Sunday, January 22, 2012

‘तलबले पुग्दैन तर घुस नखाऔं, अन्य काम गरौं’


लिलामणि पौडेल, सचिव, नेपाल सरकार

२४ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गर्नुभएका लिलामणि पौडेल सेवाअवधिको २४ औं वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव हुनुहुन्छ । गुल्मी बलेटक्सारमा २०१९ सालमा जन्मनु भएका लीलामणि पढाइमा तेजश्वी भएका कारण एक कक्षाबाट फ्डका मारेर तीन र पााचबाट फ्डका मारेर ७ मा भर्ना हुनु भएको थियो । टाठा विद्यार्थी विज्ञानतिर लाग्ने त्यतिखेरको चलनअनुसार उहााले त्रिचन्द्र कलेजमा आइएस्सी पढ्नुभयो । एक त उहाालाई अंग्रेजी गाह्रो लाग्थ्यो, त्यसमाथि अंग्रेजीमा लेखिएको फिजिक्सको विषयवस्तु बुझ्न उहाालाई झन कठिन पर्‍यो । केही विषय गाह्रो लागे पनि लगनशील र मेहनती उहााको स्वभावका कारण उहाा औसत विद्यार्थीभन्दा जहिले पनि माथि नै हुनुहुन्थ्यो ।

बीएस्सी भर्ना भए पनि छोडेर उहााले शंकरदेवबाट बीकम गर्नुभयो । सानैदेखि खेलकूद र साहित्यिक प्रतियोगितामा पुरस्कार जित्दै आउनु भएका लीलामणिले बीकममा महेन्द्र विद्याभूषण प्राप्त गर्नुभयो । बीकम गर्नसाथ उहाा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा पास गरेर लेखा अधिकृत हुनुभयो । त्यसभन्दा अघि आईएस्सी पढ्दा नै उहााले नेपाल राष्ट्र बैंकमा सहायकको जागिर गर्नु भएको थियो । उहााले जागिर खाादै त्रिविबाटै २०४४ सालमा एमबीए गर्नु भएको हो । स्नातकोत्तरमा पनि उहााले सबैभन्दा बढी अंक त हासिल गर्नु भएको थियो तर पहिलो वर्ष फाइनानसमा अनुत्तीर्ण भएको कारण मेडल पाउनु भएन । दोस्रो वर्षमा उहााले स्पेसलाइजेसन फाइनान्समै गर्नुभयो ।

जोमिख मोल्दै जागिर
लेखा अधिकृत भएपछि उहााको पोष्टिङ रक्षा लेखा नियन्त्रक कार्यालयमा भयो । जागिरको सिलसिलामा राज्यको ढुकुटीको सुरक्षा गर्न उहााले उठाएका जोखिमका उदाहरण दर्जनौं छन् । त्यसमध्ये २०४८ सालको एउटा घटना उल्लेखनीय छ । उहााले आन्तरिक लेखापरीक्षण गर्दा विदेशबाट हतियार किन्दा २० लाख रुपैयाा हिनामिना भएको तथ्य उजागर भएपछि दोषी कर्मचारीबाट असुल उपर गराई उसलाई बर्खास्त गरिएको थियो । त्यतिखेर पौडेललाई ज्यान मार्ने धम्की आए पनि उहाा पछि हट्नु भएन ।

२०५२ सालमा खुला प्रतिस्पर्धाबाट उहाा उपसचिव भएर स्थानीय विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा रहनु भयो । त्यतिखेर आफ्नो कुरा मानेन भनेर मन्त्रीले पौडेललाई एक घण्टाभित्र कालिकोट सरुवा गर्नू भनेर सचिवलाई निर्देशन दिएका थिए । मन्त्रीको आदेशलाई सचिवले एक दिन होल्ड गरेर राख्नुभयो, संसद्मा बहुमत पुग्न नसकेर सोही दिन सरकार ढल्यो । १८ महिना उपसचिवको जिम्मेवारी पूरा गरेपछि खुला प्रतिस्र्धाबाटै उहाा सहसचिव हुनुभयो । पर्यटन सचिव नहुादासम्म वाणिज्य, आपूर्ति तथा उद्योग मन्त्रालयका विभिन्न महाशाखा र विभागमा कार्यरत रहनुभयो । २०५४ सालमा उहाा वैदेशिक व्यापार योजना महाशाखामा रहादा ७० करोडभन्दा बढीको काण्ड भयो तर उहााले त्यतिखेर सरकारी ढुकुटी जोगाउन सक्नु भएन ।

घरेलु तथा साना उद्योग विभागको महानिर्देशक हुादा उहााले देशभरि घरेलु कार्यालयमा काम गराउादा घुस नखानू र नखुवाउनू भन्ने अभियान संचालन गर्नुभएको थियो । पौडेल आफूले महावाणिज्य दूत भएर ल्हासा नजाादासम्म यहाा विहान कलेजमा पढाएर अतिरिक्त आम्दानी गर्नुहुन्थ्यो । ‘म पनि कर्मचारी हुा, विहान पढाएर अतिरिक्त आम्दानी गर्छु, तपाईहरू पनि जे सक्नु हुन्छ, त्यही गर्नुहोस्, तरकारी पसल राख्नुस्, चिया पसल राख्नुस् तर भष्ट्रचार नगर्नुस्’, उहााले तल्ला तहका कर्मचारीलाई गर्ने आग्रह थियो । पर्यटन, संचार, प्रधानमन्त्री, गृह हुादै पुन: प्रधानमन्त्री कार्यालयमा काम गर्दा गर्दै उहााको सचिव अवधि चार वर्ष नाघिसकेको छ ।

प्रशासनमा शुद्धीकरण
कर्मचारीको तलब बढाउन आवश्यक रहेको तर अहिलेको संरचनामा बढाउन सम्भव नभएको उहाा स्पष्ट पार्नुहुन्छ । कर्मचारीको संख्या उल्लेख्य कटौती गर्नुपर्ने र बााकी कर्मचारीलाई राम्रो तलब दिएर राम्ररी काम गराउनुपर्ने उहााको विचार छ । अहिलेसम्मको कर्मचारी संयन्त्रलाई उहाा सामन्ती कार्यशैलीको संख्या दिनुहुन्छ । एक जना हाकिमलाई पीए, ड्राइभर र पियनको व्यवस्था गर्नु व्यर्थको खर्च हो भन्ने उहााको निष्कर्ष छ । तल्ल तहका कर्मचारी एक चौथाइ मात्र राखे पुग्ने उहााको ठहर छ । गाडी सुविधा पाउने तहको कर्मचारीलाई सवारी चालक अनुमतिपत्र अनिवार्य गर्ने र लामो दूरीका लागि ड्राइभर चाहिादा आउटसोर्सिङ्ग गर्नुपर्ने उहााको विचार छ ।

कर्मचारीको गुणस्तर बढाएर उनीहरूलाई आईटी फ्रेन्डिली बनाउन ढिला भइसकेको उहाा बताउनुहुन्छ । सरकारी जागिरमा कर्मचारीलाई अहिलेको जस्तो सुरक्षा दिएर स्थायी गर्ने कानुनले कर्मचारीको उत्पादकत्व घटाउने उहााको ठहर छ । खरिदार, सुब्बाले कार्यालयमा अधिकृतको गाइड पढेर समय बिताउने परिपाटीले सरकारी काम र सेवाको प्रभावकारिता घटेको उल्लेख गर्दै उहाा राम्रो काम गर्नेमध्येलाई छानेर बढुवा गर्ने र काम गर्न नसक्नेलाई पदमुक्त गर्ने कानुन बनाउनुपर्ने विचार राख्नुहुन्छ । गरिरहेको काम जस्तो गरे पनि परीक्षा दिएर बढुवा हुन पाउने नियमले गर्दा कर्मचारीले कार्यालयको कामप्रति ध्यान नदिने गरेको हुनाले विकल्प खोज्नैपर्ने उहााको भनाइ छ । बाहिरबाट दक्ष जनशक्ति आउाछ भन्ने मान्यताका आधारमा माथिल्लो पदका लागि खुला प्रतिस्पर्धाको विधि अपनाइएकोमा त्यसको नाजायज फाइदा विद्यमान कर्मचारीले उठाइरहेका छन् । कार्यालयमा सरकारी काम नगरेर आफ्नो परीक्षाको तयारी गर्ने हुादा उनीहरुले केही त्याग नगरी प्राप्ती मात्र गर्ने अवस्था छ । त्यसैले कार्यसम्पादनका आधारमा बढुवा गर्नुपर्ने उहााको भनाइ छ । अहिले कार्यसम्पादन मूल्यांकन पनि नातावाद र कृपावादमा अडेको हुनाले यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्ने पनि उहााको भनाइ छ । त्यो नहुादासम्म कार्यसम्पादन र परीक्षा दुवैलाई आधार लिई बढुवा गर्न उपयुक्त हुने उहााको विचार छ । खुला प्रतिस्पर्धामा लड्न सरकारी जागिर छोडेको हुनुपर्ने व्यवस्था गर्ने हो भने पनि सबैले समान अवसर पाउने र सरकारी कार्यालयको सुविधा पनि दुरुपयोग नहुने उहााको भनाइ छ ।

सरकारी जागिरमा आरक्षण र समावेशीको विषयलाई उहााले फरक ढंगले हेर्नुहुन्छ । ‘जनताले आफ्नो प्रतिनिधित्व गर्ने सरकारलाई मान्ने हिसाबले संसद् र सरकारमा समावेशी हुनुपर्छ भन्ने कुरा ठीकै हो’, उहाा भन्नुहुन्छ, ‘कर्मचारी (सं)यन्त्र भनेको मेशिन हो, मेसिनले प्रभावकारी काम गर्नुपर्छ, छिटो र राम्रो काम गर्ने राख्नुपर्छ ।’ सबै क्षेत्र र जातिले भाग लगाएर सरकारी जागिर खानुपर्छ भन्ने मान्यतालाई उहाा कर्मचारी प्रशासन कमजोर पार्नुपर्छ भन्ने पर्यायको रुपमा लिनुहुन्छ । पौडेल भन्नुहुन्छ, ‘सरकारको काम रोजगारी दिने होइन, रोजगारी सिर्जना गर्ने हो, एउटा पिएनलाई दिने तलबले १०० जना मानिसलाई रोजगारी दिन सक्ने मानिसलाई प्रोत्साहन गर्न सकिन्छ ।’  भारतमा कर्मचारीमा जातीय आरक्षणको नियमले प्रसाशन धेरै पछाडि परेको प्रसंग उल्लेख गर्दै सचिव पौडेलले भन्नुभयो, ‘सरकारको काम आरक्षण दिने होइन, क्षमता विकास गराउने हो, सरकारी जागिर नै दिनुपर्छ भन्ने होइन, क्षमता भए जहाा पनि अवसर हुन सक्छ ।’ सरकारी कर्मचारीले राम्ररी सेवा दिन सके भने अर्थतन्त्र चलायमान हुने र सबैले आयआर्जन गर्ने अवसर पाउने उहााको भनाइ छ । ‘रोजगारीमा आरक्षण दिने होइन, शिक्षा, स्वास्थ्य र उत्पादनमुलक साधनमा पहुाच बढाइदिने हो, त्यो पनि जातीय आधारमा होइन, वर्गीय आधारमा’, उहााको विचार छ ।

प्रशासकमा हुनुपर्ने मुख्य गुण सबैलाई न्याय दिन सक्नु र अत्यन्तै अध्ययनशीलता हो भन्ने उहााको मान्यता छ । राजनीतिर्मीले धेरै धेरै सपना देखेका हुन्छन्, ती सपना व्यवहारमा लागू गर्न सकिन्छ कि सकिंदैन, त्यसको नतिजाको प्रभाव के हुन्छ भनेर विश्लेषण गर्ने क्षमता प्रशासकमा हुनुपर्छ भन्ने उहााको मान्यता छ ।

राजनीति र विकास
उहाा नेपालमा तत्कालीन राजा महेन्द्रको नेतृत्वलाई उदाहरणीय मान्नुहुन्छ । उनले भारतवेष्ठित अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयास गरेको उहाा स्मरण गर्नुहुन्छ । महेन्द्रलाई विभिन्न जातिमाथि अन्याय गरेको आरोप उहाा स्वीकार गर्नुहुन्न । ‘महेन्द्रले जातीय द्वेष उत्पन्न गराएका होइनन्’, उहााको बुझाइ छ, ‘जातीय विभेद पहिल्यैदेखि थियो ।’ विकासका लागि महेन्द्रले अघि सारेको मोडल नेपालका लागि उपयुक्त रहेको उहााको भनाइ छ ।

धेरै आशा गरिएका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट जनताले परिवर्तनको अनुभूति नपाएको गुनासो व्याप्त छ । राजनीति आस्थाले गरिने र राजनीतिर्कीले जनतालाई परिवर्तनको अनुभूति दिन टिम स्प्रिडमा काम गर्ने, विज्ञहरुसाग समन्वय गर्ने र इमान्दारपूर्वक आफ्नो फ्लो गर्ने कार्यकर्ताको ठूलो संख्या पनि बनाउन सक्नुपर्ने पौडेलको सुझाव छ । बाबुराम भट्टराईले मात्रै चाहादैमा परिवर्तन नहुने र त्यसका लागि प्रयोग गरिने संयन्त्र पनि प्रभावकारी हुनुपर्ने उहााको भनाइ छ । राजनीतिक संक्रमण काल र अस्थिरता जति बढ्यो, सरकार उति कमजोर हुने भएको हुनाले डेलिभरी पनि कमजोर हुादै जाने उहााको भनाइ छ ।
 
हाम्रो देशको विकासका लागि युरोपियन र अमेरिकनले दिने गरेको सुझावमा पनि उहाा विमति जनाउनुहुन्छ । ‘उनीहरूले हामीलाई अहिले जे जे गरेर विकास हुन्छ भनेर सिकाइरहेका छन्, वास्तवमा उनीहरूले आफ्नो विकास गर्न त्यो प्रयोग गरेका थिएनन्’, उहााको आरोप छ, ‘यूरोपिन र उत्तरी अमेरिकीले अफ्रिकाको श्रम र एसियाको साधनस्रोतको दोहन गरेर विकास गरेका हुन् ।’ अहिले त हामी आफ्नो नीति बनाउन नसक्ने अवस्थामा पुगिसकेको उहाा बताउनुहुन्छ ।

सामन्ती निजी क्षेत्र
नेपालमा अझै पनि सामन्ती प्रवृत्तिको निजी क्षेत्र हावी रहेको उहााको बुझाइ छ । भर्खर ग्रेजुअट गरेर आएको युवा पुस्ता निकै आशलाग्दो, लोभलाग्दो र डायनामिक भए पनि उसले राम्रो स्पेस नपाएको पौडेल बताउनुहुन्छ । ‘सत्ताको नजिक बसेर चाकडी गर्ने र सत्ताबाट सुविधा लिएर मात्र उद्योग/व्यापार विस्तार गर्न सकिन्छ भन्ने सामन्ती सोच भएका पुरानो पुस्ताले नेपालको निजी क्षेत्र डोमिनेट गरेको छ’, उहाा भन्नुहुन्छ, ‘त्यसैले उद्यमशील र व्यावसायिक युवा पुस्ताले आफ्नो स्पेस बनाउन सकेको छैन ।’

परिवार र भावी योजना
सचिव पौडेल पााच घण्टा सुत्नुहुन्छ, विहान आधा घन्टा प्राणायाम र ध्यान गर्नुहुुन्छ । उहााले २०४२ सालमा स्वामी सचिदानन्द विशुदादेवको फ्लो गर्दै यो अभ्यास सुरु गर्नुभएको हो । ८ वर्षको उमेरमा ब्रतबन्ध र १६ वर्षको उमेरमा विवाह गर्नुभएका पौडेल अत्यन्तै धार्मिक संस्कारमा हुर्कनुभयो । उहाा र उहााका सन्तानमा अति धार्मिक संस्कारको छाप अझै बााकी छ तर उहाा कर्ममै विश्वास गर्नुहुन्छ । उहााका बुबाआमा गुल्मीमै किसान हुनुहुन्छ । हाल चण्डोलमा बस्ने सचिव पौडेलकी धर्मपत्नि राधा गृहिणी हुनुहुन्छ भने २२ वर्षीय छोरो विवेक चीनमा इन्जिनियरिङ र १७ वर्षीय छोरी बिभा काठमाडौंमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ ।

पौडेल आफूसाग रहेको क्षमता, सीप र ज्ञानले न्याय नपाएका व्यक्तिलाई न्याय दिन, अवसर नपाएका व्यक्तिलाई अवसर दिन सकेर उनीहरुको जीवनस्तर फेर्न सके मात्र आफू सफल भएको मान्नुहुन्छ । उहाा मुख्य सचिव हुनुभयो भने पनि अब ६ वर्षभन्दा बढी समय उहाा निजामति सेवामा रहनुहुन्न । प्रशासक हुादा गर्न नसकेको यो काम गर्न उहााले बााकी जीवन पनि खर्चिने बताउनुभयो । त्यो प्राप्तीका लागि सरकारी जागिरबाट रिटायर्ड के गर्ने भन्ने मूर्त धारणा उहााले बनाइसक्नु भएको छैन । नेपालमा गैरसरकारी संस्थाको इमेज खराब भएको हुनाले त्यस्तो संस्थामार्फत् सामाजिक सेवा गर्न कठिन हुने उहााको बुझाइ छ । ‘गैरसरकारी संस्थाले सेवा दिनुपर्ने मानिसलाई नदिई कुनै गाउाका टाठाबाठालाई केही लाभ बााडेर राम्रो प्रतिवेदन बनाई सरकार र विदेशी निकायलाई बुझाएर सञ्चालकहरु मोटाउने प्रवृत्ति छ’, सचिव पौडेलले भन्नुभयो ।
प्रस्तुति : रमेश घिमिरे

(चाणक्य मासिक, माघ, २०६८ बाट)

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete