Monday, January 23, 2012

नेपाल र भारत पनि मर्ज हुने कि ?

रमेश घिमिरे

हामी नेपाली छुट्टिन पाए निकै खुसी हुन्छौं । ‘एक मधेश, एक प्रदेश’, ‘कर्णाली स्वायत्त प्रदेश’, किराात स्वायत्त प्रदेश’ लगायत विभिन्न भौगोलिक र जातीय नाममा स्वायक्त राज्य माग गरेको सुन्दा धेरैको कानले शान्ति अनुभव गर्छन् । हुन त यी सबै प्रदेश नेपाल राज्यभित्र रहने गरी चर्चामा आएका हुन् । तर कसैले एकीकरणको कुरा गर्‍यो भने त्यो सबैका लागि अपाच्य हुन्छ । भारत र नेपाल एकीकरण गर्दा हामीलाई के प्रभाव पर्ला भनेर एक वाक्य मात्र उच्चारण गर्ने हो भने वरिपरिका मानिसले प्रतिवाद गरेर थप बोल्न दिंदैनन्, उस्तै परे कुट्न समेत बेर लगाउादैनन् । एकीकरण गर्नु वा नगर्नुको छुट्टै कुरा हो तर बहस चलाउन नै नहुने गरी संकीर्ण मानसिकता लिनु वैज्ञानिक होइन ।

कुनै पनि विषयमा तर्क वितर्क नगरी एकोहोरो विश्वास गर्ने भनेको अन्ध विश्वास हो । नेपालका कतिपय कम्प्युनिष्ट धर्मलाई अन्धविश्वास भन्छन् । अन्ध विश्वास भन्नुको मतलब पुष्टि हुने आधारबिना विश्वास गर्नु हो । पुर्खाले भनेका छन्, त्यसैले हामीले मान्नुपर्छ, यसको सत्यता परीक्षण गर्नु हुादैन भनेर स्वकार गर्नु अन्धविश्वास हो । यदि नेपाल र भारत एकीकरण गर्दा के हुन्छ भनेर प्रशंग उठाउादा वा नेपाल जापानलाई ५० वर्ष भाडामा दिंदा के हुन्छ भनेर  प्रशंग उठाउादा जसले बहसलाई निषेध गर्छ, त्यो पूर्णत: अन्धविश्वासी हो । उसले यसबारे बहस गर्न चाहादैन, पूर्वाग्रही अवधारणा वा अग्रजले जे स्वीकारे, त्यो आकाट्य हुन्छ, त्यसको सत्यता परीक्षण गर्नु भनेको राष्ट्रद्रोह गर्नु हो भनेर जसले भन्छ, ऊ धर्मका नाममा हुने अन्यायको औचित्व पत्ता लगाउन खोज्दा धर्मद्रोही भएजस्तै हो ।
पृथ्वीका मानिसको पहिलो चाहना सुख, समृद्धि, सन्तुष्टि, शान्ति, विकास आदि हो । अमेरिकन, नेपाली, भारतीय भन्ने कृत्रिम कुरा हो । मानिसको आधारभूत चाहना म अमेरिकी बन्न पाउा भन्ने होइन, अमेरिकामा बस्नेले पाएको सुखसुविधा यही पाए कसैले अमेरिकी भएर जन्मेको भए यस्तो दु:ख पाउनुपर्दैनथ्यो भन्नु पर्दैन । तसर्थ हामीले खोज्नुपर्ने कुरा धेरैभन्दा धेरै मानिसले के गर्दा सुखसुविधा पाउाछन्, त्यो हो । यसरी हेर्दा राष्ट्रियता पूरै अन्धविश्वास हो । सीमा विभाजन नगर्दा समाज व्यवस्थापन गर्न कठिन हुने भएकाले विभिन्न देश, प्रदेश, जिल्ला, गाउा, वडा आदिमा छुट्टाउनुपर्छ । तर, एकपटक छुट्टाएपछि त्यो कहिल्यै जोड्नु हुादैन भन्नु ठूलो अन्धविश्वास हो । छुट्टाउादा आम मानिसलाई फाइदा हुने बेला छुट्टिनु र जोडिंदा फाइदा हुने बेला जोडिनु वैज्ञानिक हो ।

पाकिस्तान र बंगलादेश फरक धर्मका कारण भारतबाट अलग भए, नत्र प्राचीन कालमा उत्तरी हाल नेपालको हिमक्षेत्रदेखि ती सबै देश भारतवर्षभित्र अवस्थित थिए । जसको रहनसहन मिल्दैन, भौगोलिक रुपले टाढा पर्छ अर्थात एक हुादा विकास गर्न समस्या पर्छ, ती ठाउा छुट्टिएर भिन्न राष्ट्र बन्नु राम्रो हो । तर, विगतमा कुनै कारणले छुट्टिएका वा अज्ञात समयदेखि छुट्टै अस्थित्वमा रहेका राष्ट्र पनि अब यदि एकीकरण हुादा दुई राष्ट्रले गर्ने छुट्टाछुट्टै विकासभन्दा बढी विकास हुन्छ भने एकीकरण हुन किन नहुने ? यसबारे दिमागमा पूर्वाग्रह नराखी सोच्न आवश्यक छ ।

नेपालमा अहिले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुने क्रम तीव्र छ, कजेलहरु पनि मर्ज हुने कुरा चल्दै छ । छुट्टै अस्थित्व भएका धेरै इकाइ हुादा संचालन खर्च बढी हुन्छ, प्रतिस्पर्धा तीव्र हुन्छ र परिणात: विकासमा बाधा पुग्छ । त्यसैले संस्थाहरु मर्ज हुादा ‘सिनर्जी इफेक्ट’ अर्थात दुई दुना पााच हुन्छ भने मर्ज हुन तयार हुनुपर्छ भन्ने मान्यता राखिन्छ । मर्ज हुनु दुवै संस्थाको लागि हित भए पनि एक संस्थाका संचालक र कार्यकारी प्रमुखले त्याग गर्नैपर्छ । यस्तै दुई देश एकीकरण भएर दुवै देशका आम जनतालाई फाइदा हुने स्थिति छ भने सीमित राजनीतिकर्मी जो प्रधानमन्त्रीको दाबेदार छन्, उनले मुख्यमन्त्रीमा चित्त बुझाउन तयार हुनुपर्छ ।

कुनै पनि देश एकीकरण गर्ने कुरा गर्दा राष्ट्रियता विरोधी कुराको आरोप लाग्न सक्छ । आखिर एक कम्पनीका अधिकारीले अर्काे कम्पनीलाई आफ्नो आन्तरिक जानकारी दिनु पनि अपराध नै मानिन्छ तर मर्ज गर्नुपर्‍यो भने त अवश्य नै जानकारी आदानप्रदान हुनुपर्छ, त्यसलाई अपराध मानिंदैन । विश्वमा विभिन्न देश मर्ज हुने सम्भावना बोकेका होलान् । त्यसमध्ये हामीले आफ्नो कुरा गर्दा भारत र नेपाल अलग भएर रहनुको कुनै तर्क र औचित्व देखिंदैन । दुवै देशमा अधिकांशत: हिन्दू धर्मालम्बी छन् । दुवैका धार्मिक तीर्थस्थल एउटै हुन् । दुवैको लिपि देवनागरिक हो, भाषा उस्तै छ, संस्कृति एउटै छ, भौगोलिक हिसाबले वस्ती जोडिएको छ, अप्ठेरो सिमाना छैन । यस्तो अवस्थामा दुई भिन्न देशको हुनुको कारणको कसरी औचित्व पुष्टि हुन्छ ?

यस यस कारणले दुई भिन्नै देश हुादा यो यो फाइदा हुन्छ भनेर कसैले व्याख्या गर्छ भने त्यो सुन्नुपर्छ र साथै दुई देश एकीकरण हुादा यस्तो यस्तो फाइदा हुन्छ भनेर कसैले व्याख्या गर्छ भने त्यसलाई पनि सुनेर जुनमा बढी फाइदा देखिन्छ, त्यही गर्नुपर्छ । यदि कुनै कारण बिना पनि धेरै देश बनेर पृथ्वीवासीले सुखशान्ति पाउने हो भने भारत किन त्यस्त्रो ठूलो देश भएर बस्नु पर्‍यो, नेपाल र भारत जस्तै खम्बा गाढेर सिमाना गराएर थुप्रै देश बने भइहाल्यो नि ।

अहिले सरसर्ती हेर्दा नेपाल र भारत एउटै मुलुक भएको भए पुाजी र प्रविधिको अभावमा हाम्रो जलस्रोत खेर जाने, खानीहरु गुम्सेर बस्नुपर्ने, ठूलो व्यापार घाटा सहनुपर्ने स्थिति हुन्थ्यो होला त ? यदि भारत र नेपाल छुट्टै नहुादो त पैदल हिंड्ने नेपालीले साइकल किन्न सक्थे, साइकल किन्न सक्नेले मोटरसाइकल र मोटरसाइकल किन्न सक्नेले मोटरकार किन्न सक्थे । नेपाली स्वत: सुविधासम्पन्न हुन्थे किनकि हामीले किन्ने सामानमा दुई/ढाई सय सम्मको भन्सार महसुल थप्नुपर्ने थिएन । भारतबाट आयात मात्र गर्ने तर निर्यात गर्न नसकेर व्यापार घाटा बढेको हिसाब पनि राख्नुपर्ने थिएन । तर यदि एकीकरण हुादा योभन्दा बढी बेफाइदा छ भने पनि वैज्ञानिक रुपमा त्यसको व्याख्या हुनुपर्छ । हामी नेपाली भन्ने राष्ट्रियता हुादैन, त्यही नै ठूलो नोक्सानी हो भने अमूर्त र अवैज्ञानिक तर्क गर्ने हो भने त त्यसको कुनै उपचार नै हुादैन ।

(चाणक्य मासिक, भदौ, २०६८ बाट)

Sunday, January 22, 2012

‘तलबले पुग्दैन तर घुस नखाऔं, अन्य काम गरौं’


लिलामणि पौडेल, सचिव, नेपाल सरकार

२४ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गर्नुभएका लिलामणि पौडेल सेवाअवधिको २४ औं वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव हुनुहुन्छ । गुल्मी बलेटक्सारमा २०१९ सालमा जन्मनु भएका लीलामणि पढाइमा तेजश्वी भएका कारण एक कक्षाबाट फ्डका मारेर तीन र पााचबाट फ्डका मारेर ७ मा भर्ना हुनु भएको थियो । टाठा विद्यार्थी विज्ञानतिर लाग्ने त्यतिखेरको चलनअनुसार उहााले त्रिचन्द्र कलेजमा आइएस्सी पढ्नुभयो । एक त उहाालाई अंग्रेजी गाह्रो लाग्थ्यो, त्यसमाथि अंग्रेजीमा लेखिएको फिजिक्सको विषयवस्तु बुझ्न उहाालाई झन कठिन पर्‍यो । केही विषय गाह्रो लागे पनि लगनशील र मेहनती उहााको स्वभावका कारण उहाा औसत विद्यार्थीभन्दा जहिले पनि माथि नै हुनुहुन्थ्यो ।

बीएस्सी भर्ना भए पनि छोडेर उहााले शंकरदेवबाट बीकम गर्नुभयो । सानैदेखि खेलकूद र साहित्यिक प्रतियोगितामा पुरस्कार जित्दै आउनु भएका लीलामणिले बीकममा महेन्द्र विद्याभूषण प्राप्त गर्नुभयो । बीकम गर्नसाथ उहाा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा पास गरेर लेखा अधिकृत हुनुभयो । त्यसभन्दा अघि आईएस्सी पढ्दा नै उहााले नेपाल राष्ट्र बैंकमा सहायकको जागिर गर्नु भएको थियो । उहााले जागिर खाादै त्रिविबाटै २०४४ सालमा एमबीए गर्नु भएको हो । स्नातकोत्तरमा पनि उहााले सबैभन्दा बढी अंक त हासिल गर्नु भएको थियो तर पहिलो वर्ष फाइनानसमा अनुत्तीर्ण भएको कारण मेडल पाउनु भएन । दोस्रो वर्षमा उहााले स्पेसलाइजेसन फाइनान्समै गर्नुभयो ।

जोमिख मोल्दै जागिर
लेखा अधिकृत भएपछि उहााको पोष्टिङ रक्षा लेखा नियन्त्रक कार्यालयमा भयो । जागिरको सिलसिलामा राज्यको ढुकुटीको सुरक्षा गर्न उहााले उठाएका जोखिमका उदाहरण दर्जनौं छन् । त्यसमध्ये २०४८ सालको एउटा घटना उल्लेखनीय छ । उहााले आन्तरिक लेखापरीक्षण गर्दा विदेशबाट हतियार किन्दा २० लाख रुपैयाा हिनामिना भएको तथ्य उजागर भएपछि दोषी कर्मचारीबाट असुल उपर गराई उसलाई बर्खास्त गरिएको थियो । त्यतिखेर पौडेललाई ज्यान मार्ने धम्की आए पनि उहाा पछि हट्नु भएन ।

२०५२ सालमा खुला प्रतिस्पर्धाबाट उहाा उपसचिव भएर स्थानीय विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा रहनु भयो । त्यतिखेर आफ्नो कुरा मानेन भनेर मन्त्रीले पौडेललाई एक घण्टाभित्र कालिकोट सरुवा गर्नू भनेर सचिवलाई निर्देशन दिएका थिए । मन्त्रीको आदेशलाई सचिवले एक दिन होल्ड गरेर राख्नुभयो, संसद्मा बहुमत पुग्न नसकेर सोही दिन सरकार ढल्यो । १८ महिना उपसचिवको जिम्मेवारी पूरा गरेपछि खुला प्रतिस्र्धाबाटै उहाा सहसचिव हुनुभयो । पर्यटन सचिव नहुादासम्म वाणिज्य, आपूर्ति तथा उद्योग मन्त्रालयका विभिन्न महाशाखा र विभागमा कार्यरत रहनुभयो । २०५४ सालमा उहाा वैदेशिक व्यापार योजना महाशाखामा रहादा ७० करोडभन्दा बढीको काण्ड भयो तर उहााले त्यतिखेर सरकारी ढुकुटी जोगाउन सक्नु भएन ।

घरेलु तथा साना उद्योग विभागको महानिर्देशक हुादा उहााले देशभरि घरेलु कार्यालयमा काम गराउादा घुस नखानू र नखुवाउनू भन्ने अभियान संचालन गर्नुभएको थियो । पौडेल आफूले महावाणिज्य दूत भएर ल्हासा नजाादासम्म यहाा विहान कलेजमा पढाएर अतिरिक्त आम्दानी गर्नुहुन्थ्यो । ‘म पनि कर्मचारी हुा, विहान पढाएर अतिरिक्त आम्दानी गर्छु, तपाईहरू पनि जे सक्नु हुन्छ, त्यही गर्नुहोस्, तरकारी पसल राख्नुस्, चिया पसल राख्नुस् तर भष्ट्रचार नगर्नुस्’, उहााले तल्ला तहका कर्मचारीलाई गर्ने आग्रह थियो । पर्यटन, संचार, प्रधानमन्त्री, गृह हुादै पुन: प्रधानमन्त्री कार्यालयमा काम गर्दा गर्दै उहााको सचिव अवधि चार वर्ष नाघिसकेको छ ।

प्रशासनमा शुद्धीकरण
कर्मचारीको तलब बढाउन आवश्यक रहेको तर अहिलेको संरचनामा बढाउन सम्भव नभएको उहाा स्पष्ट पार्नुहुन्छ । कर्मचारीको संख्या उल्लेख्य कटौती गर्नुपर्ने र बााकी कर्मचारीलाई राम्रो तलब दिएर राम्ररी काम गराउनुपर्ने उहााको विचार छ । अहिलेसम्मको कर्मचारी संयन्त्रलाई उहाा सामन्ती कार्यशैलीको संख्या दिनुहुन्छ । एक जना हाकिमलाई पीए, ड्राइभर र पियनको व्यवस्था गर्नु व्यर्थको खर्च हो भन्ने उहााको निष्कर्ष छ । तल्ल तहका कर्मचारी एक चौथाइ मात्र राखे पुग्ने उहााको ठहर छ । गाडी सुविधा पाउने तहको कर्मचारीलाई सवारी चालक अनुमतिपत्र अनिवार्य गर्ने र लामो दूरीका लागि ड्राइभर चाहिादा आउटसोर्सिङ्ग गर्नुपर्ने उहााको विचार छ ।

कर्मचारीको गुणस्तर बढाएर उनीहरूलाई आईटी फ्रेन्डिली बनाउन ढिला भइसकेको उहाा बताउनुहुन्छ । सरकारी जागिरमा कर्मचारीलाई अहिलेको जस्तो सुरक्षा दिएर स्थायी गर्ने कानुनले कर्मचारीको उत्पादकत्व घटाउने उहााको ठहर छ । खरिदार, सुब्बाले कार्यालयमा अधिकृतको गाइड पढेर समय बिताउने परिपाटीले सरकारी काम र सेवाको प्रभावकारिता घटेको उल्लेख गर्दै उहाा राम्रो काम गर्नेमध्येलाई छानेर बढुवा गर्ने र काम गर्न नसक्नेलाई पदमुक्त गर्ने कानुन बनाउनुपर्ने विचार राख्नुहुन्छ । गरिरहेको काम जस्तो गरे पनि परीक्षा दिएर बढुवा हुन पाउने नियमले गर्दा कर्मचारीले कार्यालयको कामप्रति ध्यान नदिने गरेको हुनाले विकल्प खोज्नैपर्ने उहााको भनाइ छ । बाहिरबाट दक्ष जनशक्ति आउाछ भन्ने मान्यताका आधारमा माथिल्लो पदका लागि खुला प्रतिस्पर्धाको विधि अपनाइएकोमा त्यसको नाजायज फाइदा विद्यमान कर्मचारीले उठाइरहेका छन् । कार्यालयमा सरकारी काम नगरेर आफ्नो परीक्षाको तयारी गर्ने हुादा उनीहरुले केही त्याग नगरी प्राप्ती मात्र गर्ने अवस्था छ । त्यसैले कार्यसम्पादनका आधारमा बढुवा गर्नुपर्ने उहााको भनाइ छ । अहिले कार्यसम्पादन मूल्यांकन पनि नातावाद र कृपावादमा अडेको हुनाले यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्ने पनि उहााको भनाइ छ । त्यो नहुादासम्म कार्यसम्पादन र परीक्षा दुवैलाई आधार लिई बढुवा गर्न उपयुक्त हुने उहााको विचार छ । खुला प्रतिस्पर्धामा लड्न सरकारी जागिर छोडेको हुनुपर्ने व्यवस्था गर्ने हो भने पनि सबैले समान अवसर पाउने र सरकारी कार्यालयको सुविधा पनि दुरुपयोग नहुने उहााको भनाइ छ ।

सरकारी जागिरमा आरक्षण र समावेशीको विषयलाई उहााले फरक ढंगले हेर्नुहुन्छ । ‘जनताले आफ्नो प्रतिनिधित्व गर्ने सरकारलाई मान्ने हिसाबले संसद् र सरकारमा समावेशी हुनुपर्छ भन्ने कुरा ठीकै हो’, उहाा भन्नुहुन्छ, ‘कर्मचारी (सं)यन्त्र भनेको मेशिन हो, मेसिनले प्रभावकारी काम गर्नुपर्छ, छिटो र राम्रो काम गर्ने राख्नुपर्छ ।’ सबै क्षेत्र र जातिले भाग लगाएर सरकारी जागिर खानुपर्छ भन्ने मान्यतालाई उहाा कर्मचारी प्रशासन कमजोर पार्नुपर्छ भन्ने पर्यायको रुपमा लिनुहुन्छ । पौडेल भन्नुहुन्छ, ‘सरकारको काम रोजगारी दिने होइन, रोजगारी सिर्जना गर्ने हो, एउटा पिएनलाई दिने तलबले १०० जना मानिसलाई रोजगारी दिन सक्ने मानिसलाई प्रोत्साहन गर्न सकिन्छ ।’  भारतमा कर्मचारीमा जातीय आरक्षणको नियमले प्रसाशन धेरै पछाडि परेको प्रसंग उल्लेख गर्दै सचिव पौडेलले भन्नुभयो, ‘सरकारको काम आरक्षण दिने होइन, क्षमता विकास गराउने हो, सरकारी जागिर नै दिनुपर्छ भन्ने होइन, क्षमता भए जहाा पनि अवसर हुन सक्छ ।’ सरकारी कर्मचारीले राम्ररी सेवा दिन सके भने अर्थतन्त्र चलायमान हुने र सबैले आयआर्जन गर्ने अवसर पाउने उहााको भनाइ छ । ‘रोजगारीमा आरक्षण दिने होइन, शिक्षा, स्वास्थ्य र उत्पादनमुलक साधनमा पहुाच बढाइदिने हो, त्यो पनि जातीय आधारमा होइन, वर्गीय आधारमा’, उहााको विचार छ ।

प्रशासकमा हुनुपर्ने मुख्य गुण सबैलाई न्याय दिन सक्नु र अत्यन्तै अध्ययनशीलता हो भन्ने उहााको मान्यता छ । राजनीतिर्मीले धेरै धेरै सपना देखेका हुन्छन्, ती सपना व्यवहारमा लागू गर्न सकिन्छ कि सकिंदैन, त्यसको नतिजाको प्रभाव के हुन्छ भनेर विश्लेषण गर्ने क्षमता प्रशासकमा हुनुपर्छ भन्ने उहााको मान्यता छ ।

राजनीति र विकास
उहाा नेपालमा तत्कालीन राजा महेन्द्रको नेतृत्वलाई उदाहरणीय मान्नुहुन्छ । उनले भारतवेष्ठित अर्थतन्त्रलाई विविधीकरण गर्ने प्रयास गरेको उहाा स्मरण गर्नुहुन्छ । महेन्द्रलाई विभिन्न जातिमाथि अन्याय गरेको आरोप उहाा स्वीकार गर्नुहुन्न । ‘महेन्द्रले जातीय द्वेष उत्पन्न गराएका होइनन्’, उहााको बुझाइ छ, ‘जातीय विभेद पहिल्यैदेखि थियो ।’ विकासका लागि महेन्द्रले अघि सारेको मोडल नेपालका लागि उपयुक्त रहेको उहााको भनाइ छ ।

धेरै आशा गरिएका वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट जनताले परिवर्तनको अनुभूति नपाएको गुनासो व्याप्त छ । राजनीति आस्थाले गरिने र राजनीतिर्कीले जनतालाई परिवर्तनको अनुभूति दिन टिम स्प्रिडमा काम गर्ने, विज्ञहरुसाग समन्वय गर्ने र इमान्दारपूर्वक आफ्नो फ्लो गर्ने कार्यकर्ताको ठूलो संख्या पनि बनाउन सक्नुपर्ने पौडेलको सुझाव छ । बाबुराम भट्टराईले मात्रै चाहादैमा परिवर्तन नहुने र त्यसका लागि प्रयोग गरिने संयन्त्र पनि प्रभावकारी हुनुपर्ने उहााको भनाइ छ । राजनीतिक संक्रमण काल र अस्थिरता जति बढ्यो, सरकार उति कमजोर हुने भएको हुनाले डेलिभरी पनि कमजोर हुादै जाने उहााको भनाइ छ ।
 
हाम्रो देशको विकासका लागि युरोपियन र अमेरिकनले दिने गरेको सुझावमा पनि उहाा विमति जनाउनुहुन्छ । ‘उनीहरूले हामीलाई अहिले जे जे गरेर विकास हुन्छ भनेर सिकाइरहेका छन्, वास्तवमा उनीहरूले आफ्नो विकास गर्न त्यो प्रयोग गरेका थिएनन्’, उहााको आरोप छ, ‘यूरोपिन र उत्तरी अमेरिकीले अफ्रिकाको श्रम र एसियाको साधनस्रोतको दोहन गरेर विकास गरेका हुन् ।’ अहिले त हामी आफ्नो नीति बनाउन नसक्ने अवस्थामा पुगिसकेको उहाा बताउनुहुन्छ ।

सामन्ती निजी क्षेत्र
नेपालमा अझै पनि सामन्ती प्रवृत्तिको निजी क्षेत्र हावी रहेको उहााको बुझाइ छ । भर्खर ग्रेजुअट गरेर आएको युवा पुस्ता निकै आशलाग्दो, लोभलाग्दो र डायनामिक भए पनि उसले राम्रो स्पेस नपाएको पौडेल बताउनुहुन्छ । ‘सत्ताको नजिक बसेर चाकडी गर्ने र सत्ताबाट सुविधा लिएर मात्र उद्योग/व्यापार विस्तार गर्न सकिन्छ भन्ने सामन्ती सोच भएका पुरानो पुस्ताले नेपालको निजी क्षेत्र डोमिनेट गरेको छ’, उहाा भन्नुहुन्छ, ‘त्यसैले उद्यमशील र व्यावसायिक युवा पुस्ताले आफ्नो स्पेस बनाउन सकेको छैन ।’

परिवार र भावी योजना
सचिव पौडेल पााच घण्टा सुत्नुहुन्छ, विहान आधा घन्टा प्राणायाम र ध्यान गर्नुहुुन्छ । उहााले २०४२ सालमा स्वामी सचिदानन्द विशुदादेवको फ्लो गर्दै यो अभ्यास सुरु गर्नुभएको हो । ८ वर्षको उमेरमा ब्रतबन्ध र १६ वर्षको उमेरमा विवाह गर्नुभएका पौडेल अत्यन्तै धार्मिक संस्कारमा हुर्कनुभयो । उहाा र उहााका सन्तानमा अति धार्मिक संस्कारको छाप अझै बााकी छ तर उहाा कर्ममै विश्वास गर्नुहुन्छ । उहााका बुबाआमा गुल्मीमै किसान हुनुहुन्छ । हाल चण्डोलमा बस्ने सचिव पौडेलकी धर्मपत्नि राधा गृहिणी हुनुहुन्छ भने २२ वर्षीय छोरो विवेक चीनमा इन्जिनियरिङ र १७ वर्षीय छोरी बिभा काठमाडौंमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ ।

पौडेल आफूसाग रहेको क्षमता, सीप र ज्ञानले न्याय नपाएका व्यक्तिलाई न्याय दिन, अवसर नपाएका व्यक्तिलाई अवसर दिन सकेर उनीहरुको जीवनस्तर फेर्न सके मात्र आफू सफल भएको मान्नुहुन्छ । उहाा मुख्य सचिव हुनुभयो भने पनि अब ६ वर्षभन्दा बढी समय उहाा निजामति सेवामा रहनुहुन्न । प्रशासक हुादा गर्न नसकेको यो काम गर्न उहााले बााकी जीवन पनि खर्चिने बताउनुभयो । त्यो प्राप्तीका लागि सरकारी जागिरबाट रिटायर्ड के गर्ने भन्ने मूर्त धारणा उहााले बनाइसक्नु भएको छैन । नेपालमा गैरसरकारी संस्थाको इमेज खराब भएको हुनाले त्यस्तो संस्थामार्फत् सामाजिक सेवा गर्न कठिन हुने उहााको बुझाइ छ । ‘गैरसरकारी संस्थाले सेवा दिनुपर्ने मानिसलाई नदिई कुनै गाउाका टाठाबाठालाई केही लाभ बााडेर राम्रो प्रतिवेदन बनाई सरकार र विदेशी निकायलाई बुझाएर सञ्चालकहरु मोटाउने प्रवृत्ति छ’, सचिव पौडेलले भन्नुभयो ।
प्रस्तुति : रमेश घिमिरे

(चाणक्य मासिक, माघ, २०६८ बाट)