डा. फष्कर बज्रचार्य, सदस्य, राष्ट्रिय योजना आयोग
उहाँको घरबाट चोरेर र मागेर लगेका पुस्तकले दुईवटा फस्तकालय खोलिएका छन् । अझै उहाँको घरमा १० हजारभन्दा बढी फस्तक छन् । २४ वर्षपहिले गनुभएको विद्यावारिधिको शोधमा भन्दा नयाँ नयाँ तथ्य उहाँले त्यसपछिका दर्जनौं रिसर्चबाट पत्ता लगाउनुभएको छ । उहाँले पढेका फस्तक कति हजार फगे गनेर साध्य छैन उहाँले लेखेका रिपोर्ट कति सय फगे थाहा छैन कति रिपोर्ट विदेशमा प्रकाशित भए कति नेपालमै । हुन त उहाँ व्यवस्थापनको प्रोफेसर हो तर जानकारीको हिसाबमा उहाँलाई भूगोल र इतिहासका प्राध्यपकले भेट्न सक्दैनन् । विज्ञान धेरै पढ्नुभयो र बुझ्नु पनि भयो तर दर्शन र धर्मबारे कयौं फस्तक पढेर पनि उहाँले बुभुन सक्नु भएन । अचम्म तैपनि उहाँ एकदैम अल्छी हुनुहुन्छ विहान ७/८ बजेसम्म सुत्नुहुन्छ । उहाँ अल्छी रहेको आजभन्दा पहिले घरमा श्रीमती छोरो र उहाँलाई बाहेक कसैलाई थाहा थिएन पहिलो पटक आम पाठकले थाहा पाउँदैछन् । उहाँ घरको काम केही पनि गर्नुहुन्न बेड रुममा टिभी हेरेर बसिराख्नुहुन्छ । उहाँको यो अल्छीपन परिवार सदस्यबाहेक अरुले थाहा पाउने क्ररै भएन । उहाँ अल्छी भएको अरुले थाहै पाउँदैनन् किनकि उहाँ अरुको क्तलनामा धेरै अध्ययन गर्नुहुन्छ धेरै अध्यापन गर्नुहुन्छ र धेरै विश्लेषण गर्नुहुन्छ । उहाँ अल्छी हुँदा त यति गर्नुहुन्छ भने अल्छी नभएको के हुन्थ्यो होला ? अल्छी नभएको भए अहिलेभन्दा कयौं धेरै फस्तक र रिपोर्टहरु लेख्नुहुन्थ्यो । उहाँ हुनुहुन्छ, नेपालमा पुँजी बजारको अवधारणा सुरुवात गर्ने अहिले राष्ट्रिय योजना आयोगका सदस्य डा. फष्कर बज्रचार्य ।
फाइनान्स एकाउन्ट अर्थशास्त्र व्यवस्थापन पुँजी बजार बैंकिङ आदि विषयका विद्यार्थीका लागि उहाँ प्राफेसर र पुस्तक लेखक हुनुहुन्छ । सरकार अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाहरुका लागि उहाँ सल्लाहकार र परामर्शदाता हुनुहुन्छ । उहाँ पाठ्यफस्तकको किरो होइन तर स्नातकदेखि स्नातकोत्तरसम्म नेपाल र विदेशमा विश्वविद्यालय टपर हो । उहाँले एमकम गरेपछि एमकमलाई नै पढाउनु र एउटा विषय पढाउन आग्रह गरिएकोमा विद्यार्थीको रुचिअनुसार तीन विषय पढाउनुलाई अनौठो मान्ने कि ८ कक्षा पढ्दा १० कक्षा पढ्ने विद्यार्थीलाई गणित पढाएको घटनालाई अनौठो मान्ने ? १६ वर्षको उमेरमा बिकममा विश्वविद्यालय टप गरेको घटना त्यति महत्पूर्ण भएन उहाँलाई किनकि उहाँजस्तै १२ वर्षमा एसएलसी उत्तीर्ण हुने त्यसताका अरु पनि थिए । तर ७ वर्षको उमेरमै अध्यापन गरेर पैसा कमाउने चाहिँ उहाँ नै पहिलो हो कि ? उहाँले त्यो उमेरमै ट्युसन पढाएर आयआर्जन गर्नुहुन्थ्यो ।
स्वभाव
स्कुल पढ्दासम्म उहाँको खेलकूदमा क्रनै रुचि थिएन । खेलकूदमा रुचि भएको एमकम पास गरेपछि हो । त्यसपछि उहाँले कि्रकेट ब्याडमिन्टन र टेनिसमा एकदमै रुचि दिएर खेल्नुभयो । गल्फ पनि खेल्ने गरेका बज्रचार्यले थोरबहुत सबैजसो खेल खेल्नुभयो । अहिले उमेर ढल्केको कारण उहाँ टिभीमा खेल हेरेर मनोराजन लिनुहुन्छ । टिभी निश्चित कार्यक्रममा लागि अनिवार्य हेर्नैपर्ने भन्ने बाध्यता उहाँलाई छैन तर टिभीबाट दृश्य र आवाज नआई उहाँमा केही नयाँ क्ररा सिर्जना हुँदैन । 'अरु मानिसले मेरो सिको गरेर मजस्तो हुन सक्दैन.' उहाँ भन्नुहुन्छ, 'अरुलाई टिभी घन्काउँदा एकाग्रता भंग हुन्छ मलाई भने त्योबिना लेखपढ नै सम्भव छैन ।' विहान छिटो उठ्न नसक्ने बज्रचार्यले उपन्यास पढ्दा कहिलेकाहीं रातै पनि बिताउनुभयो । 'एकै दिनमा ६ वटा उपन्याससम्म पढेको छु', उहाँले भन्नुभयो । जे विषयको पनि अध्ययन गर्ने बज्रचार्यले पुस्तक एकदमै छनोट गरेर पढ्नुहुन्छ र त्यत्ति धेरै पढ्न भ्याउनु भयो । धेरै पढेको कारण उहाँको आँखा कमजोर भएका छन् ।
रिसर्चको निचोड
उहाँले २४ वर्षअघि पिएचडी गर्दा नेपालका सरकारी र निजी कम्पनीमा व्यवस्थापन र मार्केटिङबारे अध्ययन गर्नुभएको थियो । सरकारी क्षेत्रमा अनुसन्धान हुने कागजात सही तथ्य हुने र निजी क्षेत्रमा यी सबै चिज कमजोर सबै काम मुखैले भएको हुने उहाँले पाउनुभयो । तर व्यवस्थापनको नतिजा भने निजीमै राम्रो देखियो । त्यसको कारण थियो निजीको रणनीतिक मार्केटिङ । पिएचडीपछि गरेका रिसर्चका आधारमा उहाँले नेपालको निजी क्षेत्रको दुईवटा कमजोरी औंल्यानुहुन्छ । एउटा दीर्घकालीन सोचको अभाव र अर्काे विशिष्टताको अभाव । सबै प्रकारका उद्योग व्यापार र सेवामा प्रवेश गर्ने र क्रनै पनि विशिष्टीकरण नगर्ने कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उद्योगी प्रतिस्पर्धी हुन नसकेको उहाँको निचोड छ । 'दसकौं बिताउँदा पनि नेपाली उद्योगीले मेरो विशिष्टीकरण यहाँ छ भन्न सकेका छैनन्,' उहाँले भन्नुभयो, 'सबैतिर हात हालेर नाफा त होला तर अन्तर्राष्ट्रिय पहिचान बन्न सक्दैन ।'
राणाको योगदान
राणाहरु देशको विकासको बाधक भनेर सवत्र पढ्न पाइन्छ तर बज्रचार्यको अनुसन्धानले केही राणालाई उद्योगका पिताको रुपमा देखाएको छ । चन्द्रशंसेर समक्ष उद्योग खोल्न आवेदन दिने व्यक्तिलाई उनले देश निकालाको तोकआदेश दिएका थिए । तर जुद्धसंशेरले भने कम्पनी ऐन उद्योग परिषद् र घरेलु प्रसार अड्डा सन् १९९३ १९९३ साल मा स्थापना गरे । १९९० को महाभूकम्पपछि फनिनिर्माणले मात्र हुँदैन सँगै अरु विकास गर्नुपर्छ भन्ने सोच जुद्ध शंसेरमा आयो । उनले विजय शंसेर र गुाजमान िसंहलाई बेलायत किन विकसित भएको रहेछ भनेर अध्ययन गर्न पठाए । उनीहरुले औद्योगिकीकरणबाट बेलायत विकास भएको हो भनेर खबर ल्याएपछि उनले नेपालमा पनि उद्योगको सुरुवात गराए । २००५ सालसम्म नेपालमा ६४ वटा पब्लिक कम्पनी खुलेका थिए । विराटनगर जुट मिलले १११ प्रतिशत लाभांश बाँडेको थियो ।
नेपालमा पूर्वपश्चिम राजमार्गको आवश्यकता मोहन संसेरले २००५ मै उल्लेख गरेका थिए भनेर बज्रचार्यको फस्तकमा मात्र पढ्न पाइन्छ । यस्तै उहाँको अध्ययनले आवधिक योजना विकासको जश पनि मोहन संशेरलाई नै दिन्छ जसले २००५ मा आवधिक योजना घोषणा गरेर योजना आयोगको बैठक बसाएका थिए ।
औद्योगिक विकास
दोस्रो विश्वयुद्धको समयसम्म पब्लिक कम्पनीहरुले मनग्ये नाफा गरेका थिए तर २००७ देखि २००१७ सम्म यस क्षेत्रमा क्रनै विकास भएन र निजी क्षेत्रको लगानी ठप्प भयो । त्यसपछि सरकारले लगानीको रिक्ततालाई पूरा गर्न सरकारी उद्योग÷संस्थान स्थापना गर् यो । औद्योगिक विकासको दोस्रो बिन्दु उहाँले २०२७ साललाई मान्नुहुन्छ । त्यतिखेर सरकारले व्यापार प्रवद्र्धन केन्द्र खोल्यो । भारतसँग मात्र आयात र निर्यात ९० प्रतिशत हुँदै आएकोमा नेपाललाई तेस्रो मुलुकमा पनि सिलुाउने काम त्यो केन्द्रले गर् यो । त्यस्तै बज्रचार्यसमेत योजना आयोगको सल्लाहकारको रुपमा रहेर सन् १९९२ मा लागू भएको उदारीकरणको नीतिको प्रभाव स्वरुप १९९३ मा नेपालको निर्यात ८३ प्रतिशतले बढ्यो । तर त्यस्ता प्रयासलाई निरन्तरता दिन नसकिएको उहाँले बताउनुभयो ।
सरकारी संस्थान
सरकारी संस्थान नाफा सेवा वा निजी क्षेत्रले लगानी नगरेका कारण उत्पन्न रिक्तता पूरा गर्ने के उदेश्यबाट संचालन गरिएको भन्ने नै स्पष्ट नभएको उहाँले बताउनुभयो । विश्वमै उत्कृष्ट गुणस्तरको सिमेन्ट ५३ प्रतिशत क्यालसियम उत्पादन गर्ने उदयपुर सिमेन्टसमेत राजनीतिक हस्तक्षेपको कारण घाटामा रहनुपरेको उहाँले बताउनुभयो । अहिले वार्षिक १० अर्बभन्दा बढी मुनाफा गर्ने नेपाल टेलिकम पनि सरकारले अहिलेकै स्थितिबाट संचालन गर्ने हो भने पाँच वर्षमा नोक्सानमा जाने उहाँको पूर्वानुमान छ ।
परिवार र शिक्षा
सन् १९५३ मा काठमाडौंको मखनमा जन्मनु भएका बज्रचार्यले ३८ वर्षको उमेरमा विवाह गर्नुभयो र अहिले उहाँको छोराले ९ कक्षामा पढ्नुहुन्छ । उहाँकी जीवन सँगिनी प्राध्यापक डा। सिलु मानन्धर २०४५ सालको व्यवस्थापनमा त्रिवि टपर हुनुहुन्छ । माइलो छोरो बज्रचार्यका दुई भाई एक दिदी र दुई बहिनी हुनुहुन्छ । दिदी बिन्दु दाहाल पोखरामा होटल व्यवसायी हुनुहुन्छ । भाइ इन्जिनियर ईश्वर अष्टे्रलियामा बस्नुहुन्छ । त्यस्तै कान्छो भाइ नूतन लेखापरीक्षणको काम गर्नुहुन्छ । बहिनीद्वय नानु र नगिना गृहिणी हुनुहुन्छ ।
उहाँका पिताले गृह अध्ययन गराउने हुँदा उहाँको घरमा विद्यार्थीको घुँइचो थियो । उहाँले घरमै पढ्ने र पढाउने दुवै अवसर पाउनुभयो । ५ वर्षको उमेरमा एकपटैक दुई कक्षा भर्ना हुनु भएका फष्कर बज्रचार्यले फड्का मार्दै ५ वर्षमा शान्ति निक्राज स्क्रलबाट ८ कक्षा पास गर्नुभयो र नौ र दश विजय मेमोरियल स्कुलमा पढ्नुभयो । उहाँले स्नातकोत्तर गरेर त्रिविमा पढाउँदै गर्दा बिएल पनि गर्नुभयो । सन् १९७७ मा छात्रवृत्ति पाएर पोष्ट गे्रजुएट गर्न बेलायतको हेरिअट वाट विश्वविद्यालय जानुभयो । त्यहाँ पनि उहाँले विश्वविद्यालय टप गर्नुभयो । उहाँलाई चार ठाउँबाट जागिर गर्न प्रस्ताव आएको थियो । पिएचडीका लागि सो विश्वविद्यालयले उहाँलाई भर्ना नभई नेपाल फर्किन पनि दिएन । उहाँ नेपालमा आइसकेपछि म आउन नसक्ने भएँ भनेर जवाफ पठाउनुभयो । उहाँलाई नेपालमै काम गर्ने इच्छा थियो । त्रिविमा प्राध्यापन गर्दै गर्दा सन् १९८६ मा भारतको युनिभरसिटी अफ दिल्लीबाट उहाँले पिएचडी गर्नुभयो । दुई वर्ष ३ महिनामै उहाँले पिएचडी सिध्याउनु भएको थियो ।
नेपालको शिक्षा
नेपालमा शिक्षको स्तर त राम्रो हुँदै गए पनि एउटा कमजोरी बाँकी रहेको उहाँ बताउनुहुन्छ । 'मानिसमा ज्ञान मात्र भएर हुँदैन सीप र व्यावहारिकपन पनि चाहिन्छु उहाँ भन्नुहुन्छ, 'जुन हाम्रा शिक्षण संस्थाले िदंदैनन् ।' विशिष्ट श्रेणी ल्याउँदैमा विद्यार्थीको क्षमता अभिवृद्धि हुँदैन भन्ने उहाँको मान्यता छ । त्यसैले उहाँले नेपालका स्क्रललाई ुडिस्टिङ्सन म्यानुपुयाक्चरिङ हाउसु को संज्ञा दिनुहुन्छ । 'उनीहरु शिक्षा दिनेभन्दा पनि उत्पादन गर्ने निकाय हुन्', उहाँले व्यंग्य गर्नुभयो । विद्यार्थीले गलत नै सोच बनाए पनि शिक्षकले नयाँ सोचको सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । ुकिताबमा भएको बुँदा मात्र कण्ठ गराउने र त्यसमै धेरै अंक दिने हो भने हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन सक्दैनु उहाँ भन्नुहुन्छ, 'त्यसले इनोभेसन गराउँदैन विद्यार्थीमा ज्ञानको साथै सोच्ने शक्तिको पनि विकास गराउनुपर्छ ।' अहिले शिक्षालाई कमसर्ियल रुपमा मात्र बुझ्ने गरिएको उहाँले बताउनुभयो ।

विकास
योजना आयोगमा आएपछि उहाँको अनुभव छ, 'नेपालमा एक महिनामा हुने काम गर्न एक वर्ष लाग्ने रहेछ ।' विकास निर्माण कार्यान्वयन र अनुगमन छुट्टाछुट्टै अंगबाट हुनुपर्ने र कार्यान्वयनकर्तामा हामीमाथि कसैले निगरानी गरिरहेको छ भन्ने अनुभूति हुने गरी अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । अनुगमन गर्ने निकायले कार्यान्वयन गर्ने मन्त्रालयका सचिवहरुसँग जानकारी लिएर मूल्यांकन गर्दा प्रभावकारी नहुने हुँदा सबै आयोजनाको प्रगति विवरण मन्त्रालयको साथै आयोगमा आउने गरी नेटवर्किङ गर्नुपर्ने उहाँको सुझाव छ । 'तपाईंको प्रगति के छ भनेर सोध्दा सबैले राम्रो भएको छ र हुँदैछ भनेर जवाफ दिन्छन्', उहाँको भनाइ छ, 'अनुगमन गर्ने निकायले ठ्याक्क सूचक समातेर प्रश्न गर्नुपर्छ ।' नेपालमा तैले काम गरिनस् भनेर आलोचना गर्ने निकाय अति धेरै भइसकेको तर काम के गर्नुपर्छ भनेर सुझाव दिने कोही पनि नभएको उहाँले औंल्याउनुभयो । एक प्रसंगमा उहाँले चार्टर्ड एकाउन्टेन्टहरुलाई जवाफदेवी बनाउनुपर्ने पनि बताउनुभयो । 'जे रिपोर्ट तयार गरे पनि लेखापरीक्षक जवाफदेही नहुँदा आर्थिक हिनामिना र आयोजनाको गलत लगत तयार हुने गर्छ', उहाँको भनाइ थियो ।

भावी योजना
विदेशमा रहेका साथीहरुसँग मिलेर विकासशील र द्वन्द्वग्रस्त अपि्रुकन र एसियन मुलुकलाई लक्षित गरेर जहाँ जे आवश्यकता छ शिक्षा चेतना पूर्वाधार त्यसैको परिपूर्ति गरी ती मुलुकलाई समृद्ध पार्ने अभियान सुरु गर्ने उहाँको सोच छ । उहाँले त्रिविबाट अवकाश पाउन ५ वर्ष बाँकी छ ।
(चाणक्य मासिक, फागुन २०६७ बाट)