किसोर महर्जन, सिईओ सिभिल बैंक लि.
एक बैंकरले अखबार हात पर्नसाथ कुन पृष्ठमा नजर फर् याउँला सामान्य उत्तर हुन्छ – अर्थ/वाणिज्य पेज । तर किसोर महर्जनको हकमा त्यो उत्तर सही हुँदैन । अखबारको प्रुन्ट पेजपछि उहाँको आँखा अन्तिम पानातिर रहेको खेलकूद समाचारमा फग्छ । दैनिक विहान ८ बजेसम्म सात दोबाटोको स्कस कोर्टमा बिताउने महर्जन बेलुकी स्पोटस्र च्यानलको अगाडि बस्नुहुन्छ । फुटबल हेर्न बढी रुचाउने किसोर लिभरपुललाई राम्रो क्लब मान्नुहुन्छ । 'मलाई मन पर्ने क्लबको परफरमेन्स यो साल त्यत्ति राम्रो हुन सकेको छैन', उहाँले भन्नुभयो । वल्र्ड कप र यूरो कप हेर्न ४ वर्ष कुर्नुपर्छ, त्यसअघि उहाँले इंग्लिश पि्रमियर लिग, च्याम्पियन लिगलगायतका अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रतियोगिता हेर्न छुटाउनु हुन्न । अन्य खेलमा पनि उहाँको रुचि छ ।
५१ वर्षे बैंकर महर्जनको गल्फ खेल्ने सौख अझ बाँकी छ । 'म पछिल्लो ८ वर्षजति निकै व्यस्त भएँ', भर्खर सिभिल बैंकको पूर्वाधार निर्माण गर्दै रहनु भएका उहाँ भन्नुहुन्छ, 'एक/डेढ वर्षपछि अलिकति फुस्रद भयो भने गल्फ पनि खेल्नुपर्ला ।' किसोर स्कुलदेखि नै खेलकूदमा रुचि राख्नुहुन्थ्यो । आउट डोर गेममा पुरस्कार पाउने किसोर हाजिरी जवाफलगायत बौद्धिक प्रतियोगितामा पनि उत्कृष्ट नै हुनुहुन्थ्यो । उहाँ कक्षा प्रथम हुनु भएन तर सधैं उत्कृष्ट ५ भित्र पर्नुभयो । सबै प्रतियोगिताको भार जोड्ने हो भने उहाँ प्रथम नै हुनुहुन्थ्यो किनकि उहाँ एक जना मात्रै त्यस्तो छात्र हुनुहुन्थ्यो जो धेरै वटा अरितिक्त कि्रयाकलाप प्रतियोगितामा पुरस्कारको हकदार हुन्थ्यो ।
उहाँले एक पटक पढेको कुरा सम्झने हुँदा पढ्नका लागि अरु साथीले जस्तो धेरै समय खर्चनु पर्दैनथ्यो । कक्षामा प्रथम हुन्छु भनेर किताबको किरो कहिल्यै नबनेका कारण उहाँले धेरै अतिरिक्त ज्ञान लिने समय पाउनुभयो । पुस्तकालय पसल पाहुना गएको घर जहाँ पनि नयाँ पुस्तक भेटेपछि उहाँले एकपटक पढिहाल्नुहुन्थ्यो । 'मैले चना चटपटे किन्ने पैसाले भोक मात्रै मार्दैनथेँ', उहाँ सम्झनुहुन्छ, 'चना खाएपछि चना पोको पारेर दिएको कागजमा लेखिएको कुरा पढेर मात्र फाल्थेँ र त्यही पैसाले ज्ञान पनि लिन्थेँ ।'
किसोर बिहान सबेरै उठ्नुहुन्छ र सगरमाथा बीबीसी र सिएनएन टिभी आधा घन्टाको बीचमा हेरेर देश र विदेशका मुख्य खबर थाहा पाई स्कस खेल्न जानुहुन्छ । विज्ञापन आएको बेला च्यानल फेरेर थोरै समयमै ३ वटा च्यानलको स्वाद र समाचारको जिस्ट बुभुने महर्जनले सबैभन्दा बढी हेर्ने च्यानल बीबीसी हो । 'बीबीसीले विश्वका मुख्य सबै घटनका साथै हरेक घन्टा बिजनेश न्युज दिने हुँदा त्यो हेरेर थोरै समयमा धेरै थाहा पाउन सकिन्छ,' उहाँ भन्नुहुन्छ, 'बिजनेशको कुनै महत्वपूर्ण समाचार रहेछ भने त्यसमै थाहा हुन्छ अनि विस्तृत जानकारीको लागि ब्लुमबर्ग हेर्छु ।' सिएनएन वरिष्ठ मानिसको कुराकानीका लागि उहाँले महत्पूर्ण मान्नुहुन्छ ।
खेल र बिजनेश
खेल मनोराजन र सौखका लागि मात्र होइन यसले बिजनेश बढाउन मुख्य योगदान गर्छ । गल्फ ठूला बिजनेश पस्रन र हाइ प्रोफाइल भएका व्यक्ति खेल्ने खेल हो । 'स्कसमा पनि बिजनेश पस्रन कार्यकारी प्रमुखको केही हदसम्म जमघट हुन्छ,' महर्जन भन्नुहुन्छ, 'स्कुल/कलेज पढेको साथीभन्दा गेममा भेटेको साथीसँगको सम्बन्ध गाढा हुन्छ ।' कार्यकारीको अनुभव साटासाट र आपुनो बिजनेश विस्तारका लागि मार्केटिङ गर्नेसम्मको अवसरका गेमको बेला फेला पर्छ । स्कस एसोसिएसनका उपाध्यक्ष रहेका महर्जन पसिनाले निथु्रक भिज्ने गरी स्कस खेलेपछि घर आएर नुहाएर नास्ता खाई कार्यालयको बाटो तताउनुहुन्छ । खेलले उहाँलाई बिजनेश पार्टनर खोजिदिएर र भविष्यको अस्पताल खर्च कटौती गरिदिएर अप्रत्यक्ष आर्थिक लाभा दिएको छ । महर्जनको परिवारमा मधुमेह पैत्रिक समस्याको रुपमा छ तर २६ वर्षदेखि स्कस खेल्दै आउनु भएका किसोरको सुगर नियन्त्रित छ र उहाँ अहिलेसम्म थला पर्ने गरी कुनै बिरामी पर्नुभएको छैन ।
रुचि र शिक्षा
किसोर महर्जनले स्कुल पढ्दा होइन स्नातक पढ्दासम्म बैंकर बन्ने सोच बनाउनु भएको थिएन । पुरानो विदेशी संयुक्त लगानीको ठूलो बैंक हिमालयन बैंकमा उच्च पदमा सफलतापूर्वक जिम्मेवारी निभाएको र कडा प्रतिस्पर्धाको बीचमा खुलेको सनराइज बैंकलाई छोटै अवधिमा स्थापित गराउन सफल भएको घटनाले उहाँलाई एक सफल बैंकरको रुपमा स्थापित गराइसकेको छ । सफलता पाउन भविष्यमा यो काम गर्छु भनेर सानैदेखि योजना बनाएर घोटिनु पर्दैन भन्ने उहाँको जीवनले फष्टि गरेको छ । हरेक प्रकारको ज्ञान िलंदै जानुपर्छ जे काम गरिन्छ त्यसमा लगनशील हुनुपर्छ अन्ततः जीवन सफल हुन्छ भन्ने प्रेरणा महर्जनको जीवनले दिएको छ ।
सानो उमेरमा भविष्यमा यो पेशा अँगाल्छु भनेर रुचि हुन सक्छ तर लगनशील भएर काम गरे अन्य क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण महर्जनले देखाउनु भएको छ । उहाँलाई चित्र कोर्ने आर्ट र मेसिनमा रुचि भएका कारण स्कुल पढ्दा इन्जिनियर बन्ने इच्छा थियो । तर उहाँले अभिभावकको इच्छा छोरो डाक्टर बनाउने पूरा गर्न प्रमाणपत्र तहमा जीव विज्ञान पढ्नुभयो । अन्ततः उहाँ सफल बैंकर हुन फग्नुभयो । 'कलिलो उमेरमा अभिभावकले भनेको बढी प्रभाव पर्ने रहेछ । डाक्टर बन्नुपर्छ भनेर आइएस्सीमा बायोलोजी पढेँ,' उहाँ सम्झनुहुन्छ, 'मलाई भौतिक विज्ञान र गणित मन पर्दथ्यो त्यसैले बायोलोजीमा राम्रो अंक आएन र डाक्टर पढ्नतिर लागिनँ ।' बीएस्सीमा पनि उहाँले जुलोजी नै पढ्नुभयो । उहाँले बीएस्सी उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयमा नयाँ विषय कमस्रमा स्नातकोत्तर सुरु भयो । अनि उहाँ एमबीए भर्ना हुनुभयो । एक वर्षअघिसम्म प्रयोगशालामा भ्यागुता गड्यौला र परेवा चिर्दै पढेका महर्जनलाई एकाउन्टको ज्ञान शून्य थियो । उहाँलाई फाइनान्स पनि आउँदैनथ्यो तर गफ लेख्ने विषय मार्केटिङ भने उहाँलाई सजिलै भयो । अचम्मको कुरा त्यो ब्याचमा पहिलो वर्षमा ९० प्रतिशत विद्यार्थी फेल हुँदा किसोर भने पास हुनुभयो । त्यसको रहस्य थियो- 'अरुले पूर्णाङमा सबै नम्बर ल्याउनुपर्छ भन्दै हिसाब र प्राक्टिकल प्रश्नमा ध्यान केन्द्रित गरे तर मलाई प्राक्टिकल विषयमा आधारभूत ज्ञान नभएको हुनाले मैले सैद्धान्तिक प्रश्नको तयारी राम्रोसँग गरेँ,' उहाँले सुनाउनुभयो । उहाँले स्पेसिलाइज्ड फाइनान्समा गर्नुभयो र पहिलो वर्षमा त्यति राम्रो नतिजा नल्याए पनि दोस्रो वर्षमा राम्रो नतिजा आएको हुनाले एकीतृतमा उहाँले ६३ प्रतिशत अंक हासिल गर्नुभयो । उहाँले धेरै विदेशी संस्थाबाट बैंकिङ तालिम लिनुभएको छ ।
संयोगले बैंक प्रवेश
२०४१ सालमा नेपाल बैंक लिमिटेडले आन्तरिक लेखापरीक्षणको लागि चार्टर्ड एकाउन्टेन्ट धुवनारायण कर्मचार्यले कन्ट्राक्ट पाउनुभएको थियो । सिए कर्माचार्यले एमबीए दोस्रो वर्षको जाँच दिएर बसेका किसोरलाई आपुनो कम्पनीमा बोलाउनुभयो । महर्जन नेपाल बैंकका ३२ शाखा घुम्नु भयो । नेपाल बंैंकको अवस्था खस्कँदै गएर २०५८ सालदेखि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । त्यहाँका कर्मचारी क्षमता विकास गर्न नसकेर कम्पनीको लागि बोझ बनेर बसिरहेका छन् । तर त्यो कम्पनीमा एक वर्ष आउट सोसर्िङको रुपमा सहायकको काम गर्दा किसोरले बैंकिङको जग बसाउन सक्नुभयो । ज्ञान लिन अवसर मिलेन वा अरुले अवरोध गरे भनेर आपुनो असक्षमताको दोष अरुमाथि थोपर्नेका लागि किसोर गतिलो पाठ हुनुहुन्छ । 'त्यो बेलाको बिजनेश हाउस कस्तो हुँदो रहेछ, मानिसहरुले कसरी कर्जा लिँदा रहेछन् र नतिर्ने रहेछन् भन्ने मलाई थाहा भयो,' उहाँ भन्नुहुन्छ, 'मेरो बैंकिङ्ग बेस बनेको र रुचि जागेको त्यही क्रममा हो ।' इच्छाशक्ति र क्षमता हुनेलाई केही प्राप्तिको लागि मौका र अवसर कुर्नु पर्दैन । त्यतिखेर उहाँका बुबा कृष्णलाल मर्हजन एनआइडीसीमा विभागीय प्रमुख हालः डिसिबिएल अध्यक्ष हुनुहुन्थ्यो । बुबाले उद्योगहरुलाई ऋण दिने रिपोर्ट कार्यालयमा पढेर नसकिने हुँदा बुबाले घरमा ल्याउनुहुन्थ्यो । जहाँ जे भेट्यो त्यसबाटै ज्ञान लिने बानी परेका महर्जनले ती रिपोर्टलाई ज्ञानको ठूलो स्रोत बनाउनुभयो । 'त्यो पढेर मलाई प्रोजेक्टबारे थाहा भयो', उहाँ भन्नुहुन्छ । नेपाल बैंकमा आउट सोसर्िङ र घरमा एनआइडिसीमा पेश भएको रिपोर्ट पढेको ज्ञानको आधारमा उहाँले राष्ट्रिय वाणिज्य बैंकमा जागिर पाउनुभयो । किसोरको पहिलो असाइनमेन्ट वाणिज्य बैंकको फाइना_िन्सङ्ग पोलिसी ड्रापुट थियो । 'म र रविन्द्र बल्लभ दुई जना मिलेर ६ महिनामा नीति बनाएर संचालक समितिमा पेश गरेर पारित भयो,' उहाँ सम्झनुहुन्छ, 'पेप्सीकोला र इन्दुशंकर चिनी कारखानामा राष्ट्रिय वाणिज्य बैंकले फाइना_िन्सङ्ग गर् यो ।'
उहाँले १८ महिना रावा बैंकमा बिताएपछि प्रुेन्चको प्रवद्र्धनमा इण्डोस्वेज बैंक नेपालमा आयो । अब सरकारी बैंकमा बसिरह्यो भने ग्रो हुने ठाउँ रहँदैन अन्तर्राष्ट्रिय स्तरको काममा लाग्नुपर्छ भनेर उहाँले इण्डोस्वेजमा आवेदन गर्नुभयो र सन् १८६७ मा त्यहाँ सुपरभाइजर नियुक्त हुनुभयो । केही महिनामा अधिकृत हुनुभएका महर्जन छिटो बढुवा हुँदै कर्जा विभाग प्रमुख हुनुभयो । बैंकले पहिलो पटक काठमाण्डौ बाहिर वीरगन्जमा शाखा खोल्यो र उहाँलाई मेनेजर बनाएर पठायो । त्यो शाखा ६ महिनामै नाफामा गयो । हिमालयन बैंकबाट तत्कालीन कार्यकारी प्रमुख पृथ्वीबहादुर पाण्डेले उहाँलाई बोलाउनुभयो । दसैं बिदामा काठमाडौं आएको बेला उहाँ हिमालयन प्रवेश गर्नुभयो । हिमालयन बैंकको विशाल बजार शाखा उहाँले स्थापित गराउनु भएको हो । 'मैले १९९५ देखि त्यहाँ काम गरेँ न्युरोडका बिजनेश पस्रन मलाई कण्ठै थियो,' उहाँ सम्झनुहुन्छ, 'त्यतिखेर न्युरोडमा रहेका अरु सबै बैंकको संयुक्त वासलातभन्दा हिमालयन बैंक एक्लैको ठूलो थियो ।' उहाँ हिमालयनमा २००३ मा डिजीएम र २००५ मा जीएम हुनुभयो । उहाँ डिजीएम हुँदा आएका दुई नयाँ बैंकबाट उहाँलाई सिइओको अफर आएको थियो । 'म ४६ वर्षको थिएँ सिइओ हुन उमेर कम हुन्छ कि भन्ने लागेर मानिनँ । त्यसपछि मभन्दा कम उमेरका अरु एक दुई जना सिइओ देखेँ र म पनि हुन्छु भन्ने निधो गरेँ ।' उहाँ ४७ वर्षको उमेरमा सनराइजमा सिईओ हुनुभएको हो ।
किसोर फटाफट प्रगति गर्दै सिईओसम्म फग्नुभयो अब यसभन्दा माथि कहाँ जाने त किनकि सकि्रय जीवन बिताउने उमेर अझ धेरै बाँकी छ । 'मेरो दीर्घकालीन सोच रेष्टुराँ एण्ड बार खोल्नु हो,' उहाँले भन्नुभयो, '६० वर्षको उमेरमा मलाई हाइ स्ट्याण्डर्डको बार संचालकको रुपमा देख्न सक्नु हुनेछ ।'
बैंकमा व्यावसायिकता
नेपाली बैंक पूर्णतः व्यावसायिक हुन नसकेको उहाँको ठहर छ । 'अधिकांश बैंकका मुख्य प्रमोटर र संचालक परम्परादेखि व्यापार गर्दै आएका व्यक्ति छन् । उनीहरुले आफैले कर्मचारी नियुक्ति र बर्खास्ति गर्ने चेकमा सही गर्ने एकाउन्ट आफैं राख्ने र मौखिक आदेशमा काम गराउने अभ्यास गर्दै आएका छन्,' उहाँको अनुभव छ, 'र त्यो बैंकमा पनि रिपुलेक्ट हुँदो रहेछ ।' त्यसलाई सामना गर्न सक्नु व्यवस्थापनको मुख्य चुनौती रहेको महर्जनको भनाइ छ । 'त्यसलाई जित्न सकिएन भने सिईओले पद छोड्नुपर्छ ।'
नयाँ पुस्तालाई सुझाव
उहाँ जस्तै बन्न चाहने युवा पुस्तालाई उहाँ आपुूभन्दा माथि पुग्न शुभकामना दिनुहुन्छ । त्यसका लागि उहाँको सुझाव छ ुसबैको कुरा सुरुदेखि अन्तसम्म सुन्नुपर्छ धैर्य धारण गर्नुपर्छ । कसैको कुरा सुनेपछि विश्लेषण गर्नुपर्छ त्यसलाई अपनाउने/नअपनाउने आपुनो विवेक हो । तर अरुलाई चित्त दुखाउने गरी बीचमा प्रयोग गर्नु हुन्न । माथिबाट सोस्र लगाई ग्रो भएर हुँदैन । सबैले मन पराउने गरी ग्रो हुनुपर्छ । नत्र दुःख पर्दा तलबाट समर्थन नपाउन सकिन्छ । खुला दिलले अरुको सपोर्ट पाउन आपूूले पनि अरुलाई रेस्पेक्ट गर्न जान्नुपर्छ ।' वास्तुशास्त्रमा विश्वास गर्ने महर्जनले घर र कार्यालयमा मानिसहरुको बस्ने कक्ष सोही अनुसार निर्माण गराउनु भएको छ ।
(माघ २०६७, चाणक्य मासिकबाट)
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete