यवस्था लागू गर्न मिलेको छ भने डेरिभेटिभ मार्केट पनि यसरी नेपालभित्र मात्र सीमित गर्नु उपयुक्त हुन्छ । १६ वर्ष इतिहास पुगेको सेयर बजारमा बल्ल गैरआवासीय नेपालीलाई कारोबार गर्न दिनेबारे प्रकि्रया सुरु भएको छ । डेरिभेटिभ भने एकैपटक पूर्ण चरणमा कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता छैन । खुलाबजार भन्दैमा सब कुरालाई खुला गर्नुपर्ने बाध्यता पनि सरकारलाई छैन । जस्तॊ कि सरकारले क्यासिनोमा नेपालीलाई खेल्न प्रतिबन्ध लगाएको छ । सोही कारण नेपालीले जुवा हारेर विदेशी मुद्रा बाहिरिने सम्भावना छ । तर डेरिभेटिभमा भने नेपाली र विश्वभरका लगानीकर्ता समावेश हुने हुँदा नेपालीले हार्दा विदेशी मुद्रा कुनै न कुन रुपमा बाहिरिने गर्छ ।

अर्कोतर्पु अत्यावश्यक संस्थाहरु बिमा बैंक पुँजीबजार आदिमा सरकारले आवश्यक नियमन गर्न नसक्दा कयांै मानिसले अनजानमा धनसम्पत्ति गुमाउनुपरेको छ । यी संस्थामा विभिन्न विकृति मौलाएको छ । यद्यपि यी संस्थामा लगानी गरेर कसैले पैसा गुमाएका छन् भने अर्को नेपालीले कमाएको छ । अर्थात् नेपालबाट पुँजी पलायन भएको छैन । तर डेरिभेटिभ बजारबाट पुँजी पलायन हुन सक्ने अवस्था देखिएको छ । अत्यावश्यक संस्थाको नियमन त सही ढंगले गर्न सक्षम नभएको सरकार मात्र नाफा-घाटाका लागि गरिने डेरिभेटिभ मार्केटको नियमनमा पनि फसेपछि उसको क्षमता कति प्रभावकारी होला दैनिक ५÷१० करोड रुपैयाँ कारोबार हुने गरेको दोस्रो पुँजीबजार साचालक संस्था जम्मा एउटा छ । दैनिक मार्जिनको मात्र हिसाब गर्दा पनि ४०÷८० करोड रुपैयाँको कारोबार हुने गरेको डेरिभेटिभमा भने ३ संस्था आइसकेका छन् । सरकारी निकायले यत्रो ठूलो कारोबार गर्ने ३ संस्थालाई कसरी नियमन गर्ला अब अरुले पनि कम्पनी खोल्न चाहे के निर्णय गर्ला ?

(नयाँ पत्रिका दैनिक २०६६ चैत १२ मा प्रकाशित)

शोधनान्तर असन्तुलन बढ्न सक्छ

रमेश घिमिरे

नेपाल राष्ट्र बैंकले प्रत्येक महिना सार्वजनिक गर्ने ुदेशको वर्तमान आर्थिक स्थितिु ले मुलुकको समष्टिगत आर्थिक स्थितिबारे जानकारी दिने गर्छ । अर्थतन्त्रको अवस्था सकारात्मक नकारात्मक वा सामान्य भएको उक्त विवरणले संकेत गर्ने गर्छ । हरेक महिना विवरण सार्वजनिक हुने भए पनि अर्धवार्षिक र वार्षिक विवरण अर्थतन्त्रको अवस्था जाँच्न प्रयोग गरिन्छ । १÷२ महिनाको तथ्यांक नकारात्मक हुँदैमा आत्तिनुपर्ने अवस्था रहँदैन किनकि त्यो समस्या अल्पकालीन मात्र हुन सक्छ । तर लगातार ६ महिनासम्म कुनै सूचक नकारात्मक हुनु साँच्चै समस्या पर्नु हो । त्यसैले नेपाल राष्ट्र बैंकले ६ महिनाको तथ्यांक बढी समय लगाएर भए पनि सकेसम्म यथार्थ कारोबारका आधारमा तयार गर्ने गर्छ । सबै विवरण समयमा प्राप्त नभए अन्य महिनामा राष्ट्र बैंकले अनुमानका आधारमा मासिक आर्थिक स्थिति तयार गर्ने गर्छ । ६ महिनाको विवरणमा भने अनुमानित तथ्यांक समावेश गरिँदैन र कारोबार तथ्यांक पर्खेर तयार गरिन्छ । तसर्थ यस विवरणलाई पूर्ण विश्वासिलो मान्ने गरिएको छ ।

चालू आर्थिक वर्षको ३ महिनाको वित्तीय विवरणमा व्यापार घाटा उच्च वृद्धि र शोधनान्तर स्थिति घाटामा रहेको सार्वजनिक भएदेखि नै आर्थिक संकट भयो भन्ने विषयमा चर्चा सुरु हुँदै आएको छ । त्यो स्थिति ६ महिनासम्म कायम रहेपछि आर्थिक समस्या दीर्घकालीन प्रकृतिको हो भन्ने प्रस्ट भएको छ । ३ महिनाअघि देखिएको १९ अर्ब ४५ करोड रुपैयाँको शोधनान्तर घाटा ६ महिनामा १९ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । ०३२ देखि हालसम्म ३ महिनाभन्दा बढी शोधनान्तर घाटा देखिएको यो चौथोपटक हो । यसअघि ०५२ मा शोधनान्तर घाटा देखिएको थियो  ।

शोधनान्तर घाटामा वस्तु आयात मुख्य कारक देखिएको छ । ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले वस्तु आयात बढेर १ खर्ब ८४ अर्ब ८५ करोड ६० लाख रुपैयाँ पुगेको छ । विकासशील मुलुकमा व्यापार घाटा हुनु स्वाभाविक भए वस्तु निर्यात गरेको आम्दानीले कुल आयातको १७ प्रतिशत खर्च मात्र व्यहोर्न सक्नु चिन्ताको विषय हो । विकासशील मुलुकमा करिब ६० प्रतिशत आयात धान्ने पैसा निर्यातबाट आर्जन गर्नुलाई स्वाभाविक मानिन्छ । निर्यात भने १३ प्रतिशत घटेर पुससम्म ३१ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी भएको छ ।

आयातको वृद्धि उल्लेख्य मात्रामा घट्ने सम्भावना देखिएको छैन । चालू आर्थिक वर्षको ६ महिनामा ३३ अर्ब रुपैयाँबराबरको सुन आयात भएको छ । नेपालको माग धान्न त्यसको एक तिहाइ सुन पर्याप्त हुन्छ । अस्वाभाविक रुपमा बढी मात्रामा भित्रेको सुनलाई सरकारले व्यवस्थित गरेको छ । तसर्थ सुनको आयात आगामी महिना सो अनुपातमा बढ्ने छैन । तर अन्य वस्तु भने मागअनुसार नै आयात भइरहेकाले आयात घट्ने सम्भावना छैन । नेपालमा बन्न नसक्ने वस्तु आयात नगरी सुखै छैन । देशमा पनि उत्पादन हुन सक्ने वस्तुको आयात घटाउन स्वदेशी उत्पादन बढाउनु आवश्यक छ । निर्यातको आम्दानी अत्यन्तै न्यून भएकाले निर्यात बढाउनैपर्ने बाध्यता छ । तर स्वदेशमा उत्पादन र निर्यात बढाउन सक्ने वातावरण छैन । बन्द हड्ताल लोडसेडिङ श्रम विवाद चन्दा पुँजी अभाव र चर्काे ब्याजदरका कारण भएका उद्योगले क्षमता विस्तार गर्ने सम्भावना न्यून छ भने नयाँ उद्योग आउने सम्भावना शून्यप्रायः छ । तीन महिनादेखि बैंकले ठूलो ऋण प्रवाह गरेका छैनन् । थप ३ महिना यही स्थिति रहेमा उद्योगको अवस्था अझ धराशयी हुनेछ । नयाँ उद्योग खोल्न ७० प्रतिशत बैंक कर्जा लगानी गर्नुपर्छ तर बैंक त्यसका लागि सक्षम छैनन् । भएका उद्योगले पनि १८÷१९ प्रतिशतमा कर्जा लिनुपर्ने बाध्यता छ । उच्च लागतमा सामान उत्पादन गरेर आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न र विदेशमा बजार पाउन दुवै कठिन छ ।

मानिसको माग पूरा गर्न आयात बढ्ने निश्चित छ । अब सरकारले निर्यात बढाउन पहल गर्नुभन्दा आयात रोक्ने सजिलो बाटो अपनाउनेछ । जबर्जस्ती आयातमा रोक लगाएर शोधनान्तर घाटा कम गर्ने सरकारी प्रयास जनअधिकार र अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत हुनेछ । विश्व व्यापार संगठनमा प्रवेश गर्ने अनि निर्यात गर्न नसकेर आयात रोक्ने बाटो लिनु भनेको राज्य असफलतातिर लाग्नु हो ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्सको वृद्धि डलरमा १३ प्रतिशत रहेको छ । रेमिट्यान्सको अंक सानो हुँदा वृद्धिदर उच्च दरमा बढेको थियो अहिले ठूलो अंक भएको हुनाले सोही दरमा वृद्धि हुन सक्दैन भन्ने राष्ट्र बैंक अधिकारीको भनाइ छ । गत वर्ष २ खर्ब ९ अर्ब पुगेको रेमिट्यान्समा यो वर्ष अघिल्लो वर्ष बराबरकै रकम थपिए पनि वृद्धिदर घट्नेछ । कुल जनसंख्याको १० प्रतिशत वैदेशिक रोजगारमा रहेका छन् । अक्षम कामदारका रुपमा योभन्दा बढी संख्या बाहिरिएर बढी आम्दानी िभœयाउने आशा अब गर्न सकिन्न । अब रेमिट्यान्स वृद्धि १५ प्रतिशतबाट माथि नजाने विज्ञको भनाइ छ ।

रेमिट्यान्स ुसेचुरेसनुमा पुगेको हुनाले पुरानो वृद्धिदर कायम हुन सक्दैन भन्ने अर्थशास्त्रीय मान्यता ठीक हो भने आयातमा सोही मान्यता किन लागू हुन नसकेको हो वर्षभरिमा २ खर्ब ७९ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएकोमा अर्काे वर्ष ४० प्रतिशत वृद्धि हुन कसरी सम्भव हुन्छ यी तथ्यांकले शोधनान्तर स्थितिमा गम्भीर किसिमको असन्तुलन बढ्दै गएको देखाएका छन् । नेपाल विद्युत् प्राधिकरणले गर्ने लोडसेडिङका कारण डिजेल खपत उच्च दरमा बढेको छ । हाल ८ सय मेगावाट बिजुली माग भएको बेला साढे २ सय मेगावाट मात्र प्राधिकरणले आपूर्ति गर्न सकेको छ । उद्योगी र व्यापारीले अरु मागको पूर्ति डिजेल जेनेरेटरबाट गरिरहेका छन् जसले गर्दा पेट्रोलियम आयात उच्च दरमा बढिरहेको छ । तत्काल ठूला जलविद्युत् परियोजना सुरु हुने चरणमा नरहेका हुनाले लोडसेडिङ र पेट्रोलियम आयात हरेक वर्ष बढ्दै जानेछ । लोडसेडिङ बढ्न नदिने हो भने पनि भारतबाटै बिजुली किन्नुपर्ने भएकाले आयातबापत विदेशी मुद्रा बाहिरिनेछ ।

राष्ट्र बैंकले बैंकमा तरलता समस्या सहज पार्न असल कर्जा धितोमा पुनःकर्जा दिने तयारी गरेको छ । यस्तो कदमले अल्पकालीन तरलता समस्या मात्र समाधान गर्छ निक्षेप संकलन दर वृद्धि नभई बैंकिङ प्रणाली सहज हुँदैन । अघिल्ला वर्षमा २० प्रतिशतले वृद्धि भइरहेको निक्षेप अहिले ५ प्रतिशत वृद्धिमा खुम्चेको छ । त्यसलाई वृद्धि नगरी राष्ट्र बैंकले पुनःकर्जा दिएर समस्या समाधान हुँदैन । निक्षेप बढाउन अनौपचारिक क्षेत्रमा रहेको पैसा बैंकिङ प्रणालीमा िभœयाउन र विदेशी मुद्रा आर्जन बढाउन तथा पुँजी पलायन घटाउन आवश्यक छ । तर यी समस्या न स्वतः समाधान हुनेछन् न त सम्बन्धित निकायले समाधानका लागि पहल गरेका छन् । तसर्थ अर्थतन्त्रको भविष्य अन्योलमै रहेको छ ।

(नयाँ पत्रिका दैनिक २०६६ ५ चैतमा प्रकाशित)

बैंकिङ जोखिम र निक्षेप

रमेश घिमिरे

चिया पसलदेखि चेक साट्ने वा सेयर आवेदन भर्ने लाइनमा समेत केही बैंक डुब्न लागेका छन् भन्ने आवाज सुनिन थालेको छ । सर्वसाधारणमध्ये जान्ने-बुभुनेले आ-आपुनै तरिकाले त्यो प्रश्नको जवाफ दिने गरेका छन् । बैंकिङ जोखिमका विभिन्न चरणमध्ये निक्षेप जोखिम अन्तिम चरणमा आउने गर्छ । नेपालमा सबैभन्दा प्रभावकारी नियामक निकाय मानिएको नेपाल राष्ट्र बैंकको मुख्य दायित्व निक्षेपको सुरक्षा हो । अन्य कम्पनी टाट पल्टिए सीमित व्यक्तिलाई मात्र असर पर्छ । तर बैंक टाट पल्टियो भने लहरो तान्दा पहरो झरेझैं अर्थतन्त्रमा असर पर्ने हुनाले सरकारले सक्षम नियामक स्थापना गरेको हो ।

राष्ट्र बैंक भएपछि बैंक कहिल्यै टाट पल्टिँदैनन् आँखा चिम्लेर बैंकमा पैसा राख्नु हुन्छ भन्ने अर्थ पनि लगाउन मिल्दैन । राष्ट्र बैंकले बैंक स्थापना गर्न लगानी गरेका सेयरधनीको सुरक्षा हेर्दैन निक्षेपकर्ताको मात्र हो । राष्ट्र बैंकले लगानीकर्ताका लागि पनि सही बाटो भने देखाइदिन्छ । सेयर लगानीकर्ताले चुनेका मानिसले बैंक साचालन गर्ने हुँदा उनीहरुको सुरक्षा गर्नु राष्ट्र बैंकको दायित्व होइन । तर बैंकमा पैसा जम्मा गर्ने ग्राहकको बैंक साचालनमा कुनै भूमिका नहुने हुँदा उनीहरुको सुरक्षा गर्नु केन्द्रीय बैंकको दायित्व हो । त्यसैले सेयर किन्न चाहने व्यक्तिले बैंकबारे बढी जानकारी लिनुपर्छ । त्यसमा पनि केन्द्रीय बैंकले साधारण सेयरधनीप्रति सहानुभूति राख्ने गर्छ । खराब व्यवस्थापन भएका कम्पनी पुँजी वृद्धि गरेर पनि व्यवस्थापन सुधार भएनन् भने लगानीकर्ताको झन् ठूलो रकम जोखिममा पर्छ । व्यावहारतः व्यवस्थापनमा संस्थापक लगानीकर्ता हावी हुने र अप्रत्यक्ष रुपमा उनीहरुले नै बढी फाइदा लिने गरेका कारण केन्द्रीय बैंकले साधारण सेयरधनीप्रति सहानुभूति राखेको हो । केन्द्रीय बैंकले हालै मात्र हकप्रद सेयर जारी गर्ने कम्पनीका संस्थापकले पहिले पैसा चुक्ता गरेपछि मात्र साधारण सेयरधनीसँग पैसा माग्नुपर्ने नियम लागू गर्नुले यसको पुष्टि गर्छ ।

बैंक घाटामा गए भने त्यसको असर निक्षेपकर्तालाई पर्दैन सेयरधनीलाई मात्र पर्छ । बैंक नाफामा नगई सेयरधनीले लाभांश पाउँदैनन् । यदि बैंक टाट पल्टिए भने निक्षेपकर्ताले पैसा फिर्ता पाएर बाँकी भए मात्र सेयरधनीले लगानी फिर्ता पाउँछन् । पछिल्लो समय केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएकाले निक्षेपकर्ता बढी सुरक्षित भएका छन् । अहिले वाणिज्य बैंकले २ अर्ब विकास बैंकले ६४ करोड र फाइनान्स कम्पनीले २० करोड रुपैयाँ चुक्तापुँजी पुर् याउनुपर्ने व्यवस्था छ । सेयरधनीको ठूलो लगानी भएपछि संस्था टाट पल्टियो भने निक्षेपकर्ताको ठूलो रकम डुब्छ भने निक्षेपकर्ताले सो रकमबाट समेत फिर्ता पाउने हुँदा बढी सुरक्षित हुन्छन् ।

बैंकसँग नेपाली निक्षेपको २० प्रतिशत तरलता हुनैपर्ने नियम लागू गरिएको छ । यसले गर्दा निक्षेपकर्ताले आपुनो खाताबाट चाहिएजति पैसा झिक्न सक्छन् । बैंकले फिर्ता नहुने क्षेत्रमा धेरै कर्जा प्रवाह गरेको छ भने निक्षेपकर्ताको रकम डुब्ने खतरा हुन्छ । त्यसरी कर्जा प्रवाह हुँदा बैंकको वर्तमान अवस्था राम्रो देखिए पनि भविष्यमा एक्कासि खतरा देखिन्छ किनकि भाका पुगेपछि ऋण असुली हुँदैन । यस्तो जोखिम न्यूनीकरण गर्न केन्द्रीय बैंकले पुँजीकोष पर्याप्तताको व्यवस्था लागू गरेको छ । सबै ऋण जोखिमपूर्ण हुँदैनन् राष्ट्र बैंकले कुन क्षेत्रको ऋणमा जोखिमको भार कति हुन्छ भनेर हिसाब निकालेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा जति जोखिम क्षेत्रमा कर्जा दिएको छ उति बढी पुँजीको व्यवस्था गर्नुपर्ने नियम छ । वाणिज्य बैंकसँग कुल जोखिम भारित सम्पत्तिको १० प्रतिशत पुँजीकोष हुनुपर्ने व्यवस्था छ । यसको मतलब जोखिमपूर्ण कर्जा लगानी गर्न निक्षेपको पैसा मात्र भएर पुग्दैन लगानीकर्ताको पैसा पनि चाहिन्छ । विकास बैंकले प्राथमिक पुँजीको १५ र फाइनान्स कम्पनीले २० गुणासम्म मात्र निक्षेप परिचालन गर्न पाउँछन् । यसबाट निक्षेपकर्ताको जोखिम कम हुन सक्छ ।

यसैगरी केन्द्रीय बैंकले एकै व्यक्ति वा संस्थालाई प्राथमिक पुँजीको ५० प्रतिशतभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था गरेको छ । सेयर धितो कर्जामा पनि प्राथमिक पुँजीभन्दा बढी कर्जा दिन नपाइने व्यवस्था छ । त्यस्तै एउटै कम्पनीको सेयरमा प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह पाइँदैन । रियलस्टेटमा कुल कर्जाको २५ प्रतिशत तथा रियलस्टेट र घरकर्जामा गरी ४० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाइने र यस्तो कर्जालाई क्रमशः २५ प्रतिशतमा सीमित गर्नुपर्ने नियम लागू गरिएको छ । यस्तै बैंकले स्वदेशी निक्षेपको ५।५ प्रतिशत नगद राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था छ । सरकारी ऋणपत्रमा वाणिज्य बैंकले ८ विकास बैंकले ३ र फाइनान्स कम्पनीले २ प्रतिशत निक्षेप लगानी गर्नुपर्ने व्यवस्था लागू हुने क्रममा छ । यस्ता प्रावधानले भविष्यमा आउन सक्ने खतरा न्यूनीकरण गर्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हरेक तीन महिनाको वित्तीय विवरण ३५ दिनभित्र प्रकाशन गर्न निर्देशन दिएको छ । प्रकाशित अपरिस्कृत वित्तीय विवरण बाह्य लेखापरीक्षणको तुलनामा १० प्रतिशतभन्दा फरक परेमा केन्द्रीय बैंकले कारबाही गर्छ । तसर्थ बैंकले प्रकाशन गरेको विवरण हेरेर जोखिम रहे÷नरहेको पत्ता लगाउन सकिन्छ । यद्यपि एक कम्पनीको सेयर धितोमा कति कर्जा प्रभाव भएको छ भनेर राष्ट्र बैंकले विवरण सार्वजनिक गर्न निर्देशन दिएको छैन ।

बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयरधनीलाई कर्जा दिन नमिल्ने व्यवस्था छ । तर संस्थापकले नजिकको व्यक्तिको नाममा कर्जा लिने वा दुई कम्पनी मिलेर एकअर्काबाट ऋण लिन सक्छन् । नतिर्ने नियतले वा मुनाफा गर्न नसक्ने व्यवसाय गर्न कर्जा लिइएको भए जोखिम हुन्छ । यसबारे सर्वसाधारणलाई थाहा हुँदैन । केन्द्रीय बैंकले छड्के जाँचबाट पत्ता लगाएर कारबाही गर्ने गर्छ । केन्द्रीय बैंकको यो भूमिका कमजोर भयो भने बैंक जोखिममा पर्न सक्छ । केन्द्रीय बैंकले बढी निक्षेप हुने वाणिज्य बैंकमा बढी निगरानी पुर् याउने र विकास बैंक तथा फाइनान्स कम्पनीमा कम ध्यान पुर् याउने हुँदा वाणिज्य बैंकमा जोखिम आउने सम्भावना अझ कम हुन्छ । राष्ट्र बैंकले तोकेको सीमा ननाघेका संस्था सुरक्षित हुन्छन् । यस्ता सूचक तलमाथि भइहाल्दैमा बैंक जोखिममै पर्छ भन्ने पनि हुँदैन किनकि व्यवस्थापनले केही समयमा सुधार गर्न सक्छ । खारेज भएको नेपाल विकास बैंकको अवस्था लामो समयदेखि खराब रहँदै आएको थियो । त्यसैले एक्कासि कुनै पनि बैंक टाट पल्टिने अवस्था आउँदैन र बैंक टाट पल्टियो नै भने पनि निक्षेपकर्ताको सबै पैसा डुब्ने सम्भावना हुँदैन ।

(नयाँ पत्रिका दैनिक २०६६ फागुन २७ मा प्रकाशित)